द्यौसी–भैलो कार्यक्रममा महिलाहरुको उत्साहजनक प्रस्तुति

प्रकाशित मिति : बिहिबार, कार्तिक २२, २०७५

कम्युनिष्टअनलाईन प्रतिनिधि,

काठमाणडौ, गोकर्णेश्वर नगरपालिका वार्ड नं ६को परिवर्तन टोल सुधार समितिले भव्यरुपमा द्यौसी भैलो कार्यक्रमको आयोजना ग¥यो । द्यौसी भैलो कार्यक्रमको अगुवाई र निर्देशन माननीय सरिता न्यौपाने स्वयंले गर्नुभएको थियो । सो कार्यक्रम छ नम्बर वडा अध्यक्ष रमेश अर्याल, महिला नेतृ रेणु कार्की लगायतले अगुवाई गरेका थिए । उनीहरुले द्यौसी भैलो कार्यक्रममार्फत टोलमा हुने विकृति, विसंगति हटाउन सबैलाई खबरदारी गर्दै गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
दिउँसो १२ बजेबाट शुरु गरि बेलुका छ बजे समापन गरिएको कार्यक्रमलाई आर्थिक संकलनको दृष्टिकोणकाटभन्दा पनि नेपाली संस्कृतिको जगेर्ना गर्ने र टोल तथा वडाभित्र भएका गलत कृयाकलापलाई हटाउन अपिल गरिएको थियो ।
द्यौसी भैलो कार्यक्रमले महिलाहरुलाई थप सशक्त पारेको र केही आर्थिक श्रोत पनि जुटाउन सकेको आयोजक सदस्यले शोभा केसीले बताएकी छन् भने उनीहरुको यो कार्यलाई टोलवासीले खुलेर प्रशंसा गरेका छन । छेकी सेर्पा, संगिता घिमिरेले नृत्य तथा संगीत समूहको जिम्मेवारी संभालेका थिए ।
                                                                              भैलो कार्यक्रम र लक्ष्मी पूजामा बनाईएको रंगोलीहरु