मिथिला नगरपालिकाले ध्यान दिनुपर्ने केही विषय

प्रकाशित मिति : सोमवार, मंसिर ३, २०७५

कम्युनिष्ट अनलाईन प्रतिनिधि,
प्रदेश दुईको धनुषा जिल्लाको मिथिला नगरपालिका खाद्यान्नमा आत्मानिर्भर भएको छ भनेतापनि बातावरणीय हिसावले संरक्षण गर्नुपर्ने धेरै कामहरु बाँकी नै देखिन्छ । पशुपालनतर्फ खासै ध्यान दिएको देखिएन । आधुनिक औजारहरुसित रमाउन थालेको देखियो । यसले गर्दा परम्परागत औजारहरु भेट्टाईन्न । कृषिलाई पशुपालनसित जोडन आवश्यक देखिन्छ । र, अझैपनि फलफुल, तरकारी, माछा, मासुमा आत्मा निर्भर हुन सकेको देखिएन जबकी ती सबैका लागि यो नगरपालिका निकै उपयोगी देखिन्छ । यसले अरु क्षेत्रमा निर्यात गर्नसक्छ । आयात गर्नुपर्ने आवश्यकता नै देखिदैन ।
नजिकको हाटबजारमा भर परेको देखियो । बाताबरणीय हिसाबले विशेष ध्यान नपु¥याउने हो भने जलश्रोत नै केही दशकमा नै सबैभन्दा ठूलो समश्या बनेर आउने संभावना देखिन्छ । चुरे पहाड,रातुखोला र आसपासका खहरे र अपार जंगलको दोहन अत्यधिक भएकोले इकोसिष्टममा नै असर परेकोले जंगली जनावर,पशुपंक्षी लगायतको वासस्थानमा विचलन आएकोले बस्तीतिर बन हात्ती लगायतले नियमित प्रवेश गरेर हानी नोक्सानी र आतंक सिर्जना गर्न थालेको गुनासो बढि नै उठेको पाईयो ।

मिथिला नगरपालिका, रातुबाहुनमारामा केही दिन अघि खिचेको धानबाली लगायतका मनोरम तस्विरहरु