पार्टी पुर्नगठनको अवसरमा नेकपाको शक्ति प्रदर्शन

प्रकाशित मिति : शनिबार, मंसिर ८, २०७५

नेपाल कम्युनिष्ट पार्टीले आफ््नो पार्टी स्थापना दिवसको अवसर पारेर काठमाण्डौंमा जनशभा सम्पन्न गरेको छ ।

देशभरबाट मानिसहरुलाई काठमाण्डौंमा ल्याई भृकुटीमण्डवको सडकमा उसले नेपाल कम्युनिष्ट पार्टीले शक्ति प्रदर्शन गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ सहभागी नभएको उक्त कार्यक्रममा पार्टी प्रवक्ता खड््ग बहादुर विश्वकर्माले कार्यक्रमलाई प्रमुख आतिथिको रुपमा सम्बोधन गर्नेछन्् । नेपाल कम्युनिष्ट पार्टीं माओवादी केन्द्रका गोपाल किराँती, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा अध्यक्ष ऋषि कट््टेल लगायतले सम्बोधन गर्नेछन्् । नेकपाका सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेको अध्यक्षतामा सम्पन्न हुने कार्यक्रमलाई पार्टी पोलिटव्यूरो सदस्य उमा भूजेलले संचालन गर्ने कार्यक्रम रहेको जानकारी कम्युनिष्ट अनलाईलाई प्रचार प्रसार उप समितिले दिएको छ ।

कार्यक्रमलाई नेकपमा महासचिव नेत्र विक्रम चन्दले सम्बोधन गर्ने भनिएको भए पनि कार्यक्रम विप्लव उपस्थित भएनन्् । महासचिव विप्लवले पठाउनु भएको शुभकामना सन्देश कार्यक्रममा पढेर सुनाइएको थियो ।

जनसभालाई लक्षित गरी उपत्यकाको सुरक्षा व्यवस्थालाई सुदृढ गरिएको छ ।