क्षेत्रीय बजारमा ५ हजार मेगावाट विजुली निर्यात गछौं : ऊर्जामन्त्री वर्षमान पुन

प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०७५

काठमाडौं।ऊर्जा,सिंचाई तथा जलश्रोतमन्त्री वर्षमान पुनले १० बर्षभित्र ५ हजार मेगावाट विजली क्षेत्रीय बजारमा निर्यात गर्ने बताएका छन् ।

देशको आर्थिक विकाशको मेरुदण्ड नै ऊर्जा भएको उल्लेख गर्दै मन्त्री पुनले ३ वर्षमा ३ हजार, ५ बर्षमा ५ हजार र १० बर्षमा १५ हजार मेगावाट विजुली निकालेर नेपालले ५ हजार मेगावाट विजुली बेच्ने बताएका हुन् ।

ऊर्जा क्षेत्रको पुनसंरचना नगरिकन सरकारले लिएका यस्ता लक्ष पुरा नहुने बताउदै उनले भने, ‘ऊर्जा क्षेत्रको पुनरसंरचनाका लागि हामी प्रवेश गरिसकेका छौं, यसले लामो यात्रा तय गर्नुपर्ने छ, कानुन बनाउने देखि प्रदेशहरुसँग समन्वय गरेर अघि बढिरहेका छौं ।

नेपालीे ऊर्जाको रणनैनिक नीतिका विषयमा काठमाडौंमा सुरु भएको २ दिने अन्तरक्रियामा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री पुनले पानीको प्रचुर संभावनालाई सदुपयोग गर्दै देशले दुई अकंको आर्थिक बृद्धि गर्ने लक्ष लिएको बताए ।

विद्युत नियमन आयोग निमार्ण ऐन बनिसकेको बताउदै उनले अब छिट्टै आयोग बनेर त्यसले काम थाल्ने बताए । मन्त्री पुनले ऊर्जाको विकासका लागि जलविद्युत प्रमुख रहेपनि सौंर्य तथा वायु ऊर्जालाई पनि ऊर्जा मिश्रणको नीति अनुसार अघि बढाउने बताए ।

नेपाल सरकार, ऊर्जा मन्त्रालय र वल्र्ड बैंकको सहकार्यमा सुरु भएको सेमिनारमा नीतिगत सुधारका लागि छलफल हुन लागेको छ ।

स्वेत पत्र मार्फत ऊर्जामन्त्रालयले अघि सारेको कार्ययोजना, ऊर्जा क्षेत्रको सुधारका विश्वव्यापी अनुभव, ऊर्जा व्यापार,नेपाल विद्युत प्राधिकरणको आर्थिक क्षमता, ऊर्जा क्षेत्रमा लगानीका लागि पर्यावरणीय तथा सामाजिक चासो, संघीय नेपालमा ऊर्जा बजारको विकास, ऊर्जा सेवाको मुल्य निर्धारण र ऊर्जा क्षेत्रका सम्बन्धीत पक्षसँग रणनैनिक रुपमा छलफल गर्ने जस्ता विषयमा सेमिनारम छलफल सुरु भएको हो ।