महाकवि देवकोटालाई समर्पण

कविता

बि.कुलुङ राई रंगबुले प्रकाशित मिति : बुधबार, कार्तिक २१, २०७५

महाकवि लक्ष्मीप्रसाद देबकोटा

छोडेनन् कुनै साहित्य पाटो कलम कुदायो
त्यो पारि क्षितिज पुर्व दिशा सुर्य नै उदायो

दिएर गए अमुल्य कृति साहित्य जगतमा।
बनेर अमृत साहित्य रस बहदैछ रगतमा।

मान्छे को हुन् ईश्वर १ के हुन् उसैले नै बुझायो
धनको तुज्जुकमा खुम्चिए सोच संसार मुजायो
हातको मैला सुनको थैला के गर्नु धनलेू
पुज्नु हैन बुझ्नु छ लक्ष्मीलाई सह्रदय पनले

कमायो धन रमायो मन छोडेर जानुलाई
सुनका महल बन्दैन कठ्ठै तोडेर लानुलाई

जन्म्यौ तिमी हे महाकवि त्यो कालो औंसीको रातमा
न धन थियो न सम्पत्ति थियो ज्ञान ज्योति लिई हातमा

भलाइकारी हुन्छन् साहित्य रसपान बुझ्नु है बबुरो
सुधारवादी हुन्छन् समाजवादी हुन्छन् छैन नि अधुरो

शुन्य छन् जून शान्त छन् जून न कुनै कलङक छन्
हुन्छ गुनगान उस्को मात्रै जस्को सुनको पलङ छन्

 

–दार्जीलिङ