नवलपुरको बुलिङ्गटारमा ट्रयाकटर पल्टिदा एक जनाको मृत्यु

प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०७५

कावासोती, २० कात्तिक । नवलपुरको पहाडी बुलिङ्गटार गाउँपालिका वडा नं २ डाडाँझेरी भागंबारीमा ट्रयाक्टर पल्टिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार राति धान झार्न प्रयोग हुने थे्रसर संगैं जोडिएको लु ३ त ६९०४ नंम्बरको ट्रयाक्टर पल्टिदाँ सोही ठाँउका २९ बर्षीय भेटन बहादुर पुलामी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

साँझ परेपछि थन्कयाएर राखिसकेको सो मेशिन र ट्रयाकटरलाई मादक पदार्थ सेबन गरी चालकले जथाभाबी चलाउन थालेपछि ट्रयाक्टर पल्टेको र नजिकै रहेका पुलामी मगरलाई ट्रयाक्टरले किचेको प्रहरी चौकी बुलिङ्गटारले जनाएको छ ।

मृतक बुलिङ्गटार गाउँपालिका वडा नं २ डाडाँझेरी स्थित गोरखनाथ प्राथमिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रहेको गाउँपालिकाका अध्यक्ष शसिकिरण बस्ताकोटीले बताए ।