कम्युनिष्ट सरकारले दियो जेष्ठ नागरिकहरुलाई अहिले सम्म कसैले दिन नसकेको खुसीको खबर

प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५

सरकारले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिदिने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आव ०७५र०७६ को बजेट संसदमा पेश गर्दै ७० कटेका नागरिकको १ लाखसम्मको स्वास्थ्य बीमा सरकारले वेहोर्ने घोषणा गरे।

त्यस्तै उनले सातै प्रदेशमा एउटारएउटा वृद्धाश्रम बनाउने घोषणा पनि गरेका छन्।

‘प्रत्येक प्रदेशमा एक जेष्ठ नागरिक आरोग्य आश्रम स्थापना गरिनेछ। ७० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई १ लाख सम्मको स्वास्थ्य विमा गरिदिइने छ,’ अर्थमन्त्री खतिवडाले भने।

उनको पार्टीले आफ्नो चुनावी घोषणापत्रमा वृद्ध भत्ता बढाएर ५ हजार पुर्‍याउने भनेको थियो।