धातुकर्मीहरुको संगठन नुम्साले गठन गर्यो : समाजवादी क्रान्तिकारी श्रमिक पार्टी

जय कार्की प्रकाशित मिति : शनिबार, मंसिर ८, २०७५

दक्षिण अफ्रिकाको धातुमा आधारित मजदुर संगठन नुम्सा (द नेशनल युनियन अफ मेटल वर्कर्स अफ साउथ अफ्रिका) सबैभन्दा धेरै सदस्य संख्या भएको यो धातुसंग सम्बन्धित संगठन हो । जनवरी २०१४को तथ्याँक अनुसार यसको सदस्य संख्याँ ३ लाख ३९ हजार ५००   रहेको वताईन्छ । यो मजदुर संगठनले दक्षिण अफ्रिकी कंग्रेस(ए.एन.सी.) र दक्षिण अफ्रिकी ट्रेड युनियन महासंघ (कोसाटु)सित सम्बन्ध विच्छेद गर्दै पुँजीबादको विरुद्धमा संझौताहीन आन्दोलन गर्ने क्रान्तिकारी समाजवादी श्रमिक पार्टीको घोषणा गरेको छ । र, यसले विभिन्न आवद्ध पार्टी र संगठनहरुबाट सन २०१३ बाट नै सम्बन्ध विच्छेद गरेको थियो । उनीहरुसितको ऐक्यवद्धताले पुँजीवाद विरुद्धको आन्दोलनलाई नोक्सान पुगेको उसको ठम्याई रहेको छ ।
नुम्साको २०१३ को मजदुर संघर्षदेखी नै सरकार र कोसाटुसित सुमधुर सम्बन्ध तिक्ततामा परिणत हुँदै गएको थियो । तर अन्ततः उसले अलग्गै पुँजीवादका विरुद्धमा टक्कर लिने प्रणका साथ नयाँ पार्टीको घोषणामात्र गरेन उसले एएनसी र कम्युनिष्ट पार्टीलाई समेत साम्राज्यवाद र पुँजीवादको पिछलग्गु बनेको आरोप लगाएको छ ।
उसको भनाई अनुसार मजदुर अधिकार विरोधी र मजदुरको शोषण दमनमा अकुत नाफा देख्ने अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंक जस्ता पुँजीवादी प्रमुख संस्थाको अघि नतमस्तक भई उसका हरेक शर्तहरु स्विकार गर्दै श्रमिकवर्गको हितमा सरकारले काम गर्न छाडेकोले त्यसता मजदुर विरोधी तथा पुँजीवादी राजनैतिक तथा आर्थिक विषयमा गठजोड गरेकोले उस्लाई समर्थन गर्नुको कुनै औचित्य नरहेको वताएको छ । केही महिना अघि युनियनले समाजवादी क्रान्तिकारी श्रमिक पार्टीको गठन गरिसकेको छ ।
प्रबक्ता फाखामिले हुलुबी मोजोलाले भनेकी छन “हामी नुम्सालाई ट्रेड युनियनकोरुपमा निरन्तरता दिन्छौ र समाजवादी क्रान्तिकारी श्रमिक पार्टीको पनि स्थापना गर्छौं, किनकी हामी पनि अरु माक्र्सवादीले जसरी नै पुँजीवादी सत्ताको अन्त्य केवल समाजवादी सत्तालेमात्र गर्दछ भन्नेमा विश्वास गर्दर्छौं । उनी के पनि प्रष्ट पार्छिन भने अरु वामपार्टीहरु तथा रंगभेदका मुक्ति आन्दोलनकारीहरुले पुँजीवादसित संझौता गर्न थालेकाले निश्चित दूरी रहेको बताईन ।
हामी सबैलाई के थाहा छ भने श्रमिकवर्गले यथार्थमा समानता र स्वतन्त्रता पुँजीवादसंग संझौता गरेर पाउँदैन जबकी हाम्रो सहकर्मी पार्टी एएनसीले पुँजीवादसित घाँटी जोडेको छ ।
ए.एन.सी.सित मिलेर नुम्साले रंगभेदका विरुद्धमा लडाई लडेको थियो । तर रंगभेद विरुद्धको आन्दोलन समाप्त भएको दुई दशक भईसक्ता पनि अझै पनि त्यही हालतमा जीवन विताउन वाध्ये रहेको उनीहरुको ठहर छ ।

दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टी(SACP)लाई दिंदै आएको आर्थिक कोटा पनि दिन बन्द गरेका छन् । उनीहरुको आरोप छ कम्युनिष्ट पार्टीको नीति र कार्यक्रमका आधारमा बढनु पर्नेमा एएनसीको पुँजविादी कार्यक्रमलाई नै समर्थन गरेकोले दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीसित सम्बन्ध विच्छेद गर्नु परेको हो । कोसाटुको नवनिर्वाचित अध्यक्षा जिंगीस्वा लोसीले नुम्सा अलग्गिएकोमा दुख ब्यक्त गर्दै मुख्य चुनौति नै उसलाई मूलधारमा ल्याउनु बताएकी छन ।
परिवर्तन भनेको के हो कस्का लागि परिवर्तन भयो हाम्रो हालतमा त कुनै सुधार आएन गोराहरुको अत्याचारी सत्ताभन्दा यो हाम्रो सत्तामा किन भिन्न्ता महशुस गर्न पाईएन भन्छन् उनीहरु । आधाभन्दा बढि जनसंख्या अहिले पनि दरिद्रताको पराकाष्टामा रहेका छन् । दक्षिण अफ्रिका संसारकै सबैभन्दा आर्थिक असमानताको भयानकअन्तर भएको देश हो त्यसमा पनि अपराधिक गतिविधिले पनि ग्रस्त रहेको देश हो । यो देशको सारा सम्पति ३ जना गोराहरुको कब्जामा यद्यपि रहेको छ ।
स्मरणीय छ यो संगठनभित्र इन्जिनियरिङ, मोटर, अटो तथा टायर र इलेक्ट्रोनिक क्षेत्रमा कार्यरत सबै प्रकारका श्रमिकहरु आवद्ध हुने व्यवस्था रहेको छ ।

श्रमिकहरुको समश्यालाई राजनैतिक दलहरुले सही ढंगले हल गर्नतिर लागेनन भने श्रमिक संगठनहरु स्वयं नै राजनैतिक दल स्थापना गर्न जोडतोडका साथ लाग्दछन भन्ने पछिल्लो र नवीन उदाहरण बनेको नुम्सा ।