जय गोर्खा !

भक्ति शीला प्रकाशित मिति : शुक्रबार, कार्तिक ३०, २०७५

म त यसरी नलुकी आउँँछु
अधिकार खोज्दा किन डराउनु
तिमीलाई आकाश मागेको होईन
पुरै धरती पनि मागेको होईन ,
तिम्रो मुखको गाँस पनि मागेको होईन ,
भिख सम्झिन्छौ, भिख त तिमीले
मागे जस्तो लाग्छ , लोभले लालचले
हामीले हाम्रै भुमी किपट मागेको हौ
पुर्खाले फुलको मालाझैं उनेर राखेको
हाम्रो धरोहर हाम्रो भाषा संस्कृति हाम्रो हो ,
चियाको बुट्टा बुट्टा, जरामा,
हाम्रो पुर्खाको नङ मासु पसिनाले
लिपीएको छ,
तिमीलाई थाहा छ,
त्यो भिर पहरामा कहिले चढेको छौ
जंगल फाडेक छौ
जंगल फाँडेर झुप्रो बसाल्ने
हाम्रो पुर्खा हो थाहा छ
आफ्नो हकको लडाई लडने
एक दुई गोर्खालाई लखेट्दा
यहाँ सयौ गोर्खा जाग्ने छ ,
कहिलेसम्म लखेट्छौ
हजार मर्छ तर करोड गोर्खा
यो भुमीमा रहुन्जेल हाम्रो
माग दिगो भएर आवाज
उठीरहनेछ , याद राख है
देशको सिमानाको रक्षा गर्ने
वीर सिपाहीको भुमी खै
अब दल दलमा नबस युवाहरु
ज्वाला भएर निस्क
हाम्रो गाँस र बासभुमीको
उद्धार गर ,
तिमी ठुटे,हाम्रो आवाज नसुन
तिमी कान बन्द गरन ,एकदिन
तिम्रो कानको जाली फुटाउने
सच्चा ईमानदार गोर्खे आउँनेछ
अवश्य आउँनेछ
जय गोर्खा !