महाकबि देबकोटाको ११० औं जन्म दिवस भव्यतापूर्वक सम्पन्न, विभिन्न श्रष्टाहरु सम्मानित साहित्यकारहरुको ३ वटा पूर्णकदको प्रतिमा स्थापना गरिने

जय कार्की प्रकाशित मिति : बुधबार, कार्तिक २१, २०७५

महाकवि लक्ष्मीप्रसाद देबकोटा, गोकर्णेश्वर नगरपालिका वडा नं. 6

कम्युनिष्टअनलाईन प्रतिनिधि

कामाण्डौ, गोकर्णेश्वर नगरपालिका वडा नं. 6 स्थित युवाक्लबको ३२औं बार्षिकोत्सब तथा महाकवि लक्ष्मीप्रसाद देबकोटाको ११० औं जन्मदिवस भव्य कार्यक्रमको आयोजनागरी मनाएको छ ।
क्लबका अध्यक्ष सुभास पुडासैनीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि पूर्व उपप्रधानमंत्री प्रकाशमान सिंह,तथा विशेष अतिथि साँसद कृष्ण राई, प्रदेश साँसद रामेश्वर फुयाँल हुनुहुन्थ्यो भने मेयर सन्तोष चालिसे तथा चर्चित साहित्यकार तथा कलाकारहरुको विशेष उपस्थिति रहेको थियो । नयाँबस्ती युवाक्लबले देबकोटा चोकमा स्थापना गरेको अर्धकदको प्रतिमामा पूर्वउपप्रधानमंत्री सिंह लगायतले सबैले महाकवि देबकोटाप्रति मल्यार्पण सहित श्रध्दान्जलि ब्यक्त गरेका थिए ।
अतिथिहरुलाई क्लबकी सहसचिव रेणु कार्कीले स्वागत गर्दै महाकवि देबकोटाले मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने उक्तिको पुष्टि राजतन्त्रको अन्त्य र गणतन्त्र नेपालको स्थापनासंगै पूरा भएको वताईन भने कार्यक्रमको संचालन सचिव तथा संचारकर्मी चन्द्रमणि गौतम पुडासैनीले गरेका थिए । सो कार्यक्रममा क्लबको आयव्यय र आगामी योजना उपाध्यक्ष राजकुमार लामाले प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि प्रकाशमान सिंहले बरिष्ठ साहित्यकार तथा लेखक विदुर चालिसे, साहित्यकार तथा पत्रकार अच्युत बुलबुल र समाजसेबी भीमप्रसाद पुडासैनीलाई प्रमाणपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
यसै सुभअवसरमा प्रदेश साँसद रामेश्वर फुयाँलले महाकवि देबकोटा, साहित्यकार रमेश विकल तथा हास्यव्यँग्य लेखक भैरब अर्यालको प्रतिमा जनसहयोगमा निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
उक्त अवसरमा महाकविको जीवन र कृतिका विषयमा समीक्षा गरिएको थियो भने कविहरुले महाकवि देवकोटालाई समर्पण गर्दै कविताहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको एक झलक