ग्रुप फोर सेक्युुरिटीको भोक हडताल जारी नै  मजदुरको अवस्था गंभीर, जिफोर्स मूल कमिटीको राष्ट्रिय सम्मेलन सम्पन्न अध्यक्षमा लिला खतिवडा चयन,

कम्युनिष्टअनलाईन

प्रकाशित मिति : आइतवार, मंसिर ९, २०७५

यही मिति २०७५ मंसिर ८ गते सनिवारका दिन  अखिल नेपाल ट्रेड युनियन महासंघको घटक संगठन अखिल नेपाल सेक्युरिटी मजदुर संघ जि(फोर्स मुल कमिटीको चौथो राष्ट्रिय भेला उपाध्यक्ष  शालिग्राम कोईरालाको सभापतिमा र प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय कोषाध्यक्ष तथा अखिल नेपाल सेक्युरिटी मंजदुर संघ केन्द्रीय अध्यक्ष घनश्याम ठकुरी, अतिथि पितम्वर गिरि अखिल नेपाल ट्रेड युनियन महासंघ ३ नं प्रदेश अध्यक्ष, अतिथि अखिल सेक्युरिटी मंजदुर संघ कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद ढकाल, अतिथि अखिल नेपाल सेक्युरिटी मजदुर संघ केन्द्रीय उपाध्यक्ष तथा ३ न।प्रदेश अध्यक्ष खगेन्द्र धिमाल, अतिथि अखिल नेपाल सेक्युरिटी मजदुर संघ केन्द्रीय महासचिव मानबहादुर थिङ र केन्द्रीय उपमहासचिव सचिव र जिल्लाको पधाधिकारीहरु प्रदेश र जिल्ला कमिटीको उपस्थितिमा १९ जनाको जि(फोर्स मुल कमिटीको चयन भयो ।

जिफोर्स मुल कमिटीको नाम ईन्चार्ज नवराज पुडासैनी, सहईन्चार्ज राजाराम लामिछाने

अध्यक्ष लिला खतिवडा, उपाध्यक्ष शालिग्रम कोईराला, उपाध्यक्ष राधा गुरुङ, सचिव सेखर थपलिया,  सहसचिव भुबन दाहाल, कोषाध्यक्ष राधिका पन्त, सहकोषाध्यक्ष मुरारी रेग्मी, सदस्यहरुमा सानुकान्छा कार्की, राजु गुरुङ, सुर्य नेपाल, रमेश नेपाली,आसा महत, रमेश पोडे, पुजा विडारी, वलराम पुडासैनी, ईन्द्रसिंह बोहोरा र चन्द्रकला पन्थी  चयन भएको कम्युनिष्टअनलाईनलाई उपाध्यक्ष खगेन्द्र धिमालले जानाकारी गराएका छन् ।

धिमालले ग्रु््प फोर सेक्युरिटी कम्पनीमा बढ तलब पाउँ भनि गरेको भोक हड््ताल जारी रहेकोले व्यवस्थापनले तुरुन्त माग पूरा गरियोस अन्यथा मजदुरहरुको ज्यान जोखिममा जाने खतरा रहेको बताएका छन्

 

 त्यसैगरी अन्टुफ प्रदेश ३ का अध्यक्ष पिताम्बर गिरीले पनि भोक हड््तालमा उत्रिनुलाई असामान्यरुपमा लिंदै सरकारले बढाएको तलव तत्काल सेक्युुरिटी मजदुरहरुलाई लागू गर्न माग गरेका छन् ।  सरकारले बढाएको तलव खान पाउँ भनि भोक हड््ताल गर्ने दिनको अन्त्य कहिले हुन्छ ? भनि प्रतिप्रश्न पनि गर्नुभएको छ अध्यक्ष गिरीले ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघका अध्यक्ष लक्ष्मीप्रसाद ढकालले जायज माग पूरा गर्न सरकारले दवाव दिनुपर्दछ, चासो देखाउनु पर्दछ, तलब भत्ता बढाउने र लागू गर्न खुट्टा कमाउनु नहुने हडताली मजदुरको गंभीर हालतप्रति सबैको ध्यान जानुपर्ने नत्र यो आन्दोलनले देशव्यापीरुप लिने बताएका छन् ।