ग्रुप फोर सेक्युरिटी कम्पनीको भोक हडताल माग पूरापछि टुंगियो, एम.डी श्रेष्ठले अनसनकारीलाई जुस खुवाए

प्रकाशित मिति : सोमवार, मंसिर १०, २०७५

भरखरै प्राप्त खबर अनुसार नेपाल सरकारले बृद्धि गरेको तलव भत्ता र सुविधा दिन आनकानी गर्ने व्यवस्थापनको विरुद्धमा भोकहडतालमा उत्रेका जिफोर सेक्युरिटीका श्रमिकहरुको माग अन्ततः पुरा भएको छ । उनीहरुको सबै माग पुरा गरि सो कम्पनीका एम.डी. महेश श्रेष्ठले भोक हड््तालमा उत्रेका अखिल नेपाल सेक्युरिटी मजदुर मुल कमिटीका सचिव मोतिलाल ठाकुर र काभ्रे जिल्ला संयोजक राजेश अधिकारीलाई जुस खुवाएर अनसन तोडाउँदै माग पुरा गरेको सुभसमाचार सुनाएको अखिल नेपाल सेक्युरिटी मजदुर संघका केन्द्रीय उपाध्यक्ष खगेन्द्र धिमालले कम्युनिष्ट अनलाईनलाई बताएका छन । सहमति भई हस्ताक्षर भएको पत्र यसप्रकारको रहेको छ । माग पूरा भएछि सबै श्रमिकहरु निकै खुशी भएका छन् भने नेपाल सरकारले बढाएको बेतन दिन इन्कार गर्ने रोजगारदाताहरु थर्कमान भएका छन्