पीपीएल : चितवनले पायो फाइनल प्रवेशका लागि ९५ रनको लक्ष्य

प्रकाशित मिति : आइतवार, कार्तिक १८, २०७५

पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल प्रवेशको लागि चितवन राइनोजले ९५ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं रोयल्स १९ ओभर ३ बलमा ९४ रनमा समेटिएपछि चितवनले सामान्य लक्ष्य पाएको हो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३० रन जोडे । जय किशन कोल्शावालाले २५ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्न चितवनका लागि सन्नी पटेलले ३ विकेट लिए । यस्तै स्मित पटेल र भुवन कार्कीले २/२ विकेट लिए ।