दुईवटा धिमाल मोर्चावीच ५१ सदसीय एकता अधिवेशन आयोजक समिति गठन

प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५

मोरङ, यही मिति २०७५ साल कात्तिक १६ गते शुक्रबारका दिन मोरङ उर्लाबारी मंगलबारेमा धिमाल मुक्ति मोर्चा नेपाल र नेपाल लोकतान्त्रिक धिमाल संघ बीच सम्पन्न एकता भेलाले पर्तमान धिमालको अध्यक्षतामा ५१ जना केन्द्रीय समिति र ११ जना सचिवालय सदस्यसहितको अधिबेशन आयोजक समिति गठन गरको छ ।
सभापति पर्तमान धिमाल हुनुहुन्थ्यो भने प्रमुख अतिथि नेकपाका प्रदेश न।१ का ईन्चार्ज भिम आचार्य, विषेश अतिथि प्रदेश १ सहईन्चार्ज सावित्रीकुमार काफ्ले,विशिष्ट अतिथि प्रदेश १ गृहमन्त्री हिक्मत कार्की, अतिथि १ प्रदेश प्रतिनिधि सासंद घनश्याम खतिवडा, अतिथि प्रदेश १का सासंद कुलप्रसाद साँवा हुनुहुन्थ्यो भने नेकपा का केन्द्रीय सदस्यहरु, सल्लाहकार र अगुवा नेताहरु ,कलाकार,पत्रकारहरु, सुरक्षा निकायहरुको उपस्थिति पनि रहेको खगेन्द्र धिमालले कम्युनिष्ट अनलाईनलाई बताएका छन् ।