अक्टोबर समाजवादी क्रान्तिको शत बार्षिकी सन्दर्भमा, नेपाली क्रान्तिको मूलबाटोलाई कसरी बुझ्ने ?

-लोकनारायण सुवेदी प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०७५

आजको नेपाली समाज निकै ठूलो सकस, उथलपुथल र राजनीतिक परिवर्तनको चरणबाट गुज्रिरहेको छ । यसो भए पनि यो उपरी ढाँचामा (सुपर स्ट्रक्चर) आएको मात्रात्मक परिवर्तनमा मात्र हो । यसको आधारभूत जग (बेस)मा क्रान्तिकारी परिवर्तन आउन सकेको छैन । त्यसले गर्दा आधारभूत बर्गीय संत्ता–संरचनामा पनि कुनै परिवर्तन आउन नसकेको आजको यथार्थ अबस्था हो । वास्तवमा आजसम्म नेपालमा आएका राजनीतिक परिवर्तनहरुबाट मूलतः आधारभूत जनता – मजदूर किसान राष्ट्रिय पूँजीपति, लगायत महिला, आदिवासी, जनजाति, मधेशी, अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख सबै समुदाायका उत्पीडित जन समुदायले कुनै ठोस परिवर्तन र राहतको अनुभूत गर्न नसक्नु र समाजको बिकास असन्तुलित र पछौटे नै रहिरहनुको पछाडिको कारण पनि यही नै हो । साधन श्रोतमाथिको मानिसको सम्वन्ध, स्वामित्व र संरचनाले कुनै पनि समाजको चरित्र के कस्तो रहेको छ भन्ने बस्तुगत आधार प्रदान गर्दछ । यसलाई माक्र्सवादी सिद्धान्तका आधारमा ब्यक्त गर्दा उत्पादनका साधन, ती उत्पादनका साधनहरुसँगको मानिसको सम्वन्ध, जसलाई उत्पादन सम्बन्ध भनिन्छ तथा उत्पादनका साधन र उत्पादन सम्वन्धको संयोजनबाट बन्ने उत्पादन पद्धतिले नै समाजको आधारभूत चरित्रको उजागर गर्दछ । निश्चय पनि कुनै पनि समाज सँधै एकनासले स्थिर भएर रहने कुनै अपरिवर्तनीय जड कुरा होइन । यो परिवर्तनशील र गतिशील स्थितिबाट गुज्रिरहेको हुन्छ । त्यो परिवर्तन कुन मात्रामा, कुन दिशाबाट कुन दिशातर्फ भइरहेको छ त्यसको दिशा र गतिलाई थाहा पाउनु र बझ्ुनुपर्ने हन्ुछ ।
यस आधारमा हेर्दा नेपाल कम्युनिष्ट पार्टीले आफ्नो जन्म कालदेखि नै र खासगरी २०२५ सालमा कमरेड पुष्पलालले ब्यबस्थित र बिस्तृतरुपमा नोपली क्रान्तिको मूलबाटो ‘नयाँ जनवादी’ कार्यक्रम प्रस्तुत गर्दा नेपालको स्थिति अर्ध सामन्ती र अर्ध औपनिवेशिक रहेको प्रष्ट उल्लेख गर्नु भएको छ । नेपालको उत्पादन पद्धति, मानिसहरुको परस्परको ब्यवहार, रहनसहन र जीवन पद्धति हेर्दा अहिले पनि आधारभूत रुपमा त्यही बिश्लेषण सही छ । वास्तवमा अर्ध सामन्ती भनेकै त्यहाँ सामन्तबादको बर्चश्व भए पनि पँुजीवादको बिकास पनि भइरहको भन्ने कुरा हो । अर्को तर्फ आजको युगमा कुनै पनि देश राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृतिक हरेक कोणबाट साम्राज्यवादी दख्खल हस्तक्षेपबाट मुक्त रहनसक्ने अबस्था हुदैन । खाशगरी पिछडिएको अर्थतन्त्र, समाजिक एवं साँस्कृतिक रचना भएका मुलुकहरुमा यो हस्तक्षेप चौतर्फीरुपमा देखिन्छ । जसले गर्दा ती देशहरु आफै स्वाधीन किसिमले मुलुकको हितमा निर्णय गर्न सक्ने अबस्थामा रहेका हुँदैनन्् या त्यस्तो क्षमता गुमाउँदै गएका हुन्छन्् । अर्ध औपनिवेशिक स्थिति भनेको देश पूर्णरुपमा राष्ट्रिय निर्णय आफैले गर्नसक्ने क्षमतामा नरहेको अबस्थाको यथार्थको उल्लेख हो । जुन कुराको अनुभव निरन्तर हाम्रो देशले गरिरहेको छ । क्रान्तिको कार्यक्रम र कार्यदिशा बदलिनका लागि मूलभूत रुपमा यो चरित्र बद््लिन पर्दछ । भू– धरातलीय बास्तबिक बस्तुस्थिति मूलतः बर्गीयरुपमा परिवर्तन नभइरहेको र पुरानै बर्ग सम्वन्धलाई सिंगार पटार गरेर नयाँ देखाउन खोजिएको स्थितिमा क्रान्तिको चरित्र बद््लिने कुरा हुदैन । स्वतन्त्र रुपले नयाँ बर्गको उदय र त्यसबाट पुरानो बर्गको बिस्थापनले मात्र क्रान्तिको एउटा चरण पूरा भएर त्यसले फडको मार्दछ । नयाँ बर्ग सत्ता स्थापना हुन्छ ।

 

तर आजको हाम्रो देशको स्थिति क्रान्तिकारी बर्ग संघर्षको उच्चतमरुप बिकिसत भएर प्रतिकृयावादी सत्ताधारी बर्ग बिस्थापित भएको स्थिति होइन । यो बर्ग समन्वय र सम्झौताबाट बनेको ‘बर्णशंकर’ परिवर्तनको स्थिति हो । यस्तो मिश्रित बर्ग संरचनालाई आडधाप दिन र बचाउन साम्राज्यवादी शक्ति पनि बिभिन्न किसिमले लागि परेको हुन्छ र परिरहेको छ । हिजो बाइबलको आडमा ब्यापार बिस्तारका लागि बन्दूक लिएर त्यो शक्ति अल्पबिकसित देशहरुमा प्रवेश गरेको थियो भने आज पनि धार्मिक आडका अतिरिक्त मानबाधिकार, शिक्षा, स्वास्थ, बातावरण लगायत बिकासका बिभिन्न माध्यमहरुलाई बहाना बनाएर प्रवेश र प्रभावका निम्ति उपयोग गरिरहेको छ । यो यथार्थलाई क्रान्तिकारी परिवर्तनकामी शक्तिहरुले बिल्कुलै बिर्सनु हुदैन ।
अवश्य पनि आज सामन्तबादको मूल प्रतिनिधि संस्था राजतन्त्र सत्ताबाट विस्थापित भएको छ । तर नेपालबाट सामन्त बर्गको सत्ता राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृतिक कुनै पनि संरचनाबाट अभैm समाप्त भइसकेको छैन । अहिले संविधान सभाले हल गर्नु पर्ने जुन समस्याहरु हाम्रा अगाडि उपस्थित थिए र अद्यापि छन्् जनताले जे जस्ता राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक हक अधिकारहरुको माग गरिरहेका छन्् त्यसले पनि हाम्रो समाज क्रान्तिको कुन चरणबाट अगाडि बढिरहेको रहेछ भन्ने बुझ्न ठूलो मद्दत पुग्दछ ।जब हामी बहुसंख्यक जनता जनतान्त्रिक हक तथा नागरिक स्वतन्त्रताबाट बञ्चित, बिमुख र किनारामा पारिएको अबस्थामा रहेको अनुभूति गर्दछौ र ती अधिकार स्थापनको संघर्षमा लागिरहेका छांै भने हामी मूलतः सामन्तबादी चरणबाट मुक्त हुन सकेका छैनौ भन्ने निष्कर्ष फेरि पनि निस्कन्छ ।
आज नेपाली जनसंख्याकोआधाभन्दा बढी भाग ओगटेका महिलाहरु सामन्ती तथा पुरुषप्रधान दृष्टिकोणबाट हरेक क्षेत्रमा प्रताडित र दबाइएको अबस्थाका रहेका छन्् । समाजमा अहिले पनि जातिपाति, छुवाछुत, उच्चनीचको भावना कायम छ, गुण, क्षमता र योग्यताको आधारमा नभएर भनसुन, पहूँच र प्रभावलाई नै अहिले पनि कुनै सेवामा संलग्न हुने आधार बनाइन्छ र पद्धति केन्द्रित नभएर ब्यक्ति केन्द्रित बाटो अबलम्बन गरिन्छ, उत्पादन पद्धति मूलतः कृषिमा आधारित र त्यो पनि मूलतः परम्पराबादी छ, देश औद्योगिककरणमा जाने आवश्यक पूर्वाधार निर्माण हुनसकिरहेको छैन, श्रम गर्न योग्य सबैले काम पाउने अबस्था छैन र कामको खोजीमा हाम्रो झण्डै आधा जनसंख्या बैध अबैध रुपमा बिदेशिन बाध्य छ । देशमा सबैभन्दा बढी श्रमभार अहिले पनि कृषिमाथि नै छ, सास्कृतिकरुपमा कुरीति, अन्धबिश्वास, यो लोक, परलोक, पूर्वजन्म, पुनर्जन्म आदि जे जेती कुराले हाम्रो समाजमा घर गरिहेको छ त्यसबाट पनि हामी मूलतः सामन्ती समाजकै चौघेराभित्र छांै भन्ने प्रष्ट पार्दछ ।
यहाँ हामीले नेपाली समाजको चरित्र चित्रण गरिरहँदा नेपाल कम्युनिष्ट पार्टीले कुन पृष्ठभूमिमा नेपाललाई अर्ध सामन्ती र अर्ध औपनिवेशिक भनेर उल्लेख ग¥यो त्यो पृष्ठभूमिमाथि पनि गम्भीररुपमा ध्यान दिनै पर्दछ । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज तथा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले बृटिश–भारतले गरेको १८१६ को सुगौली सन्धिलाई मूख्य आधार बनाएको देखिन्छ । त्यो सन्धिले नेपालको सार्वभौमिकता खण्डित गरेको र राणातन्त्र त्यसको प्रतिनिधि पात्र रहेको बिश्लेषणका आधारमा नेपाल अर्ध औपनिवेशिक समाज बन्न गएको चित्रण गरिदै आएको छ । करीब दुइ सय बर्षको औपनिवेशिक दासताबाट स्वयम भारत मुक्त भए पनि त्यो स्वाधीन भारतले नेपालको ०७ सालको क्रान्तिको बेला आफ्नो जहाँनिया सत्ता गुमाउन थालेको अन्तिम राणा प्रधानमन्त्री मोहन समशेरलाई बोलाएर सन्् १९५० को सन्धि गर्न बाध्य पारेको देखिन्छ । त्यो सन्धिले नेपालको स्वाधीनतालाई खण्डित गरेको अर्थमा समेत नेपाल अर्ध औपनिवेशिक चरित्रको मुलुक भइरहेको चित्रण गरिएको छ । त्यसै सन्धिका आधारमा नेपाल– भारत सम्वन्धका अन्य सन्धि सम्झौता हुने गरेको र त्यसले जहिले पनि नेपालको हात तल पर्ने गरकोृ अनुभव पनि हुँदै आएको छ । नेपालको संविधानमा नेपाली एक सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक लेखिएकोले यो अर्ध उपनिवेश होइन भन्ने निष्कर्षमा पुग्नु यथार्थलाई अस्वीकार गर्नु र सबै प्रकारका बाह्य हस्तक्षेपप्रति आँखा चिम्लनु या आत्मसमपणर््ा गर्नु सरह नै हो । वास्तवमा यस्तो प्रबृत्ति देखापर्नु पनि अर्ध उपनिवेश कै उपज हो भनेमा फरक पर्दैन । यस्तो प्रबृत्तिले स्वाधीनता र सार्वभौमिकता रक्षाको संघर्षलाई कमजोर मात्र तुल्याउँदछ । नेपालको बर्तमान राजनीतिक चरणमा एकथरी आफुलाई क्रान्तिको बाहक र परिपक्व कम्युनिष्ट मान्नेहरु नेपाल कम्युनिष्ट पार्टीको नयाँ क्रान्तिको अबधारणा खाशगरी २०२५ सालमा ब्यबस्थितरुपले अघि सारिएको नयाँ जनवादी क्रान्तिको कार्यक्रम अर्थात्् सामन्तबाद साम्राज्यवाद बिरोधी क्रान्ति सम्पन्न गर्ने कुरालाई नै गलत सावित गर्न उद्यत छन्् र स्वाधीन नेपाललाई अर्ध उपनिवेश भन्नु नै गलत थियो भन्ने र नेपाल पूँजीवादमा गइसक्यो भन्ने अबस्तुवादी गलत र मनोगत धारणा अघि सारेर समाजलाई अझ अल्मल्याउन उद्यत छन्् । उनीहरुको यो भनाइमा भर पर्ने हो भने नेपालमा कम्युिनष्ट पार्टीकोे गठन गर्नु नै आवश्यक थिएन र त्यो गलत थियो भन्ने निष्कर्र्षमा पुगिन्छ । जुन एकदमै अयथार्थ कुरा हो । पूँजीवादी शक्तिले सामन्तबादसँग सम्झौता गर्ने दिशा लिएको र क्रान्तिलाई अधूरै छोड््ने बाटो पक्रिए पछि नेपाल कम्युनिष्ट पार्टीको स्थापाना क्रान्तिलाई पूर्णता दिन र समाजवादको पृष्ठभूमि तयार गर्न गठन गरिएको हो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी गठन गर्न आह्वान गरिएको पहिलो पर्चा, नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र र बिधानले नै प्रष्ट पारेको छ । त्यसैलाई कमरेड पुष्पलालले २०२५ सालमा अझ परिमार्जित र बिकसित गर्दै नेपाली क्रान्तिको मूल बाटो — ‘नयाँ जनवादी क्रान्ति हो’ भन्ने कुरा प्रष्ट पार्नु भएको हो । बिश्वभरी र नेपालमा अक्टोबर क्रान्तिको शतबार्षिकी मनाइरहेको सन्दर्भमा यो यथार्थ कुरालाई गम्भीरतापूर्वक आत्मसात गरिनु अत्यावश्यक छ ।