विश्वासपात्रको गुमेको विरासत फिर्ता गराइ छाड्ने ,लैनचौरलाई फेरि तनाव

प्रकाशित मिति : सोमवार, मंसिर १०, २०७५

नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहसँग पराजित हुने डरले आफ्नो गृहजिल्ला सर्लाही छाडेर महोत्तरीमा निर्वाचन लड्न पुगेका राजेन्द्र महतोलाई नेपालस्थित भारतीय राजदूतावासले ठूलो प्रयासर गरेर रोक्ने खोजेको थियो ।

लैनचौरको त्यो प्रयासलाई महतोले असफल बनाइदिए । भारतको चाहना विपरित हिँडिरहेका महतोलाई फेरि लैनचौरले निशाना बनाउन थालेको स्रोतले जनाएको छ । लैनचौरसँग पटक–पटक धोका पाएका महतोले अब लैनचौरको पुच्छर बन्ने सोँच मनबाट फालिसकेको महतो निकटका एक नेताले बताए ।

लैनचौरले त्यस बेला महोत्तरीबाट कांग्रेसका नेता विमलेन्द्र निधिलाई जिताएर संसदमा ल्याउन चाहेको थियो । लैनचौरको दवाव र प्रस्तावलाई महतोले सिधै अस्वीकार गरिदिए । महतोले निधिलाई नराम्रोसँग हराइदिए ।

महतोलाई भारतीय राजदूतावासले त्यसपछि आफ्नो शुत्र ठान्न थाल्यो । महतोले भारतका लागि भन्दा पनि आफ्ना मतदाता तथा कार्यकर्ताको काम गर्न थालेको बताउन थालिएको छ ।

राजपा नेपालभित्र महतो लोकप्रिय बढ्दै गएको छ । आखिर महतोले भारतको सबैभन्दा ठूला विश्वासपात्र महन्थ ठाकुरलाई हटाएर राजपा नेपालको संयोजकको कुर्सी हत्याएका छन् ।

लैनचौरले नचाहँदा नचाहँदै पनि महतो राजपा नेपालको संयोजक भएका छन् । मधेस केन्द्रित दल राजपाभित्र महतो हाबी भएका छन् । महतोलाई छमध्ये चारजना अध्यक्षमण्डलका सदस्यहरूले साथ दिएका छन् ।

महतो राजपाको संयोजक भएपछि फेरि लैनचौरले पूर्व तमलोपाका नेताहरूलाई उचाल्न थालेको आरोप लागेको छ । यतिसम्मकी राजपा छाडेर अर्को दलबाट चुनाव चिन्ह लिएर संसदमा प्रतिनिधित्व गर्ने केही नेताहरूलाई प्रयोग गरेर ठाकुरको गुमेको संयोजक पद फिर्ता गराउन सक्रिय भएको एक नेताले बताए । पूर्व तमलोपाको कार्यालयमा आजकाल ठाकुरलाई कसरी शक्तिमा ल्याउने भनेर गम्भीर परामर्श हुने गरेको स्रोतको दाबी छ ।

कुनै बेला भारतको आफूलाई कांग्रेसको आधिकारिक नेता ठान्ने निधि पनि लैनचौरको विपक्षमा छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई रोक्न निधिले ठूलो प्रयास गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा जनकपुरमा जन्ती लिएर आउँदै गरेका योगी आदित्यनाथलाई निधि आफैले रोक्न खोजेपछि लैनचौर रिसाएको छ ।
लैनचौरले लगानी गरेका अधिकांश नेताहरूले पछिल्लो समय विद्रोह गरेका छन् । लैनचौरविरुद्ध विद्रोह गर्ने क्रम जारी छ ।