सरकारसँग उद्योगीहरुको सम्बन्ध प्रतिपक्षी जस्तो भयो : मन्त्री यादव

प्रकाशित मिति : आइतवार, मंसिर ९, २०७५

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुले सरकारलाई हेर्ने दृष्टिकोण सही नभएको बताएका छन् ।
आइतबार तेस्रो उद्योग दिवसको उद्‌घाटन गर्दै मन्त्री यादवले उद्योगीहरुले सरकारले अबलम्बन गरेको औद्योगिक तथा व्यापारिक नीति ठीक नभएको भन्ने गरेकोप्रति असन्तुष्टि जनाए ।
उनले औद्योगिक विकासका लागि सरकार र नीजि क्षेत्र मिलेर जानु पर्नेमा आफूले त्यस्तो अनुभव नगरेको भन्दै नीजि क्षेत्रले सरकारमाथि आरोप मात्रै लगाउने गरेको बताए ।
कार्यक्रममा बोल्दै उनले भने, ‘उद्योगी र सरकारको सम्बन्ध प्रतिपक्षी जस्तो भयो । मन्त्री यादवले उद्योगीहरुले उद्योग मन्त्रीभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न थालेकोप्रति आक्रोश पोखेका छन् ।
व्यापारी हैन उद्योगी बन्नुहोस् उनले उद्योगका लागि सबै काम सरकारले नै गर्दिनुपर्छ भन्ने सोचाई सही नभएको भन्दै उद्योगीहरुलाई व्यापारी नबनी उद्योगी बन्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै उनले भने, ‘तपाई उद्योगीहरु व्यापारी हैन उद्योगी नै बन्नुहोस । औद्योगिक वातावरण तयार गर्न सरकार तयार छ । उनले थपे, ‘कुन ऐन नियममा समस्या छं । आउनुहोस संगै बसेर छलफल गरौं ।