एसियाकै पहिलो महिला टेम्पु चालक सम्मानित

प्रकाशित मिति : आइतवार, कार्तिक १८, २०७५

अखिल नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार तथा धादिङ्ग क्षेत्र नं. २(२)बाट निर्वाचित प्रदेश सभा सदस्य जगत सिंखडाले एसियाकै पहिलो महिला टेम्पु चालक लक्ष्मी शर्मालाई धादिङ्गमा एक कार्यक्रमका वीच सम्मान गर्नुभएको छ ।
अमेरिकामा प्लेन बनाएर चर्चामा आएका नेपाली युवा प्रमोद रेग्मीलाई २०७२ सालको बैंशाख १२ गतेको भुकम्प पछि रुभिभ्याली गाउँ पालिका लापाबाट विस्थापितहरुको लागि ज्वालामुखी गाउँ पालिका ४ ढोलामा समाजसेवी दिनेश तामाङ्गको नेतृत्वमा ढोला एकीकृत बस्ति निर्मण भएको थियो । उक्त बस्तिमा रेग्मीलाई सम्मान गर्न गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य द्वय जगत सिंखडा र रामकुमार अधिकारीले एसियाकै पहिलो महिला टेम्पु चालक लक्ष्मी शर्मालाई पनि सम्मान गर्नूभएको थियो ।
कार्यक्रममा धादिङका प्रदेश सांसद जगत सिंखडाले एकीकृत बस्तीमा युवाहरुलाई खेल सामग्री हस्तान्तरण गर्नुका साथै सडक दुर्घटनामा निधन भएकी उनकी पत्नि लक्ष्मि सिंखडाको नाममा उक्त बस्तिमा बृक्षरोपणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरे ।
सांसद सिंखडाले आफूलाई एकीकृत बस्तीका जनताले भोट दिएर सांसद बनाएको र आफूले पाएको जिम्मेवारी अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।
उनले अहिले युवा पंतिमा राजनीतिदेखि वितृष्ण पैदा भएकाले राजनीतिक संस्कारमा सुद्धता ल्याउन सके राजनीतिमा फेरी चासो बढ्न सक्ने बताए ।
त्यस्तै अर्का प्रदेश सांसद डा। राम कुमार अधिकारीले आफू बस्ती आउन धुलाम्मे सडक भएर आएको र आगामी आर्थिक वर्ष भित्र उक्त वस्ती आउने सडक स्तरोन्नती गर्ने बताए ।
उनले एकीकृत बस्ती निर्माणका लागि सहयोग गर्ने सेतो गुम्बा, चाईल्ड हेभन ईन्टरनेश्नल, क्यानडा नेपाल लगायत संस्थालाई धन्यवाद दिए ।
कार्यक्रममा सम्मानित हुने एसियाको पहिलो महिला टेम्पो चालक लक्ष्मि शर्माले उक्त बस्तीमा कम्पोस्ट मल बनाउन भन्दै ९० हजार ५ सय ५० रुपैयाँ हस्तान्तरण गरेकी थिइन् ।
यता नेपालकै पहिलो इ पाइलट प्रमोद रेग्मीले आफूले एकीकृत बस्तीमा आयआर्जन कार्यक्रमका लागि सहयोग कोष सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
सम्मान कार्यक्रममा रेग्मीले आफूले अनुभव समेत राखेका थिए । उनले एकीकृत बस्ती निर्माणका अभियान्ता तथा नागरिक वर्ष नायक दिनेश तामाङले आफूले भन्दा कयौँ गुणा महान कार्य गरेको भन्दै प्रसंसा गरे । ‘मैले त मेरो लागि हवाई जहाज बनाएँ । तर, दिनेशजीले सयौँ विस्तापितहरुका लागि एकल प्रयासमा यत्तिका बस्ती बनाउनु भयो,’ प्रमोदले भने,‘उहाँ महान हुनुहुन्छ । उहाँले राज्यको झन्जटिलो मापदण्डलाई पनि छिचोल्दै बस्ती बसाल्न सक्नु भएको छ । मैले रकेट नै बनाएर चन्द्रमाको दुई फन्को लगाएर आएपनि दिनेश तामाङको तुलनामा केही होइन । त्यसकारण मैले दिनेश तामाङलाई मानेको छु ।’