तरपनि हामी निराश भएनौ, हामीले आत्माबल गुमाएनौ –स्टालिन

प्रकाशित मिति : मङ्लबार, कार्तिक २७, २०७५

त्यो एउटा यस्तो समय थियो जब हाम्रो देश कठिनाईमा थियो । तपाई सबैले सन १९१८ लाई स्मरण गर्नुहोस जब हामीले अक्टुबर क्रान्तिको प्रथम बार्षिकोत्सब मनाएका थियौं । देशको तिन चौथाई भाग आक्रमणकारीहरुको कब्जामा फसेको थियो । युक्रेन, उराल्स, साईबेरिया र सुदुर पूर्वका भागहरु हामीले गुमाईसकेका थियौं । हाम्रा कोही सहयोगी थिएनन । हामीसित लाल सेना पनि थिएन । हो, हामीले सेना गठनको कार्य शुरु गरिसकेका थियौं । त्यो वेला सेनाको लागि कपडा, भोजन, हतियारको निकै अभाव थियो । र, पनि चौदह देशका सेनाले हामीलाई घेराबन्दी गरेर दबाव दिन शुरु गरेका थिए । तर हामी निराश भएनौ, हामीले आत्माबल गुमाएनौ । युद्धको आगोले हाम्रो देशलाई शैन्य शिविरमा परिवर्तन गरेको थियो । त्यस बखत लेनिन नै थिए । महान लेनिन जस्ले शत्रुहरुको विरुद्ध उत्साहको भावना हामीभित्र जागृत गराएका थिए । अनि भयो के ? हामीले हस्तक्षेपकारीहरुहरुलाई नराम्ररी धुलो चटायौं । हाम्रो गुमेको अस्तित्वलाई फिर्ता ल्यायौं र विजय हाँसिल ग¥यौं
स्टालिन
७ नोभेम्बर १९४१ मा रेड स्क्वायरमा गरेको भाषणको अंश