सिक्किमको जोराथाङमा शतवार्षिकी माघे मेलाको तयारी पूरा अनेकौं हस्तनिर्मित सामानको विक्री तथा प्रदर्शनी

प्रकाशित मिति : सोमवार, मंसिर ३, २०७५

स्वर्णिम गुरुङ, नेपालमा जस्तै माघे मेला सिक्किमको जोरथाङमा हरेक बर्ष मनाउँदै आएका छन् सिक्किमेलीहरु । यो मेलाले यसपटक एकशय बर्षको उत्सव भव्यतापूर्वक मनाउँदैछ । यसका लागि लामो समयदेखि गृहकार्य भैरहेको थियो । मेलाको विशेष उदेश्य सिक्किमको संस्कृतिको जगेर्ना गर्नु रहेको छ। तसर्थ यस मेलामा विशेषत यहाँका स्थानीय खानपान, भेषभुषा, संस्कार र संस्कृतिको विशेष झलकहरू देख्न पाइन्छ, अध्ययन गर्न पाईन्छ, अनेकौं प्रकारका आकर्षक हस्तनिर्मित सरसामानहरु उचित मूल्यमा किन्न पनि पाईन्छ । यो साँस्कृति धरोहरलाई जोगाउनु आम जनताको दायित्वभित्र पर्दछ । यो हाम्रो साँस्कृतिक पहिचान पनि हो ।

दक्षिण सिक्किम जोरथाङमा आयोजित २०१८ माघे मेलामा प्रदर्शनी तथा बिक्रीमा राखिएका लघु उद्योग तथा हस्तशिल्पका केही झलकहरू यसप्रकार रहेको छ ।

 

All pics. Provided by Swarnim Gurung From Sikkim.