पौष २७ गते रिलिज हुने चलचित्र ‘भिलेन’को फस्ट लुक्स सार्बजनिक गीत भने भोलि रिलिज हुदै

प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०७५

निखिल उप्रेती स्टारर फिल्म ‘भिलेन’को पहिलो मुहार सार्वजनिक भएको छ । फिल्मको पहिलो लुक्सको रुपमा निखिल उप्रेतीको आक्रोशित अनुहारलाई सार्वजनिक गरिएको छ ।

पोस्टरमा निखिलले रातो टिका लगाएका छन् भने जुङ्गा पालेका छन् । यो पोस्टरमा निखिललाई मात्र प्रस्तुत गरिएको छ । पौष २७ गते रिलिज मिति तोकि पाहिलो लुक्स सार्वजनिक गरिएको हो । फिल्ममा निखिलसँगै नायिकाद्वय निशा अधिकारी, शिल्पा पोखरेल र कलाकार कपिल खत्रीको मुख्य भुमिका रहेको छ ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको फिल्म भिलेनलाई बल बहादुर श्रेष्ठ (सितल)ले निमार्ण गरेका हुन । द ग्लोबल पिक्चर्स पा। ली को प्रस्तुती रहेको फिल्मलाई मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन गरेका छन् । फिल्ममा मौनता श्रेष्ठको लेखन रहेको छ भने सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन गरेका छन् ।

भिलेन लाई मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन गरेका छन् । लालकुमार बराल, बसन्त सापकोटा, बाबु गिरीको संगीत रहेको छ भने सुक्रराज शाहको द्धन्द, दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरियोग्राफी रहेको छ ।