बामपन्थी सरकारको लोकप्रियताका आधारहरु 

प्रेमलकुमार खनाल प्रकाशित मिति : आइतवार, कार्तिक १८, २०७५

प्रेमल कुमार खनाल (केन्द्रिय सदस्य,नेपाल कम्युनिष्ट पार्टी)

 निर्वाचनका माध्यमबाट सरकारमा गएर राज्य सत्ताको नेतृत्व गर्ने र राष्ट्र र जनताको हितमा काम गर्ने कार्यनीति अख्तियार गरेका बामपन्थी पार्टीहरुले लामो अबधिसम्म सत्ताको नेतृत्व पनि गरेका छन् । यस सन्र्दभमा छिमेकी देश भारतको कम्युनिष्ट पार्टीले पश्चिम बंगाल, केरला, राज्यमा लामो अबधि सम्म निर्वाचनको माध्यमबाट सरकारको नेतृत्व गर्ने अबसर प्राप्त गरेको थियो ।
क्रान्तिको माध्यमबाट राज्य सत्ताको नेतृत्व गरेको सोभियत कम्युनिष्ट पार्टीले ७० बर्ष शासन सञ्चालन गरि समाजबादको बिजारोपण गरेको थियो । तर सत्तामा गएपछि जब पार्टी जनताबाट अलग थलग हुन थाल्थो, जब पार्टीको क्रान्तिकारी र आमुल परिवर्तनकारी लाईनबाट सरकार बिमुख बन्न थाल्थो । जब सरकारमा गएकाहरुले पार्टीस‘गको सम्बन्ध भन्दा ब्युरोक्र्रेटस र नोकरशाहहरु स‘ग बढि गठजोड गर्न थाले र समाजमा बिकसित जनताको चाहना,परिवर्तन र गतिशिलतालाई सरकारमा गएर जनचाहना अनुरुप नीति तथा कार्यक्रम लागु नगर्दा प्रतिक्रान्ति भयो। बाम सत्तारुढ दलहरु एक पछि अर्को गर्दै निर्वाचनमा पराजय हुने वा समाजबादले धक्का खानुका पछाडि पार्टी र सरकारका बिचको सम्बन्ध, तथा सरकार र जनता बिचको सम्बन्ध पातलिदै जादा बामपन्थिदलहरु सत्ताबाट बाहिरीनु परेको छ ।
मुलुकको लोकतान्त्रिक आन्दोलनमा बामपन्थी शक्तिले अनवरत रुपमा ६ दशकसम्म सहभागी हुदै संघर्ष आन्दोलनका बिभिन्न मोर्चामा नेतृत्वकारी भुमिका निर्वाह गरेको परीणाम स्वरुप नेपालमा बामगठबन्धनले दुई तिहाईको जनमतको साथ सरकारको नेतृत्व गर्ने अबसर प्राप्त गरेको छ । समकालीन बिश्व राजनीतिमा नेपालका बामपन्थीहरुले यसरी तल देखिमाथि सम्म दुई तिहाईको अभिमतका साथ निर्वाचनका बखत विजय हासिल गर्नु ऐतिहासिक परिघटना हो । निर्वाचनमा बिजय हासिल गर्नु मुख्यकार्य भएपनि अब निर्वाचनको परिणाम पछि मुख्यकार्य भनेको जनताको अभिमत र वर्तमानका चाहना र आबश्यकता अनुसार कामगर्न सक्नुनै प्रमुख बिषय हो । अब निर्बाचनमा विजय हासिल गरेको “गित”मात्रै गाएर भोलिको चुनौति र अभिभारा पुरा हुन्न र आगामी निर्वाचनमा मात्रै होईन समाजबादको ध्येय र लक्ष्य प्राप्तिकालागि अगाडि बढ््न सकिन्न ।
सरकारलाई लोकप्रिय भएर राष्ट्र र जनताका सामु रहेका अभिभारा पुरागर्न हरहमेशा पार्टीले निर्देशित गर्नु पर्दछ । पार्टीले आफ्ना घोषित लक्ष्य, उद्देश्य,मुल्य, मान्यता,अनुरुप सरकारलाई संचालन गर्न नेतृत्वकारी भुमिका निर्बाह गर्नु पर्दछ । सरकारका मन्त्रिहरु तथा राजनैतिक नियुक्ति पाएका ब्यक्तिहरुले गर्ने हरेक कामको अन्तिम जवाफदेहिता पार्टिको रहने भएको हुदा पार्टीले सरकारलाई नीति निर्देशन दिनुका साथै सरकारका कामको अनुगमन र मुल्याङकन निरन्तर रुपमा गर्नु पर्दछ सरकारले गरेका सबै निर्णय सबै ठिक नहुन पनि सक्छन्। यस्तो स्थितिमा गरिएका निर्णयहरु सच्चाउन बा सुधार गर्न पनि पार्टीले सरकारलाई निर्देशीत गर्नुपर्दछ ।
यतिखेर मुलुकमा आर्थिक– सामाजिक रुपान्तरण गरेर समृद्व राष्ट्र निर्माण गर्दै समाजबादको दिशामा मुलुकलाई अगाडि बढाउनुपर्ने ऐतिहासिक दायित्व बामपन्थी शक्तीहरुको कांधमा आएको छ । नवउदारबादी अर्थनीतिले मुलुकको आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रमा पारेको दुष्प्रभाबबाट मुक्त गरेर स्बाधिन,आत्मर्निभर अर्थतन्त्रको निमार्ण गर्नु, राष्ट्रिय बचत बृद्वि गरेर राष्ट्रिय पु‘जीनिर्माण गदै उत्पादन र रोजगारी बृद्वि गर्नु, अनुत्पादक दलालप‘ुजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीतीकार्यक्रम अबलम्बन गर्नु,शिक्षा,स्बास्थ्य,आबास, खाधान्न,खानेपानी यातायातको सेवा र सुबिधामा सार्वजनिक स्बामीत्ब कायम गराउदै सर्बसुलभ सेबा जनतालाई प्रदान गर्नु बाम सरकारका सामु रहेका अभिभारा हुन ।तसर्थ आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजबादको दिशामा अगाडी बढाउन कम्युनिष्ट पार्टीका हरेक नेता कार्यकर्ता यतिखेर गंभिर र सचेत बन्नु पर्ने भएको छ । यसका लागी पार्टी कमिटी भित्र ब्यापक छलफल हुन जरुरी छ। तर पार्टी कमिटीका बैठकहरु नियमित आयोजना भएनन भने बिचार चिन्तनको बिषय ओमmेलमा पर्दछ। बिचार,बहस,छलफल बिनाको माथीबाट निर्देश गरिएका बिषय लागू हुन र सफलता प्राप्त गर्न कठीनाई हुन्छ।
तसर्थ माथी देखी तल सम्मका कमीटीहरुमै छलफल गरि जनताको जीवीका र जीबनस्तर अभिबृद्वि गर्ने ठोस योजना बनाई सरकार मार्फत लागु गर्न पार्टी कमिटीहरुको महत्बपुर्ण भुमिका रहनु पर्दछ ।। पार्टी भित्र नेतृत्व चयनगर्दा गुटका आधारमा होईन उत्कृष्ठ कार्य सम्पादन गर्ने ब्यक्तिहरु मध्ये योग्य ब्यक्तिलाई छनौट गर्ने बिधि पद्दतीको बिकास गर्नु पर्दछ ।
पार्टी संचालन र सरकार संचालन दुई भिन्ना भिन्नै कार्य हुन । एकै ब्यक्तिले दुबै तिरको मोर्चा सम्हाल्न संभब पनि हुदैन र उत्कृष्ठ कार्यसम्पादन पनि हुदैन । अतः पार्टीको कार्यकारी पदमा रहने ब्यक्ति र सरकार संचालनमा जाने ब्यक्ति भिन्ना भिन्नै हुनु पर्दछ ।पार्टी भित्र शक्तिपृथकीकरण नियन्त्रण र सन्तुलन कायम गर्न पनि एक ब्यक्ति एक जिम्मेबारीको नीतिलाई प्रभाबकारी रुपमा लागु गर्नु पर्दछ ।
कम्युनिष्ट पार्टी सत्तारुढ भएपछि वर्ग संघर्षको रुपलाई मुलत ः संसद र सरकारबाट संचालन गनु पर्दछ । जनसंगठन र स्थानीय पार्टीहरुलाई आफ्नो– आफ्नो समुदाय र क्षेत्रका जनताका सरोकारका बिषयमा माग अगाडी सार्ने र आबश्यकता अनुसार जनसंर्घष र जनपरिचालनको अगुबाई गर्ने संगठनको रुपमा बिकास गर्नु पर्दछ । सरकारले जनसंगठनहरुले अगाडी सारेका जनसरोकारका माग र समस्यालाई नीति,कार्यक्रम मार्पmत सम्बोधन गर्न ध्यान दिनु पर्दछ । सरकार र समुदायका जनसंगठन बीच छलफल र संम्बाद नियमीत हुनु पर्दछ । सरकारले हर हमेसा जनसंगठन र समुदायका मागको सुनुवाई गर्न र समाधान गर्न तत्परता देखाउनु पर्दछ । स्थानीय पार्टी कमिटीह्रुले सरकारका नीति कार्यक्रमलाई प्रभाबकारी रुपमा कार्वान्वयन गर्न जनपरिचालन गर्ने अभियान संचालन गर्नु पर्दछ ।
कम्युनिष्ट पार्टीका सामु केबल निर्बाचन लड््ने र सरकार बनाउने मात्रै कार्य होईन सिंगो पार्टी पंक्तीमा बिचारधारात्मक कामलाई योजनाबद्द र सघन रुपमा अगाडी बढाएर सिंगो पार्टी प‘क्तीलाई माक्र्सबादीकरण र क्रान्तीकारीकरण गर्ने र यसैको जगमा समाजलाई पनि माक्र्सबादीकरण र क्रान्तीकारीकरण गर्ने अभीभारा रह्ेको छ । लाखौ लाख मानिस माक्र्सबादी चेतनाबाट लैस हुन सक्दा मात्र पार्टीका सामु बिराट संगठित शक्ति स्थापीत हुन्छ । यसरी संगठित र गोलबन्द भएको संगठित शक्तिबाट नै क्रान्तिलाई अगाडी बढाउन संभब हुन्छ तर पार्टी सत्तारुढ भएपछि बिचारधारात्मक काम भन्दा पार्टीका नेता कार्यकर्ताहरु बिकासका “फायल” बोकेर डेलिगेसन हिड््ने संस्कृितले बिचारधारात्मक काम ओझलमा पर्ने देखिएको छ । यस किसिमको संस्कृतिको अन्त्य गरी बिचारधारात्मक कामको योजना बनाई सघन ढंगले कार्वान्वयन गर्न ध्यान दिनु पर्दछ । पार्टी भित्र बिचारधारात्मक काम अन्तरगत अब मुलुकमा आर्थिक सामाजिक रुपान्तरण गरेर समाजबाद तर्फ जाने लक्ष्य लिएको पार्टी सामु आर्थिक सामाजिक रुपान्तरण के हो ? यो कसरी गरीन्छ ? समाजबादको आधार कसरी निर्माण हुन्छ ? नेपाली मोडलको समाजबाद कस्तो हुन्छ ? भनेर छलफल बहस गर्न आबश्यक हुन्छ ।
पार्टी र सरकार बीचको सम्बन्धलाई ब्यबस्थीत गर्न पार्टीको नेतृत्वदायी ब्यक्तीहरु सम्मिलित उच्च स्तरीय संयन्त्र माथि देखी तलसम्म निर्माण गर्नु पर्दछ । सरकारबाट अबलम्बन गर्नुपर्ने नीतिकार्यक्रमका बारेमा पार्टीको सम्बन्धीत तहमा छलफल परामर्श गर्ने गराउने ब्यबस्था गर्नु पर्दछ । यसैगरी सरकारी निकायमा गरीने राजनितीक नियुक्तीहरुको सम्बन्धमा पार्टी भित्र निर्णय गरी नियुक्ती गर्ने र यसरी नियुक्ति पाएकाहरुलाई पार्टीप्रति जबाफदेही बनाउने ब्यबस्था गर्नु पर्दछ