हेर्नुहोस् सात बसमा आगलागी पछि यसरी भयो भारी विस्फोट

प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५

लण्डनको दक्षिणी शहर फानबोरोमा रहेको एक बस डिपोमा आगलागी भएकाे छ । अागलागी पछि भएको भारी विस्फोटमा परि सात वटा बस जलेर नष्ट भएका छन् भने ४ बसमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

बस डिपोमा रहेका अन्य ३० बाहनलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । घटनाको बारेमा बताउँदै स्थानियले भने, १० ठुला ठुला विस्फोट पछि देखिएको आगोको मुस्लोले मानिसहरु भयभित देखिन्थे ।

आगो निभाउन ८ वटा अग्नी नियन्त्रक गाडी प्रयोग गरिएको छ भने, ६० अग्नी नियन्त्रकहरु खटाइएको अधिकारीले जनाएका छन् । हाल सम्म मानविय क्षती भए नभएको कुनै विवरण आउन सकेको छैन ।