दर्जनौँ भाषाका कविहरु एउटै मञ्चमा उभिदा…

प्रकाशित मिति : आइतवार, मंसिर ९, २०७५

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विभिन्न भाषाका कविताहरु प्रस्ततु गरिएको छ । नेपाल–भारत काव्य सन्ध्या मञ्चमा नेपाली, हिन्दी, बंगाली, गुजराती लगायतका भाषामा कविता वाचन भएका हुन् ।

हिमालिनी हिन्दी मासिक पत्रिका र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको काव्य सन्ध्यामा नेपाल र भारतका साहित्कारले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा छिमेकी मुलुक भारतको विभिन्न प्रदेशबाट ४० जना साहित्कारहरुको सहभागिता थियो । हिमालिनी पत्रिकाको सम्पादक डा. श्वेता दीप्तिले पनि हिन्दी भाषामा आफ्ना कविता वाचन गरेकी थिइन ।

त्यस्तै नेपालको तर्फबाट बिना थिङ, विमला तुम्खेवा, वसन्त चौधरी, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विधान आचार्य, राजेन्द्र शलभ र सन्ध्या पहाडीले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

काव्य सन्ध्यामा अतिथिको रुपमा भारतबाट आएका कश्मिरदेखि केरलासम्मका साहित्कारले हिन्दी, बंगाली र गुजराती लगायतका भाषामा रचना तथा कविताहरु प्रस्तुत गरेका थिए ।