उपराष्ट्रपति पुनले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा, राष्ट्रपति भण्डारी, पुर्व प्रधानमन्त्री प्रचण्ड,कुटनीतिक नियोगका प्रमुखहरु

प्रकाशित मिति : सोमवार, कार्तिक १९, २०७५

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार तिहार, छठ एवम् नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदान तथा जलपान समारोहको आयोजना गरेका छन् ।

 

 

बहादुर भवनस्थित कार्यालयमा आयोजना गरिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीहरु, राष्ट्रिय सभाका अध्यक्ष, कुटनीतिक नियोगका प्रमुख लगायत भिभिआइपी तथा भिआइपीहरुको सहभागि भएका छन् ।

यस अघि कार्तिक १६ गते राखेको चियापान सोही दिन काँग्रेसको समेत चियापान परे पछि मिति परिवर्तन गर्दै २०७५ कात्तिक १९ गते आयोजना गरेको हो ।