गीत-तिमी गोर्खाली

बि.कुलुङ रंगबुले राई प्रकाशित मिति : सोमवार, मंसिर १०, २०७५

कहिले बतास,
कहिले हुरी
आउँछन् बरै
यात्रा भरी

शितका प्रकोप,
कहिले झरी
पाँउछन् बरैं
यात्रा भरी
असहाय हैनौं तिमी गोर्खाली
पराजित छैनौं तिमी गोर्खाली

काँढाहरू पन्साएर
फूल मात्र चुन्दै जानु
समेटेर ती फूलहरू
सिगों माला उन्दै जानु

असमर्थ हैंनौ तिमी गोर्खाली
पराजित छैनौं तिमी गोर्खाली

एउटै गोरेटो,एउटै बाटो
सँधा तिमी चुन्दै जानु
कर्तव्यका धागो समेटि
सिगों लक्ष्य बुन्दै जानु

अपूर्ण हैनौं तिमी गोर्खाली
पराजित छैनौं तिमी गोर्खाली