सिमेण्टको बोरा – योशिकी हयामा

जापानी कथा

योशिकी हयामा प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०७५

युरेसियाका कथा युरोप र एसियाका प्रसिद्ध कथाकारहरुको नेपाली अनुवादको कथा संग्रह हो ।विभिन्न परिवेशका श्रेष्ठ कथाहरुको संग्रहको एउटा कथा यहाँ हामीले साभार गरेका छौ । जापान, चिन, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इरान, फ्रान्स, बेलायत, रुसका लब्धप्रतिष्ठत कथाकारहरुको प्रतिनिधि कथाको अनुबाद बहुप्रतिभाशाली प्रख्यात कथाकार तथा लेखक इस्मालीले गर्नु भएको हो भने प्रकाशन शिखाबुक्सले जेठ २०७३ सालमा गरेको हो ।

सिमेण्टको बोरा – योशिकी (योशिकी हयामा (१८९४–१९४५) जापानी कथा साहित्यमा एउटा सर्वाधिक महत्वपूर्ण नाम हो । यिनी जापानी सर्वहारा साहित्यिक आन्दोलनका अग्रणी व्यक्तित्व थिए । मजदूरहरूको जीवनलाई आफ्नो लेखनको केन्द्रबिन्दु बनाएवापत अनि मजदूरहरूका हितका खातिर काम गरेवापत उनले पटकपटक जेलको सजायँ भोग्नु पर्यो ।

मजदूर जीवनको महत्वपूर्ण एवं विविध अनुभवहरूले यिनको लेखनीलाई नयाँ एवं गरिमामय आयाम दियो जुन जापानी साहित्यमा अन्यत्र दुर्लभ छ । १९२५मा वेश्या कथा संग्रह प्रकाशित भएपछि यिनी चर्चाको शिखरमा रहे । समुद्रमा आश्रित मान्छे उपन्यास यिनको चर्चित कृति मानिन्छ । जीवनको उत्तरार्धमा यिनी आफ्नो वैचारिक आस्थालाई तिलाञ्जली दिँदै जापानी साम्राज्यवादी राष्ट्रवादका समर्थक र प्रवक्ता बन्न पुगेर आलोच्य बने ।)

सिमेण्टका बोराहरू खाली गर्दै थियो योजो । बोराबाट सिमेण्ट खन्याउँदा सिमेण्टको धूलोबाट जोगिने भरिसक्य प्रयत्न गथ्र्यो उ, र पनि धूलोले उसको कपाल र जुँगा सिमेण्टी रंङकै भइसकेथ्यो ।

धूलो टाँसिएर नाकको प्वालभित्रका रौँहरू अररो भएथे र उ एक किसिमको अप्ठयारो अनुभव गरिरहेथ्यो । त्यसैले सिँ ऽ ऽ गरेर उ आफ्नो कभित्र कोचिइरहेको धूलो निकाल्न अत्तालिएको थियो तर योजो मत्सदो मेशिनमा काम गर्दै थियो, सिमेण्ट घोल्ने मेशिनमा । र एक क्षण पनि फुर्सद थिएन किनभने मेशिन रफ्तारमा चलिरहेको थियो र प्रति मिनेट दश चपरी गिलो सिमेण्ट फ्याँकिरहन्थ्यो र त्यसको टयाँकी (Hauge) हर क्षण भरिभराऊ रहनुपथ्र्यो । त्यसो हुँदा कुनै पनि किसिमको ढिलाइ सम्भव थिएन ।

योजो दिनहुँ एघार घण्टाजसो काम गर्दथ्यो । यो एघार घण्टाभरि उ एक पटक पनि राम्ररी नाक सफा गर्न भ्याउँदैनथ्यो । जब खानाका लागि मध्यान्हको छोटो छुट्टि हुन्थ्यो त्यसबेला उ भोकले भाउन्निएको हुन्थ्यो र हतार हतारमै खाइसिध्याउँथ्यो, अझ अन्तिम गाँस बाँकी छँदै काममा जाने घण्टी बज्दथ्यो र उ राम्रोसँग नाक सफा गर्न भ्याउँदैनथ्यो; अनि त तेस्रो प्रहरको विश्रामका बखत फुर्सद मिल्ला कि भनी उ आश्वस्त हुन्थ्यो तर तेस्रो प्रहर नआइपुग्दै उ केही सम्झेर झल्याँस्स हुन्थ्यो र बिचार्दथ्यो, ‘ गाँठे , मेशिनको पूर्जा त सफा गर्नै छ ।

’ तेस्रो प्रहर ढल्दा नढल्दै उसलाई लाग्यो कि उसको नाक सिमेण्टबाटै बनेको हो ! दिन यसरी येनकेन ढल्दै थियो । ज्यास्ति थकाइले उसका पाखुराहरू शिथिलप्रायः भइसकेथे । बोरा ओसार्दा निकै बल पर्दथ्यो र यसैले उ कन्न थालेको थियो । छिटछिटो बोरा ओसार्दै थियो उ । यही हतार हतारमा झट्ट उसले सिमेण्टको धूलोसँग काठको एउटा सानो बट्टाजस्तो केही खस्दै गरेको देख्यो ।

‘के बट्टा होला यो ?’ सिमेण्टको बोरामा खसेको बट्टा देखेर उ तीन छक्क प¥यो तर यो तीनछक्कबारे घोत्लिने फुर्सद पटक्कै थिएन किनभने मेशिन तीव्र गतिका साथ चलिरहेथ्यो र त्यसमा कुनै पनि किसिमको ढिलासुस्ती सम्भव थिएन । बेल्चा लिई उ पून  सिमेण्ट ओसार्दै हतार हतार टयाँकी भर्न थाल्यो । सिमेण्ट ओसार्दै उ सोच्न थाल्यो मनमनै, ‘ हैन , यो बट्टा सिमेण्टको बोरामा कसरी आयो ?’ उसले त्यो बट्टाजस्तो कुरो टपक्क टिप्यो र कमिजको फेरले पुछ–पाछ गरेर कमिजको तल्लो गोजीमा हाल्यो ।
‘ हैन , यो त असाध्य हलौँ पो छ त ! यसमा केही होस वा नहोस , तर येन–सेन चाहिँ छैन नै ।’ यति सोच्दासम्मको क्षणिक ढिलाइले योजो मत्सदो आफ्नो काममा पछाडिई सकेको थियो र त्यसो हुँदा उसले दोहोरो फूर्तिसाथ काम गर्नु परिरहेथ्यो । स्वचालित र तिब्र रफ्तार साथ चल्ने मेशिनझैँ उसले एउटा अर्को बोरा पनि भुईँमा खन्यायो र हतार हतार टयाँकीमा नयाँ सिमेण्ट हाल्न थाल्यो ।

सूर्य डाँडापारि ओझल भइसकेको थियो ।
आखिरीमा मेशिनको गति क्रमशः घट््दै गयो र बिस्तारै रोकियो । छुट्टी हुने बेला भइसकेथ्यो । योजोले मेशिनसँगै जोडिएको रबरको नल उठायो र हातमुख धुन लाग्यो । त्यसपछि खानदानको रित्तो डब्बा लिएर हात हल्लाउँदै हतार –हतार उ आफ्नो आवासतर्फ लाग्यो । उसको मनमस्तिष्कमा एउटै कुरो नाचिरहेथ्यो–पहिले पेट पुजा हुनुपर्छ र त्यसभन्दा अघि एक गिलास रक्सी पाइएदेखि त …!

अहिले यतिखेर उ बिजुलीघरको भवन अघिल्तिरबाट जाँदै थियो । निर्माण कार्य लगभग सिद्धिनै लागेको थियो र चाँडै नै बिजुली वितरण गरिने भएको थियो । गोधूलीको बेला थियो । अनायास उसको आङ सिरिङ््ग भयो । नजानिँदो गरी उ सर्वाङ्ग काम्यो । जुन डिलबाट उ हिँडिरहेथ्यो त्यसको तल्तिर नदी बगिरहेथ्यो–कलकलको अविरल गायन गर्दै । दूधिलो फिँजमुन्तिरबाट आउने कल–कल आवाजले नदीको वेगको सङकेत दिइरहेथ्यो ।

आवासगृहमा आइनपुग्दै घरमा कल्याङ मल्याङ गरिरहेका आफ्ना लालाबालातर्फ उसको ध्यान आकृष्ट भयो । त्यसपछि उसले आफ्नी धर्मपत्नी सम्झ्यो । उसको श्रीमती फेरि पनि भारी जिउकी थिई र निकट भविष्यमै उसको सातौँ सन्तान यो धरतीमा पदार्पण गर्दै थियो । ‘धत्तेरी ! यो त अचाक्ली नै भयो ! ’ को धिक्कारपूर्ण सोचाइका थसाथै उसको अनुहार अमिलियो मानौँ उसको मुखमा कुइनाइनको चक्की घोलिएको होस ।

आफ्नी श्रीमतीको बारेमा सोचेर उसको मन तम्तम्याइँदो भयो किनकि उसकी श्रीमती लगातार एकपछि अर्को सन्तान जन्माउँदै थिई–उर्वर फाँटझैँ । यो सोचाइका साथ उसको अनुहारमा उदासीनता व्याप्त भयो र उ गुरूगम्भीर मुद्रामा सोच्न थाल्यो , ‘ अब त केही सोच । प्रतिदिन १ येन ६० सेन ज्याला पाइन्छ , जसमध्ये ५० सेन प्रति पडीका दरले दुई पडी चामल लिनु परिहाल्छ ; नुनतेल, आवास आदिमा ६० सेन सिद्धिन्छ । यसरी एक येन साठी सेन त यसैमा गइहाल्यो अनि रक्सीको घुट््को कहाँबाट आवोस ?’

मनमा कुरो खेलाउँदा खेलाउँदै अनायास गोजीमा रहेको बट्टा सम्झन पुग्यो । गोजीबाट त्यो बट्टा झिकेर पाइजामाको मोहतामा दलेर राम्रोसँग पुछपाछ पा¥यो । त्यसमाथि केही लेखिएको थिएन । त्यो त टालोले बेरिएको चिठ्ठी पो रहेछ । उ उत्सुकतावश पढ््न थाल्यो –“म नमूरा सिमेण्ट कम्पनिमा नोकरी गर्दछु । मेरो काम हो सिमेण्टको बोराहरू सिउनु । जुन नवयुवकसँग मेरो बिबाह हुने भएथ्यो ती पनि यही कम्पनीमा काम गर्थे ।

उनको काम पिसानको मेशिनमा चुनढुङ्गा हाल्नु थियो । ७ अक्टुवरका दिन बिहानको कुरो हो, जब उनी एउटा गरुङ््गो ढुङगो मेशिनमा खसाल्ने प्रयास गर्दै थिए उनको खुट्टा चिप्ल्यो र उनी ढुङ्गो समेत मेशिनमा होमिए । उनका साथीहरूले उनलाई मेशिनबाट तान्ने प्रयास गरे तर सब व्यर्थ भयो । डुब्दो मानिसझैँ ढुङ््गासँगसँगै ती झन झन मेशिनको गर्भमा तानिँदै गए ।

ढुंगा संगसंगै मेशिनले उनलाई पनि पिधिँदियो । अनि मेशिनको मुखबाट गुलाफी रंगको चूर्ण निक्ल्यो । त्यो चूर्ण फेरि अर्को मेशिनमा हालियो जहाँ त्यसलाई अझ मसिनो पारी धुल्याइयो र त्यसपछि त्यो इस्पातको जाँतोमा हालियो र आखिरीमा त्यो गुलाफी चूर्ण भठ्ठीमा पुग्यो र पाकीवरी सिमेण्टको रूपमा तयार भई बाहिर निस्क्यो ।

उनको शरीरका हाडहरू, माँसपेशीका डल्लाहरू, उनको हृदय र बाँकी सबथोक पिँधिएर धूलो पिठो भइसकेथ्यो, र मेरा भावी पति एक मुठ्ठी सिमेण्ट बनिसकेका थिए । बाँकी थियो केवल उनको कमिजको च्यातिएको एउटा धरो । आज दिनभरि म बोराहरू सिइरहेछु जसमा उनको शरीरबाट बनेको सिमेण्ट भरिने छ ।

हिजो मात्र यो सिमेण्ट बनेथ्यो र आज म यो चिठ्ठी लेख्दैछु । यो चिठ्ठी लेखिसिद्धयाई यसलाई म यो बोरामा हालिदिनेछु । तपाईँ ,जसले यो देख्नुहुनेछ ,के मजदूर हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कृपया खवर दिनु हुनेछ कि यो बोराको सिमेण्ट कहाँ प्रयोगमा ल्याईँदै छ ? म जान्न चाहन्छु– उनबाट जम्मा कति सिमेण्ट बन्यो , र सम्पूर्ण एकै ठाउँमा प्रयोगमा ल्याइयो वा भिन्न भिन्न ठाउँहरूमा ? तपाईँ मजदूर हुनुहुन्छ वा राजमिस्त्री ? म चाहन्न कि यो कुनै गैलरी या कुनै विशालकाय हवेलीको भित्ताको खण्ड बनोस ।

तर फेरि सोच्दछु कि त्यसले के फरक पर्छ र ? जहाँ इच्छा लाग्छ लगाइदिनुस । जहाँसुकै लगाइए तापनि यसले आफ्नो कार्य पूर्ण लगनका साथ गर्ने छ । यस्तो मेरो विश्वास छ । उनको हृदय अत्यन्त कोमल थियो तर उनी निकै वलिष्ठ एवं दरिला, दमखम भएका पुरुष थिए । उमेरै कति पो थियो र ! गधापच्चिसी त नाघेका थिएनन ।

मैले यो समेत जान्ने मौका पाईँन कि उनी मलाई कत्तिको पे्रम गर्दथे र अब मै उनका लागि कात्रो सिउँदैछु । उनको मृत्त शरीर चिहानमा गाडिनुको सट्टा सिमेण्ट घोल्ने यन्त्रको टयाङ््कीमा हालिने छ तर म उनीसँग बिदा लिन उनको चिहानसम्म कसरी पुग्न सकुँली ? म कसरी थाहा पाउन सक्छु कि उनको अन्तिम संस्कार कहाँ हुन्छ ?

पूर्व अथवा पश्चिम, टाढा वा यतैकतै ? यसैले म चाहन्छु कि तपाईँ यो चिठीको जवाफ अवश्य लेख्नुस र त्यसको सट्टा म तपाईँलाई उनको कमिजको यो धरो दिन्छु । हो, यो त्यही धरो हो जसमा यो चिठी बेरिएको छ । उनको शरीरको पसिना र ढुङगोको चूर्ण आदि सबथोक यसैमा छ । यही कमिज लगाएर उनी मलाई बाहुपाशमा अँगाल्दथे, माया गर्दथे ।

उफ.! त्यो कमिजको फगत एक टुक्रो बाँकी छ । म जान्दछु कि म तपाईँमाथि कति ठूलो बोझ थोपरिरहेछु । तर मेरो सादर अनुरोध छ कि मलाई यो अवश्य बताइदिनु हुनेछ कि यो सिमेण्ट कुन दिन के बार प्रयोगमा ल्याइयो ? कस्तो ठाउँमा लगाइयो ? र, त्यसको सही ठेगाना के हो ? र, कृपया तपाईँ आफ्नो ठेगाना पनि लेख्नु हुनेछ र तपाईँ पनि होस गर्नुहोस, आफ्नो बारेमा सोच्नुहोस । सोच्नुहुन्छ नि, हैन त ? हवस त तपाईँको भलो होस ।

आधा दर्जन लालाबालाहरू फेरि योजोको वरिपरि झुम्मिन्छन । एक पटक फेरि उसले चिठीको पुछारमा लेखिएको नाम र ठेगाना पढयो र अनि एकै घुटकोमा गिलास रित्याइदियो जसमा भर्खरमात्र उसले तिख्खर रक्सी भरेको थियो । खूब मात्तिन्छुु , खूब ।” उ विछिप्तझैँ बोल्यो ।

“ए ऽ ऽ, त्यसो पो रैछ कुरो त ! ” उसको श्रीमती रिसाउँदै बोली, “रक्सी धोक्न तिमीसँग रूपियाँ हुने तर नानीहरूका लागि ….” उसको कुरो सिद्धिएकै थिएन । योजोले निर्निमेष भावले आफ्नी श्रीमतीको उक्सँदो पेटतिर हे¥यो । अनि आफ्नो सातौँ सन्तानको सम्भावित आगमनले उसको मन एकपटक फेरि अमिलियो ।
०००