काँग्रेसमा दुई सभापतिको व्यवस्था गलत, दुई तिहाईको ओली सरकारले केही गर्न सकेन – पूर्वउपप्रम सिंह

जय कार्की प्रकाशित मिति : बुधबार, कार्तिक २१, २०७५

पूर्वउपप्रधानमंत्री प्रकाशमान सिंह

कम्युनिष्टअनलाईन प्रतिनिधि
काठमाण्डौ, नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधानमंत्री प्रकाशमान सिंहले बहुमतका नाममा दुई सभापति राख्ने निर्णय गलत भएको बताएका छन् । बहुमत छ भन्दैमा जे पायो त्यही गर्ने छुट कसैलाई पनि छैन भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाको कदमको विरोध गरेका छन् । उनले दुईवटा सभापतिको व्यवस्था गर्ने वित्तिक्कै पार्टी सुदृढिकरण नहुने ठोकुवा गर्दै मुख्यत नीति, कार्यक्रम र संगठन हाँक्ने तरिकाले सबै छिनोफानो गर्ने बताए ।
उपप्रधानमंत्री सिंहले नेकपाको दुई तिहाईको दम्भले काम गर्नै नसक्ने अवस्थामा पु¥यायो, सस्तो लोकप्रियताको लागि जथाभावी बोलेर र आश्वासन बाँढेर पुग्दैन । बलत्कारीहरुलाई कार्वाही गर भनि सडकमा उत्रेका जनतालाई गोली ठोकेर समश्या समाधान हुँदैन ।
अपराधीलाई कार्वाही गरेर जनताको मन जित्न सक्नुपर्छ भनेका छन् । उनले महंगी नियन्त्रण र कालोवजारीलाई कार्वाही गर्न भनि पटक पटक बजार अनुगमन गरे पनि परिणाम शून्य रहेको अझ बढी महंगी बढेको बताएका छन् । यस्ता सामान्य काम गर्न नसक्ने सरकारबाट देश बनाउने र विकास निर्माण गर्ने कुराको विश्वास नभएको बताएका छन् ।
गोकर्णेश्वर नगरपालिका नयाँबस्ती युवा क्लबले महाकबि लक्ष्मीप्रसाद देबकोटाको ११० औं जन्मजयन्तीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले महाकबि देबकोटा र पिता गणेशमानसिंहवीच अत्यन्त गाढा सम्बध रहेको पनि खुलासा गर्दै आफु साहित्यिक फाँटको नभएकोले देबकोटाका कृतिहरुका विषयमा भने वढी चर्चा गर्ने जिम्मा सर्जकहरुको नै भनेका छन् ।