अक्टोबर क्रान्ति अजेय छ, हामीले नमनाए कस्ले मनाउँछ ?

जय कार्की प्रकाशित मिति : सोमवार, मंसिर १०, २०७५

यतिखेर लामो परिभाषा खोज्ने र बुझाउने पक्षमा म छैन . लेनिनको अतिप्रिय तथा सुप्रशिद्ध अमेरिकी लेखक जोड रिडको भाषामा भन्ने हो भने मजदुरवर्गले संसारलाई हल्लाएको र कम्युनिष्ट सत्ता स्थापना गरेको दिन नोभेम्बर ७ हो । यो महान दिन अक्टोबर क्रान्तिका नामले विश्व प्रशिद्ध छ । श्रमजीवीवि तथा मजदुरबर्गले अक्टोबर क्रान्तिको शतबार्षिकी समारोहलाई सबैभन्दा महत्वपूर्ण शिक्षा आर्जन गर्ने विश्वविद्यालयकारुपमा ग्रहण गर्नु आबश्यक छ । किनकी १०० बर्षको लेखाजोखा हुँदैछ । एक से एक विद्धत्त बर्ग र श्रमिकहरुको विचार मन्थन गरी निष्कर्ष निकाल्ने प्रयत्न भैरहेको छ । यसतो अवस्थामा संकिर्ण विषयलाई उचालेर कार्यक्रमलाई कम्जोर पार्नेतिर कदापि नलागौं । त्यसोगर्दा अक्टोबर क्रान्तिको मूल्य, मान्यता र क्रान्तिकारी कित्तामाथि नै घन ठोकेको महशुस हुनजान्छ ।
अक्टोबर क्रान्तिको शतबार्षिकी समारोहले अनेकौं कित्तामा विभाजित हामी सबैलाई एकै ठाउँमा ल्याउने जमर्को त गरेकै हो भनि स्विकार गर्न किन हम्मे हम्मे परेको ? अक्टोबर क्रान्तिको समाजवादी उर्जालाई हामीले नबचाए कस्ले बचाउँछ । अक्टोबर क्रान्ति दिवस हामीले नमनाए कस्ले मनाउँछ ?

नेपालमा फहराई रहेको रातो झण्डा देखेर पटक पटकको आन्दोलन विफल भएको तितो अनुभव सुनाउँदै मेरो एक जना साथीले मर्मकासाथ भनेका थिए ।
“हामी गोर्खेहरुको वीचमा त्यो रातो झण्डा बोकेका, राता विचार बोकेका मान्छेहरु हामी भुईँ मान्छेलाई मुक्त गर्न कहिले उम्रिने होलान ? खोई याहाँ त कतै केही रातो छैन, हाम्रो चाहना पनि रातोको नै हो नत्र मुक्त हुन नसकिने रहेछ भन्ने लागेर आयो ।”

अतः हामी फेरी प्रण गरौं, अक्टोबर क्रान्ति अजेय छ , हाम्रो बाटो अरु कुनै छैन केबल समाजवाद ।

त्यसकारण मंसिर १५ गतेका दिन आयोजना गरिएको अक्टोबर क्रान्तिको शतवार्षिकी समारोहलाई भव्यतापूर्वक सफल पारौं ।
समय दिनको ११ बजे
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी