क्षीण आशा -स्वर्णिम गुरुङ

कविता

प्रकाशित मिति : शनिबार, कार्तिक २४, २०७५

चियाइ हेर त स्मृतिमा तिम्रो
सम्झनामा कहीँ अल्झेकी छु कि,
छामी हेर त छातीको देब्रे पाटो
ढुकढुकीमा कहीँ बाँचेकी छु कि
कुरिरहेछु त्यही गोरेटोमा अझै
जहाँ वाचागरि छोडि गएथ्यौ तिमी,
किन पाइला फेरि फर्किएन तिम्रो
दोबाटोमा अल्मलियौ कि कहीँ ।
झुकि हेर त हामी हिडेका बाटाहरूमा
मेरा पाइलाका डोबहरू भेट्छौ कि कहीँ,
हेर त तिम्रा मनका आँखाले
फर्की आउँने गोरेटो चिन्छौ कि कहीँ।
मायाको साटो माया नै दिएथेँ
मायाको परिभाषा भुल्यौ कि कहीँ ,
मेरो आँशु नसहने तिम्रा आँखाहरू
कसैको मधुर मुस्कानमा लोभियो कि कहीँ
नियाली हेर त तिम्रा आँखाका परेलीमा
आँशु बनी कहीं छल्किएकी छु कि
खोजी हेर त तिम्रो अधरको मुस्कानमा
थोरै खुसी बनी कहीँ झल्किएकि छु कि

-चौतारीबाट, नोभेम्बर ५, २०१८

हार्दिक श्रद्धान्जलि

हार्दिक श्रद्धान्जलि

हाम्रो अनलाईनलाई आफ्ना सिर्जना र रचनाद्धारा हरदम सहयोग गरिरहने अन्यन्य मित्र तथा कवियत्री स्वर्णिम गुरुङको आमा इन्द्र तामाङको क्यान्सर रोगको उपचारकैक्रममा आसमयिक निधन हुन गएकोमा उहाँप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्दछौं साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

कम्युनिष्टअनलाईन परिवार
काठमाण्डौ नेपाल