माग पूरा नभएपछि पर्यटन क्षेत्रका तिन मजदुर संगठनद्वारा टानमा आजबाट तालाबन्दी

प्रकाशित मिति : सोमवार, मंसिर १०, २०७५

काठमाण्डौ, पर्यटन ब्यवसायीहरुको छाता संगठन टान ९त्चभपष्लन ब्ककयअष्बतष्यल ल्भउब०िमा पर्यटन क्षेत्रका तिनैवटा मजदुर संगठनले संयुक्त रुपमा तालाबन्दी गरेका छन। तलब भत्ता, बिमा, चाडपर्ब भत्ता लगाएतका बिषयमा गत श्रावणमा सात सुत्रीय माग पत्र प्रस्तुत गरेका थिए। तिन महिना बितिसक्दा पनि बार्ताको माध्यमबाट समस्याको समधानमा टानले कुनै चासो देखाएन। जसको कारण बाध्य भएर तालाबन्दी गर्नु परेको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताएका छन । पटक पटक खबरदारी गर्दा समेत टानले मजदुरको जायज मागलाई ध्यान नदिएको हो। जसका कारण सरकारले वृद्धि गरेको तलब भत्ता समेत नपाएको नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल पाण्डेले गुनासो गरेका छन । अलग अलग धारका पर्यटन मजदुर भए पनि अधिकारका मामलामा सधै एक हुने गरेको छन। एक्ला एक्लै लड्नुभन्दा संयुक्त रुपमा लड्दा लक्ष्यमा पुग्न सजिलो र प्रभावकारी हुने अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव उपेन्द्र उप्रेतीले प्रष्ट पारेका छन।
मजदुर संगठनका ३ वटै नेताहरुले टानले माग पूरा गर्ने वित्तिक्कै ताला खुल्छ अन्यथा सम्भावना छैन ताला कहिले खोल्ने भन्ने कुरा उनीहरुको हातमा छ हामीसित छैन भनेका छन । यसका लागि टानले तुरुन्त बार्तामा बोलाई माग पुरा गरोस भनि माग गरेका छन ।
उनीहरुले प्रस्तुत गरेको मागपत्र यसप्रकारको रहेको छ ।