काँग्रेसको चियापानमा प्रचण्डको भनाई प्रति देउवाले फर्काए यस्तो जवाफ

प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५

काठमाडाैं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता र मेलमिलाप आजको आवश्यकता भएको बताएका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चियापानले आपसी एकता र सदभाव बढाउने बताउँदै एकता र मेलमिलाप आज पनि उत्तिक्कै आवश्यक रहेको बताए । उनले भने, ‘चियापानको सुरुवात विगतमा वीपी कोइरालाले गरेका हुन् । यो त्यसैको निरन्तरता हो । यसले आपसी सदभाव र एकता ल्याउन मद्दत गर्छ । एकता र मेलमिलाप आज पनि आवश्यक छ ।’

अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिक परिवर्तन पनि पार्टीहरुबीचको एकताले मात्र सम्भव भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक स्थिरताका लागि कांग्रेससँगै मिलेर शान्ति प्रक्रिया सम्भव भयो । अब सबै मिलेरै संविधानको कार्यान्वयन गर्नुपर्छ, त्यसपछि मुलुकमा समृद्धि आउँछ ।’

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान विगतदेखिको परम्परा भएको बताउँदै यसले वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिलाई सहयोग गर्ने बताए । उनले मुलुकमा अहिले पनि मेलमिलापको नीति आवश्यक रहेको बताउँदै यसले आपसी सदभाव बढाउने बताए । देउवाले प्रचण्डको प्रस्तावको जवाफ दिँदै भने, ‘सहमति र सहकार्य त सत्‍ता पक्षले चाहे मात्र हुन्छ ।