क्रान्तिकारी स्वच्छन्दतावादी कवि देवकोटा (दोस्रो खण्ड) -निनु चापागाईं

साहित्य

प्रकाशित मिति : शुक्रबार, कार्तिक १६, २०७५

दोस्रो खण्ड
११. क्रान्तिकारी स्वच्छन्दतावादको विशिष्टता
स्वच्छन्दतावादभित्र पाइने आन्तरिक भिन्नतालाई ध्यान दिँदा हामीले प्रथमतः क्रान्तिकारी स्वच्छन्दतावादीहरूका कृतिमा व्याप्त स्वतन्त्रताका लागि भर्भराउँदो आवेगलाई अलग्ग्याउनुपर्दछ । अतर्कबुद्धिवादी तत्वको चित्रणमा आप््mनो सर्वाधिक ध्यान दिने निष्क्रिय स्वच्छन्दतावादीहरूका विपरीत सक्रिय स्वच्छन्दतावादीहरूले दैनिक जीवन र साधारण जीवनका विरुद्ध आप््mनो कला निर्माण गर्दै सन १७८९ को फ्रान्सेली क्रान्तिपछि निर्मित समाजको जीवनको असङ््गतिको गहन चित्रण प्रस्तुत गरेका छन । सामाजिक जीवनका विरुद्ध ‘सामाजिक’ स्वच्छन्दतावादीहरूको उत्कट विरोध यसको भावनाविरोधी गुणबाट जन्मिएको थियो । उनीहरूले व्यक्तिमाथिका नयाँ अवरोधकहरूका विरुद्ध र अनियन्त्रित धनलिप्सा र लालसाबाट मानिसमा आएको सतहीपनका विरुद्ध विद्रोह गरेका थिए । परिणाममा यस विद्रोहले उनीहरूलाई भव्य एवम अविस्मरणीय मानवीय पात्रहरू चित्रण गर्न उत्प्रेरित ग¥यो र स्वच्छन्दतावादी लेखकहरूले जीवन्त चरित्रहरू वा साहसद्वारा यथार्थलाई चुनौती दिने दरिलो भावना भएका वा मानवअस्तित्वका चिरन्तन रहस्यहरूको अर्थ लगाउने प्रयत्नमा सन्देहको भुमरीमा फस्ने पात्रहरू सृजना गरे । क्रान्तिकारी स्वच्छन्दतावादीहरूका लागि व्यक्तिको आत्मिक र सामाजिक उत्पीडन समग्र जनताहरू र राष्ट्रहरू जुन उत्पीडनबाट निर्बल बनेका हुन्छन्् त्यही उत्पीडनसित एकाकार भएर गाँसिएको हुन्छ । उनीहरू व्यक्तिको स्वतन्त्रतालाई र आप््mनै तथा अन्य राष्ट्र दुवैको स्वतन्त्र र निर्बाध विकासलाई पारस्परिक रूपले एकअर्कासित आश्रित कुराका रूपमा हेर्दथे । व्यक्तिको आत्मिक र सामाजिक मुक्तिका सन्देशवाहक स्वच्छन्दतावादीहरू राष्ट्रिय मुक्ति र राष्ट्रिय प्रतिरोध सङ््घर्षका गायक थिए । उनीहरू समकालिक विश्वको अपकर्षका विरुद्ध उभिनसक्ने सामथ्र्यको खोजी जनजीवन र जनभावनाको गहिराइमा खोज्दथे । सामाजिक समानता र काल्पनिक समाजवादका विचारहरूले थुप्रै क्रान्तिकारी स्वच्छन्दतावादीहरू शेली, हयुगो, जर्ज स्यान्ड र हाइने आदिका रचनाहरूमा अभिव्यक्ति पाएका छन्् (ख्राप्चेन्कोः१९७७ः३१२) । स्वच्छन्दतावादी साहित्यको महान गुण यसले गरेको मानिसको आन्तरिक जीवनको गहन उदघाटनमा रहेको छ । शास्त्रीयतावादीहरू र अत्यधिक मात्रामा प्रबोधनकालीन यथार्थवादीहरूका विपरीत स्वच्छन्दतावादीहरू भावनाहरू तथा मानिसमाथिको तिनको पकडलाई पृथकीकृत रूपमा होइन, बरु आन्तरिक रूपले जेलिएका प्रायः अतिशय अन्तर्विरोधी तरिकाले, विविध मानवीय भावनाहरू र तिनको अस्थिरतालाई चित्रण गर्दछन्् । बन्धनको स्थितिमा व्यक्तिको चित्रण गर्दा र व्यक्तिको सर्वाधिक उच्च आत्मिक अभिव्यञ्जनामा स्वच्छन्दतावादीहरू मानवीय मनोविज्ञानका जटिलताहरूप्रति सजग थिए र निपुणताका साथ अभिव्यक्त गर्न सक्षम थिए । यो जटिलता तात्कालिक जीवनमा प्रकट भएका नयाँ सङ््घटना र नयाँ समस्याहरूलाई अभिव्यक्त गर्न प्रशंसनीय रूपले उपयुक्त थिए । आफना रचनामा अतर्कबुद्धिवादी तत्वलाई मूर्त रूप दिने, दैनिक जीवनलाई वर्णन गर्न अस्वीकार गर्ने स्वच्छन्दतावादीहरू समेत यथार्थको चित्रण गर्दथे, साधारण जीवनका दृश्यको चित्रणभन्दा बढी उनीहरू आप््mना नायकहरूको मनोविज्ञानको चित्रण बढी गर्दथे ( ख्राप्चेन्कोः१९७७ः३१३) ।
वर्तमानप्रति तीव्र असन्तुष्टि, समाजका अन्तर्विरोधहरूको बोध, व्यापक जनसमुदायको जीवनप्रति अभिरुचि प्रकट गर्दै तिनको भविष्यका बारेमा सरोकार, भविष्यतिर हेर्ने संवेगपूर्ण प्रयत्न, सामाजिक जीवन र मानिसको स्वभावमा आमूल परिवर्तनप्रति दृढ विश्वास क्रान्तिकारी स्वच्छन्दतावादका विशेषता हुन्् । ..यथार्थवाद र स्वच्छन्दतावाद दुवैको आदर्श निश्चय नै ऐतिहासिक रूपबाट शर्तबद्ध हुन्छन्् । तथापि क्रान्तिकारी स्वच्छन्दतावादी आदर्श भर्खर भर्खर देखा पर्न थालेको सामाजिक विकासको प्रवृत्तिलाई अभिव्यक्त गर्ने क्रममा एउटा निश्चित मात्रामा प्राक्काल्पनिक प्रकृतिको हुन्छ । यो आदर्श त्यस्तो वाञ्छनीय तत्वको अभिव्यक्ति हो, जुन वैज्ञानिक आधारमा पुष्टि गरिन बाँकी छ । क्रान्तिकारी स्वच्छन्दतावादी लेखनमा यो आदर्श र वर्तमानका बीचको असमानता अत्यन्त विष्मयकारी रूपमा व्यक्त हुन्छ र तत्काल अधिकांश जनतालाई भ्रमपूर्ण लाग्दछ । यो आदर्श अस्पष्ट हुन्छ किनभने यसले एकदमै कम ऐतिहासिक विवरण दिन्छ । यसका धेरै कुराहरू अनुमान र अन्तप्र्रज्ञामा आधारित हुन्छन र अनुभवजन्य दृष्टिको ठाउँ जीवनलाई परिवर्तन गर्ने आहवानको संवेगात्मक कार्यकलापले लिएको हुन्छ । वास्तविक जीवनसित निकटस्थ रहेका ठोस सङ््घटनालाई चित्रण गरी आप््mनो आदर्शलाई पाठकसामु राख्न क्रान्तिकारी स्वच्छन्दतावादी रचनाकार असमर्थ हुन्छ । जतिसुकै प्रतिभाशाली भए पनि क्रान्तिकारी स्वच्छन्दतावादी लेखकले यथार्थवादी रचनाकारसरह यथार्थको ठोस र पारिस्थितिक चित्रण गर्न सक्तै सक्तैन । उसको विशेषता भनेकै आप््mनो प्रचण्ड विश्वास, शक्तिशाली स्वभाव, अत्युच्च संवेगात्मकता र सौन्दर्यात्मक तीव्रतासहित आफना मूल्यमान्यता एवम्् प्रत्यक्ष वैयक्तिक मूल्याड्ढनबाट ठोस वास्तविक प्रमाणको शक्तिलाई क्षतिपूर्ति गर्नु हो । सारांशमा, विभिन्न सम्बन्ध र सम्पर्कसूत्रहरू कार्यकारण सम्बन्धबाट एकअर्कासँग गाँसिएको समग्र सम्बन्धित सम्पूर्णको रूपमा यथार्थको अनुसन्धान गर्ने यथार्थवादका विपरीत क्रान्तिकारी स्वच्छन्दतावाद स्थूल रूपमा रचनाकारको वैयक्तिकतालाई अतिरञ्जित रूपबाट महत्व दिन्छ र रचनाकारलाई वस्तुगत संसारबाट अलग्ग्याएर उसको आन्तरिक विश्वासलाई सर्वव्यापकता प्रदान गर्दछ । यथार्थवादले पनि क्रान्तिकारी स्वच्छन्दतावादले झैं जीवनको एउटा पक्षलाई समग्रबाट अलग्ग्याएर कहिलेकाहीँ चित्रण गर्ने कार्य अवश्य नै गर्दछ । तर यस्तो पक्ष सामाजिक विकास वा सामाजिक प्रवृत्तिको प्रभुत्वशाली वा प्रभुत्वशाली बन्दै गइरहेको वा जीवनका अन्य पक्षहरू यसको अधीनस्थ भैरहेको कारणले मात्र यथार्थवादले यो कार्य गर्दछ । क्रान्तिकारी स्वच्छन्दतावादले चाहिँ प्रभुत्वशाली होइन, कुनै विशिष्ट महत्व राख्ने यथार्थको एउटा पाटो वा मानवचेतनालाई अतिरञ्जित रूपबाट सार्वभौम बनाउने कार्य गर्दछ (चापागाईंः२०६४ः१७७–१७८) । विकासमान ‘मुक्त’ पुँजीवादी व्यवस्थाको अन्तर्विरोधलाई उद््घाटित गर्न पनि स्वच्छन्दतावाद असमर्थ रहयो । जीवनका नयाँ विशेषताहरू, जसले बुर्जुआ समाजको नाड्डो अमानवीय प्रकृतिलाई आधार दिएका हुन्् तिनको अन्वेषण हुनु र तिनलाई बोध गराइनु आवश्यक थियो । स्वच्छन्दतावादीहरूका दृष्टिमा बुर्जुआ विकासको प्रक्रिया अतर्कबुद्धिपरक थियो, बुझ्न असम्भव नभए पनि अत्यन्त कठिन थियो । अनुदार स्वच्छन्दतावादीहरूले कि अल्फ्रेड डे भिग्नीको झैं जीवन र नयाँ समाजको अस्वीकारको सहनशीलताको स्थिति अपनाए कि त अर्मिन, सौथी आदिले झैं सामन्ती प्रतिक्रियावादको खुला समर्थन गरे । लामार्टाइनजस्ता स्वच्छन्दतावादीहरूले बुर्जुआ उदारतावादको भ्रमलाई विश्वास गरे, यद्यपि तिनले बुर्जुआ प्रगतिका बढी नै नकारात्मक पक्षको विरोध गरे, उनीहरूको मत के थियो भने नयाँ समाजव्यवस्थामा गौण निश्चित सुधारको आवश्यकता छ । हेनरिख हाइने, फ्रेलिग्राथ, मोरेउ, बार्बिए, लेनाउ, चार्टिस्ट आन्दोलनका श्रमजीवी कविहरू जस्ता सन् १८४८ को क्रान्तिबाट आएका, कमबेसी सर्वहारावर्गीय र लोकतान्त्रिक क्रान्तिकारी आन्दोलनसित जोडिएका क्रान्तिकारी स्वच्छन्दतावादीहरूले मात्र बुर्जुआ समाजको पूर्ण, अखण्डित चित्र नदिए तापनि पँुजीवादी प्रगतिका अन्तर्विरोधहरूलाई अभिव्यक्त गरे । आलोचनात्मक यथार्थवादीहरू मात्र समग्र रूपमा सामाजिक विकासका अन्तर्विरोधहरूलाई देख्न, बोध गर्न र बुर्जुआ चेतना र सामाजिक व्यवस्थाका मुख्य विशिष्ट लक्षणहरू प्रस्तुत गर्न सक्षम भए (सुखोभः१९७३ः१०२–१०३) समाजवादी यथार्थवादको उदय हुनुभन्दा अघिको कुरो थियो यो ।
स्वच्छन्दतावादीहरू र आलोचनात्मक यथार्थवादीहरूका बीचको भिन्नतालाई फ्रान्सेली लेखिका जर्ज स्यान्डले अति प्रस्टसित परिभाषित गरेकी छन्् । उनले लेखेकी छन् ः ‘कहिलेदेखि उपन्यास जीवन जस्तो छ त्यसको साधारण चित्र, क्रूर र निष्ठूर यथार्थको चित्र बन्न पुग्यो ?…म राम्ररी नै जान्दछु यस्तो चित्र वास्तविक रूपमै सम्भव छ र म ह््युम्यान कमेडी हामीलाई दिने बाल्जाकको प्रतिभालाई शिर झुकाएर अभिवादन गर्दछु । तर उनी र म दुइ पूर्णतया फरक दृष्टिकोणबाट विषयलाई हेर्दछौं । मैले बाल्जाकलाई के भनें भने ‘तिमी मानिसलाई जस्तो देख्तछौ त्यस्तै चित्रण गर्ने आकाङ््क्षा राख्तछौ र त्यसो गर्न सक्षम पनि छौ, तर म भने व्यक्तिलाई जस्तो हुनुपर्छ भन्ने मलाई लाग्दछ, त्यसअनुरूप र मेरो दृष्टिकोणमा ऊ जस्तो हुनुपर्ने हो त्यस्तै चित्रण गर्दछु.’ (ख्राप्चेन्कोः१९७७ः६४–६५) । बाल्जाकले चाहिँ जीवनमा अवलोकन गरिन आवश्यक सामाजिक सङ््घटनाको सामूहिक प्रभावको उपेक्षा गरेकोमा स्वच्छन्दतावादीहरूको आलोचना गरेका छन्् (सुखोभः१९७३ः८४) ।

१२. देवकोटालाई देवकोटा बनाउने परिस्थिति
देवकोटाले कविता रचना गर्न लागेको युग परिवर्तनका प्रक्रियाबाट अघि बढ््दै गरेको र नेपाली जनताको आन्तरिक विरोधले विस्फोटनको रूप लिन लागेकोे युग थियो । निरङ््कुश सामन्ती शोषण पराकाष्ठामा पुगेको जहानियाँ शासनको युग थियो त्यो । आर्थिक–सामाजिक, राजनीतिक, सांस्कृतिक सबै क्षेत्रमा घोर दमनको अवधि थियो त्यो । अभिव्यक्तिस्वतन्त्रताको अभावका कारण जनताहरू आप््mना भावनाहरूलाई न व्यक्त गर्न पाउ“थे न त त्यसलाई सङ््गठित रूप नै दिन सक्तथे । छिमेकी देश भारतमा शिक्षा आर्जन गर्न गएका युवाहरू स्वराजका लागि लडिरहेका भारतीयहरूको सम्पर्क र प्रभावबाट नेपालमा पनि प्रजातन्त्र ल्याउने चेतना लिएर भित्रिएलान्् कि भन्ने त्रासबाट आतङ््कित राणाशासकहरूले जनस्तरमा शिक्षा साह्रै कम मात्र पुगोस्् भन्ने आशयले शैक्षिक प्रशासन रोलवाला राणाकै मातहतमा राखेर शैक्षिक संस्था खोल्ने र त्यसमा निगरानी र नियन्त्रण राख्ने नीति अवलम्बन गरेका थिए । तर पनि शासकवर्गको अत्याचार र निरङ््कुशताका विरुद्ध सामाजिक एवम धार्मिक प्रकृतिका स्वतःस्फूर्त सङ््घर्ष लक्ष्मीप्रसाद देवकोटाको जन्म (१९६६) हुनुभन्दा अघिदेखि नै प्रारम्भ भैसकेका थिए । शिक्षा, बन्द–व्यापार, एवम्् अन्य काम र व्यवसायका लागि भारतका विभिन्न शहरमा जाने–आउने क्रममा सचेत भएका नेपाली नागरिकहरू र दुइ दुइवटा विश्वयुद्धमा भाग लिएर फर्केका ‘गोरखाली’ सैनिकहरूको माध्यमबाट बढेको राजनीतिक चेतनाले जनतामा भित्रभित्रै गुम्सिरहेको राणाविरोधी भावनाले भूमिगत रूपमै भए पनि सङ््गठित हुने प्रयास देवकोटा युवा अवस्थामा पुग्दादेखि गर्न थालेको थियो । भारतीय स्वराज आन्दोलन र अंशतः बोल्सेभिक क्रान्तिबाट प्रभावित व्यक्तिहरू र भीम शमसेरबाट अपमानित केही राणाहरूद्वारा हिंसात्मक आन्दोलनले राणाशासनलाई पल्टाई वैधानिक शासन खडा गर्ने उद्देश्यले गठित ‘प्रचण्ड गोरखा’ (१९८७), देशको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सुधारका लागि गठित ‘नेपाल नागरिक सुधार समिति’ (१९९०), राणाशासनलाई समूल नष्ट गरी गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ गठन भएको ‘रक्तपात कमिटी’ (१९९३) र राणाशासन अन्त गरी संवैधानिक राजतन्त्रको स्थापना र प्रजातन्त्र बहाली गर्ने उद्देश्य लिएर गठन भएको ‘नेपाल प्रजा परिषद’ (१९९३) र तिनका गतिविधिहरू यसैका प्रमाण्( थिए । ‘नेपाल प्रजा परिषदका राजनीतिक क्रियाकलाप र त्यसका विरुद्ध राणाहरूद्वारा सञ्चालित ‘सहिद पर्व’ यसको चरम रूप थियो । नेपाली जनताले चाहेको स्वतन्त्रता, समानता, सामाजिक न्याय र स्वाभिमानको लडाइँ प्रजा परिषद््को दमनले रोकिने कुरा थिएन र रोकिएन । नेपाल प्रजा परिषद््कै उद्देश्यलाई निरन्तरता दिने अभिप्रायले ‘नेपाल प्रजातन्त्र संघ’ (१९९८), ‘नेपाली राष्ट्रिय कांग्रेस’(२००३) ‘नेपाल पंचायत’ (२००५) र ‘नेपाली कांग्रेस’ (२००६) जस्ता राजनीतिक सङ््गठनहरू एकपछि अर्काे क्रियाशील हुन थाले । यही पृष्ठभूमिमा नेपालमा सङ््गठित मजदुर आन्दोलन (२००४) विकसित हुँदै गयो र प्रजा परिषद््को उद्देश्यभन्दा भिन्न रक्तपात कमिटीले उठान गरेको समाजवादी गणतन्त्र र साम्यवादी चिन्तनअनुरूपको समाजव्यवस्था स्थापना गर्ने धारणालाई निरन्तरता दिन ‘नेपाल कम्युनिस्ट पार्टी’ (२००६)को गठन भयो । यी सबैको साझा प्रयासस्वरूप वर्गीय शोषण–उत्पीडनको उन्मुक्ति, आर्थिक–सामाजिक, राजनीतिक स्वतन्त्रता तथा समानताको प्राप्ति र गाँस, वास, कपासको सुनिश्चितताको लागि नेपाली जनताहरू २००७ सालको क्रान्तिमा सहभागी बने । तर त्यो असफल भयो र त्यसबाट नेपाली जनताको चाहना पनि पूर्ति हुन सकेन ।
कवि लक्ष्मीप्रसाद आपूm बाँचेको युगका वास्तविक उत्पाद हुन्् । उनलाई नेपालको यही ऐतिहासिक विकासक्रमसँग जोडेर मात्र सही रूपले मूल्याड्ढन गर्न सकिन्छ । किनभने साहित्यकार, मूलतः कवि देवकोटाको चिन्तनको एउटा पाटो निरन्तर इतिहास एवम्् नेपाली जनताको सङ््घर्ष र चेतनाको यही विकासक्रमद्वारा अभिप्रेरित छ र निरन्तर उत्कर्षतिर विकसित हुँदै गएको छ । तर देवकोटाको अर्काे पाटो भने सधैं स्थिर, मात्रात्मक रूपबाट परिवर्तित भइरहेर पनि एउटा सीमाभित्र कैद छ । त्यो सीमालाई भत्काउने प्रयत्न गर्दागर्दै पनि देवकोटा पूर्णतया सफल हुन सकेका छैनन्् । देवकोटा मूलतः आÇनो युग र यथार्थप्रति अत्यन्त इमानदार र यही क्रममा आÇनो चिन्तनलाई पनि परिष्कृत र परिमार्जित गर्दै अघि बढेका साहित्यकार हुन्् । कविका रूपमा सार्वजनिक प्रकाशनमा आएकै वर्ष (१९९१) देखि उनले नेपालका गरीब र विपन्न जनताप्रति सहनुभूति, धनी, सम्पन्न र विलासी जीवनप्रति असन्तुष्टि र विरोध, श्रमप्रति सम्मान तथा दृढ आस्था ‘विलासको लालस दास छैन म, मीठो छ मेरो रसिलो परिश्रम’ भनेर प्रकट गर्न थालेका छन्् । आÇनो यस मूल भावनाप्रति उनी आजीवन प्रतिबद्ध एवम्् दृढ रहे । नेपाली गरीब जनताको भलाइकै निम्ति उनी राणाशासनको विरोधी बने, पूँजीवादी लोकतन्त्र र मानवतावादलाई समर्थन गर्दै यसको सक्रिय कार्यकर्ता बने र ज्ञान र अनुभवको विस्तार हँुदै गएपछि त्यसबाट नेपाली जनताको भलाइ नहुने रहेछ भन्ने निचोडमा पुगेर अनि माक्र्सवाद र समाजवादी मानवतावादमाथि आस्था व्यक्त गर्न पुगे, यसबाट मात्र नेपालका अधिकांश विपन्न जनताको भलाइ हुन्छ भन्ने अठोट उनले लिए । गरीववर्गप्रतिको सहानुभूति र सम्पन्नवर्गप्रतिको विरोधी भावनाबाट विकसित भएर माक्र्सवादी सिद्धान्तसम्म भावनाप्रवण साहित्यकार देवकोटाको अन्तर्विकास भएको छ । यस प्रक्रियालाई बुभ््mने प्रयास नगर्दा नै विकासमान कवि देवकोटाको मूल्याड्ढनमा अन्यथा हुने गरेको पाइन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका समग्र कविताकाव्यको विकासक्रमलाई मूल्याड्ढन गरेर हेर्दा उनका रचना र काललाई निम्न तीन चरणमा विभाजित गरेर हेर्नु सबभन्दा उपयुक्त देखिन्छ ः पहिलो–निष्क्रिय स्वच्छन्दतावादी चरण, दोस्रो र तेस्रो क्रान्तिकारी स्वच्छन्दतावादी चरण । वि.सं. १९९१ देखि २००३ सम्मको कालखण्ड देवकोटाको निष्क्रिय स्वच्छन्दतावादी चरण हो भने २००४ देखि २००७ सम्मको कालखण्ड पूँजीवादी मानवतावादमा आधारित क्रान्तिकारी स्वच्छन्दतावादी चरण र २००८ देखि २०१५ सालसम्मको कालखण्ड समाजवादी मानवतावादबाट प्रभावित क्रान्तिकारी स्वच्छन्दतावादी चरण हो । तर निष्क्रिय स्वच्छन्दतावादी धारा उनका पछिल्ला दुइ चरणमा पनि निरन्तर प्रवाहित रहेको छ भन्ने तथ्यलाई पनि हामीले कदापि विस्मरण गर्न सक्तैनौं (चापागाईं ः२०६४ः४७) ।

क) निष्क्रिय स्वच्छन्दतावादी चरण
देवकोटा नेपाली साहित्यमा स्वच्छन्दतावादका सूत्रधार र प्रणेता हुन्् । सर्वप्रथम उनी र सिद्धिचरण श्रेष्ठले नै यस धारालाई स्थापित गरेका हुन्् । संसारभरि नै शास्त्रीयतावाद वा अभिजात्यवादद्वारा प्रचारित निरङ््कुशतावादको जडसूत्र (म्यनmब) वा हठवादिताबाट मुक्ति पाउने प्रयत्नस्वरूप स्वच्छन्दतावादले जन्म लिने गरेको छ । अभिजात्यवादले सारभूत रूपमा नागरिक सिद्धान्त र व्यक्तिको स्वार्थभन्दा माथिल्लो तहमा राजतन्त्रलाई राख्ने काम गर्दछ र त्यसप्रतिको कर्तव्यपरायणतालाई निरपेक्षीकरण गर्ने काम गर्दछ । यही चिन्तनको विरोधमा स्वच्छन्दतावादले आकृति लिएको हो । विश्वइतिहासमा फ्रान्सेली क्रान्तिको पूर्ववेलामा निरङ््कुशतावादी नैतिकता एवम सामन्ती सत्ताको र सामन्ती समाजव्यवस्थाको राजनीतिक र नैतिक उपकरण श्रेणीबद्ध सामन्ती कर्तव्यको धारणाका विरुद्ध स्वतन्त्र मान्छेको रूपमा फ्रान्सेली दार्शनिक, समाजशास्त्री र सौन्दर्यशास्त्री ज्याँ ज्याक रूसो (१७१२–७८) ले अघि सारेका थिए । सामन्ती वर्गसम्बन्धहरू र निरङ््कुशतावादका तीक्ष्ण आलोचक, बुर्जुवा जनवाद एवम्् नागरिक स्वतन्त्रता र सबैलाई विना भेदभाव समानता प्राप्त हुनुपर्छ भनी आमूल परिवर्तनका समर्थक यिनै रूसोका कृत्रिम र अप्राकृतिक बन्धनबाट मुक्त हुन ‘प्रकृतितिर फर्क’ भन्ने नारालाई स्वच्छन्दतावादको निष्क्रिय धाराले अनुसरण गरेको पाइन्छ । निष्क्रिय स्वच्छन्दतावादी धाराको मूल विशेषता नै तर्कबुद्धिवादलाई सर्वाेपरि महत्व दिने अभिजात्यवादको विरोधमा कल्पनाशीलता, अनुभूति, संवेग–आवेग र सृजनात्मक हर्षातिरेकलाई सर्वाेपरि महत्व दिनु र प्रकृतिको रहस्यमय पूजा गर्नु, प्रेम, कलात्मक सृजन र धार्मिक अनुभूतिलाई अपरिमितको उपलब्धिको साधन मान्नु हो । प्रकृतिका विभिन्न पहलुहरूलाई उद््घाटित गर्ने र आÇनो ध्यान पूर्णतया तर्क–बुद्धिहीनता वा भावनात्मक पक्षको चित्रण गर्ने कार्यलाई निष्क्रिय स्वच्छन्दतावदले केन्द्रीय महत्व प्रदान गर्दछ । यसभित्रको रूढिवादी प्रवृत्ति मध्ययुगको आदर्शीकरण, अतर्कबुद्धिवाद र रहस्यवादको पूजा, मानवजीवनमा भाग्यवादी धारणाहरूको मूर्तीकरण र भाग्यका सामु मानिस र उसको तर्कबुद्धि एवम्् विवेकको निरीहताजस्ता प्रवृत्तिमा अभिव्यक्त हुन्छ । उदाहरणका निम्ति यस्ता प्रवृत्तिहरू सौथी र जोन विल्सनजस्ता अङ््ग्रेज वा अर्मिन, वेर्नर र मुल्नरजस्ता जर्मन जस्ता सामान्य स्वच्छन्दतावादीमा पाइन्छ । त्यति मात्र होइन यस्तो प्रवृत्ति नोभालिस, टिएक, कलरिज वा वर्डस्वर्थजस्ताका केही रचनामा पनि पाउन सकिन्छ । (ख्राप्चेन्कोः१९७७ः३१८) यस अतिरिक्त लोकपरम्पराप्रति अनुराग, ग्रामीण एवम्् बाल्यजीवनप्रति मोह, श्रमप्रति श्रद्धा, गरीव र विपन्न जनताप्रति सहानुभूति स्वच्छन्दतावादमा प्रकट हुने केही पक्षहरू हुन्् । विश्वसाहित्य विशेषतः अङ््ग्रेजी साहित्यबाट ग्रहण गरेको प्रभाव र नेपालको आप््mनै सन्दर्भमा लेखनाथ पौड्र््याल, बालकृष्ण सम र सोमनाथ सिग्द्याल आदि साहित्यकारहरूले प्रबद्र्धन गरिरहेको नेपाली अभिजात्यवादको प्रतिक्रियास्वरूप देवकोटाका प्रथम चरणका रचनाहरू सृजना भएका हुन्् । देवकोटाका प्रथम चरण (१९९१–२००३) का कविताहरूमा उल्लेखित विशेषताहरूले नै मूर्तरूप लिएका छन्् ।
यस अवधिमा रचना गरिएका ‘मुनामदन’ (१९९२), ‘राजकुमार प्रभाकर’ (१९९६), ‘लूनी’ (२००१),‘‘कुञ्जिनी’ (२००२), ‘शाकुन्तल’ (२००२), ‘सुलोचना’ (२००२), ‘मेन्दु’ (२००३) जस्ता प्रबन्धकाव्यहरू प्रेममा नै आधारित छन्् । यी सबैले त्यसको माध्यमबाट प्रकृतिचित्रणलाई विशेष स्थान दिएका छन्् । प्रायः सबैमा नियतिका सामु मानव क्रियाकलाप तुच्छ हुन पुगेको छ र कविको कल्पनाशीलता र भावुकताले यथार्थ पक्षलाई प्रभावित गरेको छ । यीमध्ये अधिकांशमा लोकगाथा, लोकलय र ग्राम्य जीवनप्रति अनुराग पनि पाइन्छ । ‘शाकुन्तल’ महाकाव्य (२००२), ‘दुष्यन्त शकुन्तला भेट’ (२००२), ‘सीताहरण’ २००३), ‘रावणजटायु युद्ध’ (२००३), ‘महाराणा प्रताप’ (२००३), ‘पृथ्वीराज चौहान’ (२००३), र ‘भक्त प्रह््लाद’ (२००३) जस्ता रचनाहरूले मध्ययुगीन अतीतलाई आदर्शीकरण गर्ने र विगततिर फर्कने कार्य गरेका छन्् भने ‘पूर्णिमाको जलधि’ (१९९१), ‘शरच्चन्द्र’ (१९९२), ‘गाइन्् तिनले घँसिया गीत’ (१९९२), ‘बुलबुलको गाना’ (१९९३), ‘झरना’ (१९९५), ‘सन्ध्या’ (१९९६), ‘चारू (१९९७), ‘बादल (१९९७) र ‘सुन्दरी जल (१९९८) जस्ता फुटकर कविता र महाकाव्य बनकुसुम (२००३), नितान्त प्रकृतिकेन्द्रित रचना हुन्् । वेदान्त दर्शन र रहस्यवादी चिन्तन उनका कृतिहरू ‘राजकुमार प्रभाकर’ (१९९६), ‘यात्रा’ (१९९६), ‘भिखारी’ (१९९७), ‘यात्री’ (१९९८), ‘परमेश्वर’ (१९९९) ‘वीरता’ (१९९९) लगायत ‘मुनामदन’ र ‘लूनी’ जस्ता थुप्रै रचनामा पाइन्छ र यी सबै रचनाले देवकोटाको ईश्वरप्रतिको आस्था र विश्वासलाई व्यक्त गर्दछन्् । दीनदुखी र विपन्न जनताप्रतिको देवकोटामा रहेको सहानुभूतिलाई ‘गरीब’ (१९९१), ‘किसान’ (१९९२), ‘भिखारी’ (१९९७), ‘यात्री’ (१९९८) र ‘लूनी’ (२००१) जस्ता कविता र काव्यले उद््घाटित गर्दछन्् भने विलासी जीवनप्रति घृणा र सामाजिक विषमताप्रतिको असन्तुष्टि समेत तिनमा केही अंशमा प्रकट भएको पाइन्छ । स्वच्छन्दतावादीहरूका दृष्टिमा मानिसको वास्तविक सारतत्व साधारण जीवन र मानिसको आत्मिक आकाङ््क्षाहरूमा बाधा पु¥याउने सबै कुराबाट टाढा रहनुमा भेटिन्छ । देवकोटाका यस अवधिमा लेखिएका केही रचनाले लेखकको भावनालाई प्रवाहित गर्न स्वच्छन्द तरिकाले यथार्थका केही झिल्कालाई मनोगत रूपबाट प्रस्तुत त गर्दछन्् नत्र ती यथार्थको वास्तविक धरातलबाट नै टाढा रहेका छन्् ।
देवकोटाको यस अवधिको सर्वश्रेष्ठ, उनका सबै कृतिहरूमा समेत श्रेष्ठ मान्न सकिने खण्डकाव्य ‘मुनामदन’ नेपाली जनतामा अति लोकप्रिय हुनुको एउटा प्रमुख कारण राणाशासनको आर्थिक शोषणबाट विपन्नतर बन्दै गएका निम्नवर्गका नेपालीहरूले आÇनो परिवारलाई चटक्क छाडेर अर्थाेपार्जनका निम्ति मुगलान पस्नुपर्ने बाध्यता र त्यसको परिणामबाट उत्पन्न हुने कारुणिक अवस्थालाई प्रतिबिम्बन गर्नु हो । तथापि मुनामदन यथार्थवादी चेतनालाई विकसित गर्न होइन धनभन्दा मानसिक सुख, शान्ति र सन्तोष नै ठूलो हो, धनको लालसाले सरल र सुखी परिवार विनष्ट हुन्छ भन्ने आदर्शवादी जीवनदृष्टिलाई प्रतिपादन गर्दै, आत्मिक प्रेम, आत्माको अमरता, स्वर्ग–ईश्वर जस्ता दैवी शक्तिमाथि विश्वास जगाउन र प्रकृतितिर फर्कने संदेश दिनका लागि लेखिएको हो । आर्थिक विपन्नताबाट बच्न र अर्थाेपार्जनका निम्ति घरबार छाडेर नेपाली युवाहरू विदेशमा भाडाका सिपाही बनेर लड््दै उतै जीवन वलिदान गर्नुपर्ने करुणाजनक प्रसड्डलाई कवि देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्यमा पनि प्रस्तुत गरेका छन्् । युवायुवतीका बीचको आन्तरिक प्रेमलाई धनी र गरीबका आधारमा बिथोलेको खण्डमा त्यसले नराम्रो परिणाम ल्याउ“छ र पछुतोमा पर्नुपर्छ भन्ने आशयका साथ लेखिएको र आत्मिक प्रेम र आत्माको अमरतालाई पुष्टि गर्ने ‘कुञ्जिनी’ले अप्रत्यक्षतया अन्तर्राष्ट्रिय औपनिवेशिक युद्धलाई समर्थन गर्ने शासकहरूप्रति समेत व्यङ््ग्य गरेको छ । प्रतिस्पर्धास्वरूप दश दिनमा ले समाजवादी मानवतावादबाट प्रभावित क्रान्तिकारी स्वच्छन्दतावादी चरण हो । तर निष्क्रिय स्वच्छन्दतावादी धारा उनका पछिल्ला दुइ चरणमा पनि निरन्तर प्रवाहित रहेको छ भन्ने तथ्यलाई पनि हामीले कदापि विस्मरण गर्न सक्तैनौं (चापागाईं ः२०६४ः४७) ।

ख) पुँजीवादी मानवतावादमा आधारित क्रान्तिकारी स्वच्छन्दतावादी चरण
विश्व साहित्यमा स्वच्छन्दतावादी कृतिहरूमा प्रायः निरपेक्ष रूपमा जोड दिइने गरिएको सामन्तवादका बन्धनहरूबाट व्यक्तिको उन्मुक्ति र व्यक्तिको स्वतन्त्रता र स्वाधीनतालाई सङ््कुचित बनाउने सबै कुराको विरोध गर्ने प्रवृत्ति कवि लक्ष्मीप्रसाद देवकोटामा भने उनको लेखनको पहिलो चरणको अन्तिम वर्ष अर्थात्् कविताको सार्वजनिक प्रकाशनको तेह्रौं वर्ष (२००३) मा गएर मात्र ‘बूढो बाजे’, ‘बाघले बच्चा किन खान्छ ?’ र ‘साँढे’ जस्ता कविताहरूमा व्यक्त भएको देखिन्छ । देवकोटाका यस अवधिका कविता–कृतिहरूले आर्थिक–सामाजिक विषमताप्रति एकदमै अप्रत्यक्ष असन्तुष्टि, विपन्नवर्गप्रति सहानुभूति, विलासी जीवनप्रति क्षोभ र सामन्तवादको धार्मिक कट््टरताको विरोधमा गरीब, दुःखीहरू नै ईश्वर हुन््, तिनको सेवा गर्नु ईश्वरको सेवा हो र मानिस जातले होइन दिलले ठूलो हुन्छ भन्ने चिन्तनलाई व्यक्त गरेका छन्् तापनि तिनले प्रत्यक्षतया राणाशासनको विरोधमा आवाज मुखरित गरेका थिएनन्् । राणाशासनको निरड्ढुश शोषण–उत्पीडनबाट मुक्तिको चाहना र सहिदहरूको माध्यमबाट सार्वजनिक रूपले नै प्रकट भएको आम नेपाली जनताको सामाजिक जीवनमा आमूल परिवर्तनको आवश्यकता–बोधको अभिव्यक्ति नेपाली साहित्यमा क्रान्तिकारी स्वच्छन्दतावादको कारक तत्व बन्न पुगेको छ । १९९७ को घटनाले उनको राजनीतिक चेतनाको द्वारलाई घच्घच्याउने काम गरे तापनि देवकोटाको कवितामा त्यसको प्रतिबिम्बन भने २००३ मा, खासगरी २००४ देखि मात्र हुन थालेको पाइन्छ । १९९१ देखि नेपाली स्वच्छन्दतावादी धाराको वीजारोपण गर्ने कार्यमा देवकोटा सँगसँगै क्रियाशील रहेका कवि सिद्धिचरण श्रेष्ठले १९९७ देखि नै क्रान्तिका पक्षमा कविताको रचना गर्न थालिसकेका थिए । यस बापत्् उनले कारागार लगायतका विभिन्न सजायहरूको भागी समेत बन्नुप¥यो । १९९२ देखि स्वच्छन्दतावादी कविता रचना गर्दै आएका अर्का कवि गोपालप्रसाद रिमालले २००२ देखि क्रान्तिका कविताहरू लेख्न थालिसकेका थिए । १९९२ देखि नै निष्क्रिय स्वच्छन्दतावादी कविता लेख्तै आएका अर्का कवि युद्धप्रसाद मिश्र राणाशासनको विरोध गरेको अभियोगमा २००४ मा कारागारमा कोचिए । यसरी १९९७ को निर्मम एवम्् अमानुषिक सहिदपर्वको प्रभाव, परिवेश र राजनीतिक जागरणकै परिणामस्वरूप शासकहरूको स्तुतिगान गर्न समेत पछि नपरेका कवि देवकोटा २००२ तिर ‘एक डल्लो आलु’देखि सामाजिक क्षेत्रमा प्रवेश गर्दै क्रान्तिकारी स्वच्छन्दतावादी रचनाहरू निर्माण गर्न थाल्दछन्् । यहीँबाट उनका कविताको दोस्रो चरण र क्रान्तिकारी स्वच्छन्दतावादको पहिलो चरण (२००४–२००७) सुरु हुन्छ । युगका आवश्यकताप्रति संवेदनशील भएर पनि त्यसलाई अभिव्यक्त गर्न उनी अग्र पङ््िक्तमा भने आउन सकेका छैनन्् । यसमा उनी अरूकै बाटो मात्र अनुसरण गरिरहेका देखिन्छन्् । आÇना कतिपय समकालीन कविहरूले देखाएको क्रान्तिप्रतिको अनुरागले उनलाई यस दिशातिर अभिमुख हुन प्रेरणा दिएको मात्र छैन बाध्य समेत पारेको छ ।
कवि देवकोटाले २००४ साल श्रावणदेखि २००६ सालको आश्विनसम्म करीब सवा दुइ वर्ष बनारसमा बसेर नेपाली राष्ट्रिय काङ््ग्रेसको मुखपत्र ‘युगवाणी’को सम्पादन गर्ने काम गरे । त्यस क्रममा उनले उन्मुक्त रूपमा राणा शासकविरोधी क्रान्तिकारी रचनाहरू सृजना गरेका छन्् । उनका तात्कालिक क्रान्तिकारी तथा जनवादी लेख–निबन्ध तथा कथा र कविताहरूले देशका शोषक–सामन्तहरूको अमानवीयतालाई भन्डाफोर गर्नुका साथै राणाशासनका विरुद्ध र प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति र सङ््घर्ष गर्ने जनमानस तयार पार्ने कार्यमा महŒवपूर्ण रचनात्मक भूमिका खेलेका छन्् । वैधानिक राजतन्त्रको राजनीतिक चिन्तन राख्ने सङ््गठनद्वारा सञ्चालित पत्रिकाको सम्पादक भएर पनि त्यतिखेर लक्ष्मीप्रसाद देवकोटाले उक्त राजनीतिक संस्थाको चिन्तनको सीमालाई अतिक्रमण गरेका छन्् र गणतन्त्रको पक्षमा समेत आÇनो आवाज बुलन्द पारेका छन्् । प्राथमिक चरणमा आफैंले प्रदर्शन गरेको ईश्वरभक्ति र धर्मभीरुतालाई अतिक्रमण गरेर ‘ढ््वाङ्् गुरु’ (२००५) जस्ता कवितामा स्वर्गको दाबी गर्ने धर्मगुरुहरूले जनता ठगेर धुरुधुरु रुवाएको तथ्यमाथि प्रकाश पार्ने, धर्मगुरुका ढोंगी गतिविधिलाई ‘झूठा वेदान्ती’ र ‘ढ््वाङ्् गुरु’ भनेर प्रहार गर्ने र अनीश्वरवादको पक्षपोषण गर्ने काम उनले गरेका छन्् ।
‘पहाडी पुकार’ (२००५) देवकोटाको यस अवधिको बहुचर्चित कविताकृति हो । यसमा उनले राणाकालीन नेपालको सामाजिक जीवनको यथार्थ चित्र प्रस्तुत गर्दै आÇनो हक र अधिकार (मानवअधिकार) प्राप्त गर्ने अठोट गर्नुका साथै यसनिम्ति सङ््घर्ष र क्रान्ति गर्न जनतालाई आह््वान पनि गरेका छन्् । नेपाली जनतामाथिको ठालूहरूको शोषण र उत्पीडनको चित्रण उनले यस कृतिमा एक हदसम्म यथार्थवादी तरिकाले गरेका छन्् र राणाशासकहरूले क्रान्तिकारीहरूलाई कारागारमा कोचेका, क्रान्तिकारी जनतामाथि गोली चलाएका र फा“सी दिएकाआदि निरड्ढुश क्रियाकलापको अनावरण समेत गरेका छन्् । देवकोटाले यस अवधिमा रचना गरेका ‘चेतना’ (२००४), ‘स्वदेशी मानवता’ (२००४), ‘स्वर्गको राज्य’ (२००४) ‘झञ्झावीर’ (२००४) ‘झञ्झावर्णन’ (२००४–५) जस्ता कविताहरू विचारगत दृष्टिले उल्लेखनीय छन्् । समानताको भाव रहने साम्यवाद नै स्वर्गको राज्य हो र समाजमा स्वदेशमूलक साम्यवादको स्थापना हुनुपर्दछ भन्ने आशय ‘स्वर्गको राज्य’ शीर्षकको कविताले अ“गालेको छ । यस कविताले उनलाई माक्र्सवाद र साम्यवादबाट प्रभावित रचनाकारका रूपमा उभ्याएको देखिन्छ तापनि उनी आध्यात्मवादको परिधिबाट भने मुक्त भइसकेका छैनन्् । कवितामा देवकोटाले छुवाछूतको चिन्तन लिनेहरूलाई समताभावका विरोधी तत्वका रूपमा राख्तै तिनलाई ‘जर्जरान्ध’ भनी आक्रमण मात्र गरेका छैनन्् समताभावमा भा“जो हालेर मनपरीतन्त्र चलाउने कथित ब्राह््मण र राणाशासकप्रति तीव्र प्रहार समेत गरेका छन्् । ‘चेतना’ शीर्षकको कविताले राणाकालीन नेपालको दयनीय वस्तुगत स्थितिलाई मार्मिक रूपबाट चित्रण गरेको छ । ‘स्वदेशी मानवता’ देशभक्ति र राष्ट्रप्रेमद्वारा ओतप्रोत कविता हो । देवकोटाका दृष्टिमा देशभक्त हुनु नै मानवताको सार हो । देशभक्तिको भावना नभएका समकालीन नेपालीहरूलाई झुसिलकीरास“ग दा“ज्नुका साथै उनले राष्ट्रप्रेम विनाका इन्द्रियहरूलाई नरक मानेका छन्् । यस कवितामा उनी सबै नेपालीमा देशप्रेमको भावना नभएको देखेर चिन्ताकुल पनि छन्् । ‘झञ्झावीर’ र ‘झञ्झावर्णन’ क्रान्तिको चाहना गरेर लेखिएका कविताहरू हुन्् । यी कवितामा उदरपोषणको क्षुद्र स्वार्थबाट माथि उठेर क्रान्तिकर्ममा संलग्न क्रान्तिवीर हुन आह््वान गर्नुका साथै सामाजिक विकृतिहरू बढेपछि ती विकृति हटाउन क्रान्ति अनिवार्य हुन्छ र क्रान्ति भएपछि समाजमा सङ््गति र स्थिरताको स्थिति सृजना हुन्छ भन्ने आशय व्यक्त गरिएको छ । यस अवधिमा देवकोटाका कविता एवम्् कथामा अभिव्यक्त अनीश्वरवाद, गणतन्त्रको पक्षपोषण, क्रान्तिको आह््वान र साम्यवादलाई स्वर्गको राज्यका रूपमा हेर्ने दृष्टिका कारणले हुनुपर्छ कतिपय आलोचकहरूले देवकोटालाई २००४ सालदेखि नै प्रगतिवादी भएको भनी पुष्टि गर्न प्रयास गरेका छन्् । यस क्रममा समालोचक वासुदेव त्रिपाठी नै अग्रणी देखिन्छन्् । उनको भनाइ छ ः२००३ सालको अन्त्यदेखिको व्यङ््ग्य–विद्रोह र बनारस–प्रवासका ज्वाला–गीतपछि नेपाली युगान्तरका सन्दर्भमा देवकोटा प्रगतिवादतिर उन्मुख हुनु स्वाभाविक प्रक्रिया ठहर्छ । तैपनि यस प्रसड्डमा के कुरा उल्लेखनीय छ भने प्रगतिवाद देवकोटाका कवितामा मुखरित हुन थाल्नुको तात्पर्य रोमान्टिक देवकोटाको अन्त्य होइन । देवकोटाको बृहत् कवि–व्यक्तित्वभित्रैको एक खास प्रवृत्तिकै रूपमा मात्र यस प्रगतिवादितालाई स्वीकार्न सकिन्छ (जोशी ः२०३१ः४५–४६) । यस प्रसड्डमा उनले अरू थप गर्दै भनेका छन् ः २००३ सालको अन्त्य (सा“ढे कविता) देखि र बनारस–प्रवासकाल तथा २००७ सालको क्रान्तिपछिको प्रगतिवादी प्रसड्डमा देवकोटाले प्राप्त गरेका सामाजिक दैन्य, व्यङ््ग्य र विद्रोह–ज्वाला अझै उनमा मुखरित रहेको कुरा स्वीकार्नुपर्छ (जोशी ः२०३१ः३१–३२) । त्रिपाठीकै अनुसरण समालोचक कुमारबहादुर जोशीले पनि गरेका छन् ः ‘युगवाणी’ कालमा (वि.सं. २००४ को श्रावणदेखि २००६को दसैंपूर्वसम्म) आएर उनी यथार्थवादी, सुधारवादी एवम्् प्रगतिवादी बने र यसैको आसपासमा वा अलिकपछि चाहिँ उनी शेली र वायरन झैं भयड्ढर विद्रोही तथा क्रान्तिकारी रूपमा पनि देखा परे, ‘साँढे’, ‘झञ्झावीर’, ‘सघन तिमिस्राप्रति’, ‘जित्नु छ साथी, जिलाउनु छ साथी’, ‘मध्यरातमा’, ‘उद््बोधन’ आदि उनका एतत्कालीन स्फुटकविताहरू यस कुराका केही दृष्टान्त हुन्् । उक्त ‘युगवाणी’कालीन रचना तथा ‘पहाडी पुकार’ अझ खास गरेर ‘कृषिवाला’ गीतिनाट््यबाट चाहिँ उनको द्वन्द्वात्मक भौतिकवादी स्वरूप स्पष्टै चिनिन्छ (जोशी ः२०३१ः१४७) । उनी अर्काे ठाउँमा यस्तै खालको धारणालाई दोहो¥याउँदै भन्दछन्् ःउनका उत्तरकालीन र खास गरी ‘युगवाणी’ (वि.सं.२००४) र तदुत्तरकालीन काव्यकृतिहरूमा मुख्यतया हामी व्यङ््ग्य, विद्रोह, क्रान्ति र सङ््घर्षको जुन तीव्र, तीक्ष्ण एवम्् प्रभावशाली स्वर सुन्छौं त्यो उनको प्रगतिवादी कवित्वको स्वर हो । साँच्चै भन्ने हो भने नेपाली साहित्यको प्रगतिवादी प्रवाह वा धाराका अग्रणी कविहरूमा गोपाल प्रसाद रिमाल सँगसँगै कवि देवकोटाको नाम पनि विशेष उल्लेखनीय छ । जे भए पनि देवकोटाको मूलभूत कवित्व चाहिँ प्रगतिवादीभन्दा बढी रोमान्टिक वा स्वच्छन्दतावादी नै हो (जोशी ः२०३१ः१५८) । अरू त अरू माक्र्सवादका प्रख्यात पण्डित र प्रगतिवादी समालोचक गोविन्द भट्ट समेत यही मतलाई समर्थन गर्न पुग्दछन्् । उनी २००४ सालदेखि प्रकाशनमा आउन थालेको ‘युगवाणी’मा ‘नेपाली साहित्यको विद्रोह र प्रगतिवादी पक्षले खुला रूपमा वाणी पाएको, त्यसमा प्रकाशित देवकोटाका कतिपय रचना ‘नेपाली प्रगतिवादी साहित्यमा अतुलनीय महत्व’का रहेका र ‘पहाडी पुकार’ नेपाली क्रान्तिकारी र प्रगतिवादी साहित्यको इतिहासमा जेठो भएको तर्क अघि सारेर देवकोटालाई २००४ सालदेखि नै प्रगतिवादी साहित्यकार भएको पुष्टि गर्ने प्रयत्न गर्दछन् (भानु ः२०२५ः२४५–४७) । यहाँनिर हामी राष्ट्रिय काङ््ग्रेस कुन प्रकृतिको संस्था थियो, युगवाणीको उद्देश्य के थियो, देवकोटाले आह््वान गरेको क्रान्तिको चरित्र के थियो र ईश्वरको विरोध गर्नु प्रगतिवादी हुनु हो कि होइन ? र ‘पहाडी पुकार’ कस्तो खालको कृति हो ? भन्ने विषयमा प्रस्ट हुनु जरुरी हुन्छ । ‘युगवाणी’ नेपाली राष्ट्रिय काङ््ग्रेसको मुखपत्र थियो । ‘अखिल भारतीय नेपाली राष्ट्रिय काङ््ग्रेस’ नामक राजनीतिक संस्थाको जन्म बनारसमा विक्रम संवत्् २००३ साल कार्तिक १५ गतेका दिन भएको थियो (पोखरेल र ढकालः२०६०ः१६०) । अखिल भारतीय नेपाली राष्ट्रिय काङ््ग्रेस कसरी नेपाली राष्ट्रिय काङ््ग्रेसमा परिणत भयो यसको पनि एउटा रोचक कथा छ । देवकोटाको ‘स्वदेशी मानवता’को मर्मलाई बोध गर्न यो इतिहास जान्नु जरुरी हुन्छ । अखिल भारतीय राष्ट्रिय काङ््ग्रेसका नेता–कार्यकर्ताहरूको भारतभक्तिलाई अप्रत्यक्ष रूपले सङ््केत गरेर लेखिएको कविता हो यो । २००३ साल माघ १२ र १३ गते अर्थात्् २५ र २६ जनवरी १९४७ इस्वीमा ‘अखिल भारतीय राष्ट्रिय काङ््ग्रेस’को उद्देश्य र कार्यक्रम निर्धारण गर्न कलकत्ताको भवानीपुरस्थित खालसा हाईस्कूलमा एउटा सभा बोलाइएको थियो । नेपालका लागि राजनीतिक पार्टी खोल्ने कुरामा प्रवासमा बसेका कतिपय नेपाली र सी क्लासका राणाहरू सहमत भए पनि बनारसमा खोलिएको राजनीतिक पार्टीको नाम अखिल भारतीय नेपाली राष्ट्रिय काङ््ग्रेस राखेको मन परेको थिएन उनीहरूलाई । साहित्यकार एवम्् समाजशास्त्री जनकलाल शर्माको भनाइमा अङ््ग्रेजप्रति बफादार भए पनि भारतीय नेताको नेतृत्व स्वीकार गर्न संस्कारले नै दिएन सी क्लासका राणाहरूलाई । यो राजनीतिक संस्था नेपालका लागि गठन गरिएको हँुदा अखिल भारतीय नेपाली राष्ट्रिय काङ््ग्रेस भन्ने नामबाट अखिल भारतीय शब्द झिक्नुपर्ने तर्क राख्न लगाइयो नेपालबाट गएका प्रतिनिधिहरूलाई । नेपाल भारतको एउटा प्रशासनिक इकाइ मात्र भएको तर्क समेत भारतका समाजवादी पार्टीका कार्यकर्ता विश्वेश्वरप्रसाद कोइरालाले त्यस सभामा राखे । यसको घोर विरोध भयो र अन्ततः राजनीतिक पार्टीको नामकरण भयो ‘नेपाली राष्ट्रिय काङ््ग्रेस’ । प्रजापरिषद्् र सी क्लासका राणाको उद्देश्य थियो– ए क्लासका राणाबाट सत्ता खोसेर वास्तविक राजा श्री ५लाई सत्ता हस्तान्तरण गर्ने । त्यसै कारण पार्टीको उद्देश्य ‘नेपालमा राणाशासन समाप्त गरी श्री ५को नेतृत्वमा वैधानिक प्रतिनिधि सरकार खडा गर्ने र भारतको स्वाधीनता प्राप्तिमा बल पुर््याउन सहयोग गर्ने’ भन्ने राखियो (पोखरेल र ढकालः२०६०ः१६०–१६१) । तर नेपाली राष्ट्रिय काङ््ग्रेसमा नेतृत्वको खिचातानी र झगडा निकै चर्केर गयो । एकातिर काङ््ग्रेसमा विभाजनको रेखा खिचिन लागेको र अर्कातिर मोहनशमशेरको दमन बढ््न लागेको देखेपछि कलकत्तामा रहेका सुवर्ण शमशेर, महावीरशमशेर, महेन्द्रविक्रम शाहहरू मिलेर वि.सं. २००५ श्रावणमा नेपाल प्रजातन्त्र काङ््ग्रेसको स्थापना गरे (नेपालः२०६५ः१६९–१७०) । नेपाल प्रजातन्त्र काङ््ग्रेसले राणाशासनलाई हिंसात्मक तरिकाले धराशायी बनाउनुपर्छ भन्ने उद्देश्य राखेको थियो । यसका लागि उसले भूतपूर्व सैनिक सङ््घटन गरी त्यसैलाई शस्त्रास्त्र पारेर राणाशासन पल्टाउने लेखिएको ‘सुलोचना’ महाकाव्यले प्रेमविवाह एवम्् विधवाविवाहको समर्थन र नारीउत्पीडनको विरोध गर्दै सुधारवादी भावनालाई अभिव्यक्ति दिएको छ तापनि मूलतः धनी र गरीबवर्गका बीचको द्वन्द्व र पुराना र नयाँ पुस्ता एवम् चिन्तनका बीचको सङ््घर्षले सबैलाई विनाशतिर लैजान्छ भन्ने आदर्शवादी धारणा र ईश्वरवादी–आस्तिकतावादी जीवनदर्शनलाई नै यसले पनि मुखरित गरेको छ । प्राध्यापकीय आलोचनाको क्षेत्रबाट र प्राचीन हिन्दूसंस्कृतिका समर्थकहरूद्वारा देवकोटाको सर्वाेपरि रचनाका रूपमा बहुप्रचारित, देवकोटाको महाकवित्व नै यसैमा टिकेको छ भनी पुष्टि गर्न खोजिएको ‘शाकुन्तल’ महाकाव्य देवकोटाको आशुकवित्व, विराट् कल्पनाशीलता, प्रकृतिको व्यापक र विशाल प्रस्तुतीकरण, तीव्र र तीक्ष्ण कवित्व–क्षमता र नेपाली महाकाव्यको अभावपूर्तिका दृष्टिले अर्थपूर्ण रहे तापनि सामाजिक उपादेयता र सामाजिक मूल्यका दृष्टिले भने अत्यन्त न्यून महत्वको रचना सिद्ध हुन्छ । वर्तमानको दीन–हीन अवस्थाबाट मुक्तिका निम्ति पुरानो, अतीततिर फर्कने देवकोटाको यो प्रयत्न वास्तवमा वर्तमानलाई पछिल्तिर धकेल्ने अनुदार प्रवृत्तिको ज्वलन्त नमूना हो । ‘प्रमिथस’बाहेकका अतीततिर फर्कने उनका सबै कृतिहरूले प्रायः यही निष्क्रिय स्वच्छन्दतावादको धारालाई पुष्टि गर्दछन् ।

ग) समाजवादी मानवतावादबाट प्रभावित क्रान्तिकारी स्वच्छन्दतावादी चरण
२००७ सालको परिवर्तनपछि नेपाली बौद्धिक जगत् बिस्तारै प्रगतिवादप्रति उन्मुख हुँदै गएको छ । क्रान्तिबाट गरिएको अपेक्षा पूरा नभएको र व्यवहारमै माक्र्सवादी आन्दोलनबाट जनमानस र बौद्धिक जगत्् आकर्षित हुनपुगेको कारणले साहित्यमा प्रगतिवादको चाख स्वाभाविक रूपले बढेको देखिन्छ । प्रगतिवाद युग–चेतनाका रूपमा प्रभावशाली हँुदै गएको तात्कालिक साहित्यिक वातावरणमा कवि देवकोटा पनि प्रगतिवादबाट रङमगिन र यसबाट गहिरोसित प्रभावित हुन पुग्दछन्् । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना र त्यसका जनसमुदाय केन्द्रित गतिविधिहरू, देशभक्तिपूर्ण आन्दोलनहरू, नेपाली राष्ट्रिय काङ््ग्रेस वा नेपाली काङग्रेसको आत्मकेन्द्री जनविरोधी राजनीति, नेपालको वस्तुगत आवश्यकता र नेपाली जनभावनाको आकाङ््क्षालाई बोध गर्ने कार्यमा राजनीतिक नेतृत्वले प्रदर्शन गरेको असक्षमता, नेताहरूको झैझगडा, भारतीय शासकवर्ग र राणाशासकहरूप्रतिको सम्झौतापरस्त प्रवृत्ति, परिणामस्वरूप २००७ सालको असफल क्रान्तिपछि नेपाली साहित्यमा देखा परेको संघटना हो प्रगतिवाद । २००७ को राजनीतिक परिवर्तनपछि प्रकट भएको युगबोधको प्रभावबाट अन्य बौद्धिकजस्तै कवि देवकोटा पनि क्रमशः अधिकाधिक प्रभावित हँुदै गएका छन् र यसपछिका कतिपय रचनाहरू उनले यसैको प्रभावस्वरूप सृजना गरेका छन । सामाजिक शोषण–उत्पीडनबाट मुक्ति, आर्थिक तथा वर्गीय वैषम्यको समाप्ति र जीवननिर्वाहका निम्ति आवश्यक पर्ने गाँस–बास–कपासको परिपूर्तिका निम्ति साहित्यकार देवकोटाले क्रान्तिको आकाङ््क्षा र सपना सँगालेका थिए । तर सात सालको क्रान्तिका नाममा दिल्लीमा भएको राणा–काङ््ग्रेसको सम्झौताले नेपाली जनताको सामाजिक जीवनमा न कुनै परिवर्तन ल्यायो, न त राजनीतिक स्वतन्त्रता र उन्मुक्तिको चाहनालाई नै पूरा ग¥यो । दिल्ली सम्झौता धोका हो भन्ने जनतामाथि क्रान्तिपछि बनेको सरकारले दमनचक्र चलाउन थाल्यो र राजापुर, विराटनगर, वीरगञ्ज आदि ठाउँहरूमा सामन्तहरूसँग बनीबृद्धिको माग गर्ने किसानमाथि र मजदुरी बढाउन पँुजीपतिहरूसँग माग राख्ने मजदुरहरूमाथि गोली वर्षाउन थाल्यो । यसरी नै जनतालाई आÇनो हक लिन सङ््घर्षमा उतार्ने आन्दोलनकारी राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउन शुरू ग¥यो । यस वस्तुगत यथार्थले २००४ सालदेखि प्रदीप्त भैरहेको देवकोटाको क्रान्तिकारी चेतनालाई अरू बढी उत्प्रेरित ग¥यो । देवकोटा आफैंले भोग्नुपरेको आर्थिक विपन्नता, विना औषधोपचार दुइ–दुइ छोराहरूको मृत्यु, काङग्रेसी राजनीतिक मित्रहरूको शोषणमुखी मानसिकता, राजनीतिक क्षेत्र र सामाजिक क्षेत्रबाट सहनु परेको अपमान, उपेक्षा र पीडाहरूले देवकोटाको क्रान्तिकारी चेतनामा अविबृद्धि गर्न थप सहयोग पु¥याए । अन्य पँुजीवादी बुद्धिजीवी र राजनीतिक शक्तिहरूले मानेसरह उनको बुद्धि र विवेकले समेत सात सालको परिवर्तनलाई सफल क्रान्तिका रूपमा स्वीकार गर्न मानेन र वास्तविक क्रान्तिको आह््वान गर्न थाल्यो । यसपछि नै देवकोटाले शोषण, सामाजिक विभेद र आर्थिक विषमताको मूल कारण व्यक्तिगत सम्पत्ति हो भन्ने तथ्यलाई प्रस्टसँग साहित्यमा प्रतिबिम्बित गर्न थाल्दछन्् र यसका विरुद्ध दृढताका साथ कलम चलाउँछन । माक्र्सवादी चिन्तकहरूकै समकक्षमा उभिएर साहित्यलाई जनताको वर्गीय हतियारका रूपमा मान्यता प्रदान गर्दछन, नेपाल र नेपाली जनताको शोषण र उत्पीडनमा संलग्न शक्ति र वर्गहरूप्रति घृणा ओकल्न थाल्दछन्् । सजग रूपबाट वर्गसङ््घर्षका रूपहरूलाई ‘कृषिवाला’मा झैं उतार्दछन् । उनी यस अवधिमा आएर खुलेर आधुनिक चिन्तनका रूपमा द्वन्द्वात्मक भौतिकवादलाई मान्यता प्रदान गर्दछन् । समाजवादी राष्ट्र र त्यहाँका नेताहरूको प्रशंसा र सम्मानमा कविता रच्न शुरू गर्दछन् । यसो हुनमा उनले समाजवादी मुलुकहरूको भ्रमण गर्नु, त्यहा“को जनजीवनलाई नियाल्नु र त्यसबाट उनी अत्यधिक प्रभावित हुनु पनि थप कारण रहेको छ ।
यसरी उनले क्रान्तिकारी स्वच्छन्दतावादी धारालाई पहिलेको भन्दा अझ अर्काे उचाइ प्रदान गर्ने काम गरेका छन् । देवकोटाको विकासको यो तेस्रो चरण २००८ देखि २०१५ सालसम्म रहेको छ (चापागाईंः२०६४ः२३) । तर यस्तो भएर पनि उनका कविताहरू स्वच्छन्दतावादी रचनाविधिकै सेरोफेरोमा रहेर लेखिएका छन् । यही कारण उनका यस अवधिका कवितालाई समाजवादी मानवतावादबाट प्रभावित क्रान्तिकारी स्वच्छन्दतावाद भन्नु आवश्यक ठानिएको हो । सात साल अघि र पछिका कवि देवकोटामा भिन्नताको विशिष्ट पक्ष के छ भने अघिका देवकोटामा क्षीण रूपमा माक्र्सवादको प्रभाव रहे पनि पँुजीवादी मानवतावादको वर्चस्व थियो र उनी त्यही वृत्तमा रहेर सिर्जनधर्म निर्वाह गर्दै थिए भने पछिका देवकोटा पँुजीवादी मानवतावादभन्दा माथि उठेर समाजवादी मानवतावादको अत्यधिक आकर्षण र प्रभावबाट कविताको सृजना गरिरहेका देखिन्छन्् । यस्तो हुँदाहँुदै पनि उनी पँुजीवादी मानवतावाद, आध्यात्मिक चेतना र प्राचीन हिन्दूसंस्कृतिको धङधङीबाट जीवनपर्यन्त मुक्त भने हुन सकेका छैनन । यस अवधिमा उनले माक्र्सवाद एवम्् प्रगतिवादप्रति भावनात्मक समर्थन त जनाएका छ, तर त्यसलाई आन्तरिक रूपमै आत्मसात भने गरिसकेका छैनन ।
निश्चय नै, ‘तरूणतपसी प्रदक्षिणा’ (२०११) मा कवि देवकोटाले ‘द्वन्द्वात्मक भौतिकवाद’को खुल्ला समर्थन नगरेका होइनन्। रोमान्टिक सपनाबाट ब्यू“झेर यथार्थको धरातलमा आई आÇनो लेखनलाई नया“ मोड दिन थालेको कुरा ‘वाणीप्रति’ (२०१३) मा उनले स्वीकारेका पनि छन् । यस अवधिका कवितामा सामाजिक जीवनमा व्याप्त व्यापक अन्तराल र विभेदलाई उनी चित्रण गर्दछन््, खुलेर रड्ढ र गरीबहरूको दरबार बनाउने वकालत गर्दछन्, राष्ट्रको असमानतालाई सम्याउने कुरा गर्दछन््, वर्गीय भेदभाव विनाको सामाजिक संरचनाको पक्षमा गीत (‘मलाई’े) रचना गर्दछन््, जनताको मनअनुसारको शासन हुनुपर्छ भन्ने भावना पोख्तछन्् (हाम्रो ध्येय, २००८) । यतिखेर एकथरी राजनीतिक शक्ति र बौद्धिकहरू नेपालमा क्रान्ति सफल भएको र प्रजातन्त्र आएको खुशियाली मनाइरहेका थिए भने देवकोटा चाहि“ २००७ सालपछि क्रान्ति सफल नभएको मानेर निरन्तर क्रान्तिको आह््वान गरिरहेका थिए । यो आह््वान बहुसङ््ख्यक शोषित नेपाली जनताको मानसिकताको प्रतिबिम्बन थियो । देवकोटा सात साललाई ‘उघ्रेर बिग्रेको बिहान’ (२००८)का रूपमा हेर्दछन् । उनी यस कवितामा सातसालको राजनीतिक परिवर्तनलाई ‘विस्फोट विफल भएको, आशा टुसैमा मरेको’ र आगो निभेको पाउँछन् । त्यसैले फेरि आगो बाल्न आह््वान गर्दछन्् । केही नेताहरूले त जिते तर पनि उनी सात सालको परिवर्तनलाई जनताको हार मान्दछन् (हुरीपछि गृहागमन,१०१३) । किनभने सात सालपछि नेपाली जनजीवनले भोग्दै आएको सामाजिक विषमतामा कुनै भिन्नता आउन सकेको छैन । क्रान्ति त भयो, तर गरीबका आँगमा टालोसम्म पर्न सकेन । सत्तधारीहरू परिवर्तन भएका छन््– शासनमा बदलाव छैन । उनीहरूको धून धन कुम्ल्याउनु बाहेक अरू केही छैन (गैंडोपासना,२०१३) । देवकोटालाई त्यतिखेर सामाजिक जीवनमा साना माछालाई निल्ने ठूलो माछो न्यायाधीश भएको मात्र लाग्दैन घूस खाएर क्रान्ति मरेको र पूँजीले पिसेर आम जनजीवन दुखको चक्कीमा घिसिरहेको लाग्दछ (जित्नु छ साथी जिलाउनु छ साथी,२०१३) । जमिनमाथि अधिकार राख्नुपर्ने गरिब जनता नै दीनहीन छन् यस्तो देखेर मातृभूमिको माटो रोएको देख्छन् उनी (मातृभूमिको माटो रून्छ) । सात सालको परिवर्तन र त्यसको उपलब्धिप्रति मात्र होइन त्यतिखेरको नेतृत्वप्रति पनि तीव्र प्रहार गरेका छन्् कवि देवकोटाले । देवकोटाका दृष्टिमा नेपालका अधिकांश जनताको एउटा आधारभूत समस्याका भोक हो र राष्ट्रको यो समस्या सरकार स्वयम््को प्रयत्नबाट मात्र निराकरण हुन सक्तछ । तर सात सालपछि सत्तामा पुगेको नेतृत्वले यस समस्यालाई पटक्कै बुझेन वा बुझ्ने प्रयत्न नै गरेन । त्यस्तो नेतृत्वलाई उनले अबुझ ‘भेडा’ (दाल भात डुकु,२००८) भनेर निन्दा गरेका छन् । यस्तो नेतृत्वलाई कहिले उनी ‘ढ््वाड्ड नेता’ (साथी,२००८) भन्दछन्् भने कहिले ‘कानो ड्राइवर’ गरीबलाई मिच्ने ‘दम खुस्केको ढीलो पाङ््ग्रो’ (जित्नु छ साथी, जिलाउनु छ साथी) भन्दछन्। देवकोटाको बहुचर्चित कविता ‘पागल’ (२०१०) यही कोटिमा पर्दछ । कटु आर्थिक अभावको अन्तर्पीडाबाट व्यथित देवकोटालाई मानसिक रोगी ठानेर रा“ची पु¥याइएपछि आÇना इस्टमित्र, साहित्यिक साथीभाइ र राजनीतिक नेताहरूले गरेका अपमानपूर्ण व्यवहारबाट आहत भएर लेखिएको भनिए पनि तात्कालिक सत्तामा आसीन नेतृत्वबाट हुने गरेका लज्जाजनक एवम् विवेकहीन झुट्टा कुराहरू, जनअधिकारमाथिको प्रहार, मानवलाई मानव नठान्ने व्यवहार र मत्स्यन्यायको अवलम्बनको प्रतिक्रियास्वरूप यो कविता सिर्जना भएको हो ।
२००७ सालपछिको सामाजिक–राजनीतिक स्थिति कवि देवकोटाका दृष्टिमा कुनर्क हो । जहाँ पशुवृत्ति भएका साँढेहरूको स्वार्थको बोलबाला छ, गरीबहरूमाथि मार छ, ठगी छ, सबै कुरा नोटमा बिक्री हुन्छ, जहाँ आँसुको तलाउ छ, जहा“ समानताको नारा खोक्रो छ, जहाँ मानवीयपन, सौन्दर्य, प्रेम र मानिसको काँचो मासु बेचबिखनमा रहन्छ । यसरी सम्पन्न वर्गद्वारा विपन्न वर्गमाथिको ठगी हुनुलाई पँुजी (व्यक्तिगत पुँजी– ले.) कारण देख्तछन् (एउटी सुन्दरी वेश्याप्रति, २०१३) देवकोटा । निजी सम्पत्ति र पँुजीप्रतिको देवकोटाको विरोध र घृणा ‘चुकूल’ (१०१३) मा अझ माथिल्लो तहमा व्यक्त भएको छ । निजी सम्पत्तिले समाजमा विभाजन ल्याउँछ र यसैले शासन चलाउँछ । देशको यस्तो आर्थिक वैषम्य समाप्त पार्न गरीबवर्ग एक जूट हुनु आवश्यक हुन्छ । त्यसैका लागि यसमा आह््वान गरिएको छ । पँुजी र लूटलाई पाजी भनेर धिक्कार्दै कवि देवकोटा तिनलाई पूर्णतया अस्वीकार गर्दछन् (भूत सवार, २०१३) ।
माथि विश्लेषण गरिएका कारणहरू नै कवि देवकोटाका लागि नेपाली जनतालाई माक्र्सवाद अनुरूपको क्रान्तिको आह््वान गर्न, क्रान्तिको उत्प्रेरणा दिन र क्रान्तिको गीत गाउनका निम्ति आधार बनेका छन् । उनका ‘पुकार’ (२००८), ‘परिवर्तन’ (२००८), ‘दाल भात डुकू’ (२००८), ‘झञ्झाप्रति’ (२०१३),‘हुरीको गीत’ (२०१३), ‘चुकूल’ (२०१३), ‘उद््बोधन’ (२०१३), ‘गोली हो’ (२०१३), ‘जित्नु छ साथी, जिलाउनु छ साथी १’ (२०१३), ‘हुरीपछि गृहागमन’ (२०१३), ‘उघ्रेर बिग्रेको बिहान’ (२०१३), ‘स्वतन्त्रता हो मानवता रे १’(२०१५), ‘क्षितिजतिर’ (२०१५) जस्ता कविताहरू र ‘दमाइ“ दाइ’ (२०१०), ‘बिदाइ’ (२०१०), ‘जाग’ (२०१०), ‘शान्तिगीत’ (२०१०), ‘किसान’ (२०१०), ‘युवक प्रति’ (२०१३), ‘बाढीकी विष्णुमती’ (२०१३), ‘माग्नेस“ग’ (१०१३), ‘बिहानी बिगुल ध्वनि’ (२०१३) जस्ता गीतहरू यही कोटिभित्र पर्ने रचनाहरू हुन्् । कवि देवकोटाको क्रान्ति अब अमूर्त छैन, केका लागि क्रान्ति गर्ने भन्ने कुरामा उनी अब स्पष्ट छन्् । उनी अब यस्तो क्रान्ति गोलीबाट मात्र सम्भव देख्तछन्् । उनको दृष्टिमा देशमा व्याप्त अन्धकार नाश गर्न र युगको चोली फेर्नका लागि गोलीको गीत गाउनुबाहेक अर्काे विकल्प छैन । गाँस, बास, कपासको ग्यारेन्टी, जनताको राज र जनतन्त्रको प्राप्ति जनक्रान्ति बिना असम्भव छ भन्ने उनको ठहर छ (गोली हो, २०१३) ।
नेपाली जनतालाई गाँस, बास, कपाससहितको आÇनो हक लिनका निमित सङ््घर्ष र क्रान्तिमा संलग्न हुने आहवान कवि देवकोटाले गीतमा पनि सशक्त रूपले गरेका छन्् । लेखनको प्रथमचरणमा ‘झुप्रो छ आज जसमाथि फलेर आज, सौन्दर्य आउँछ विचित्र पवित्र चारू’ (किसान, १९९५) भनेर किसानको विपन्न जीवनलाई भावुकतापूर्ण रूप योजना बनाउँदै थियो (नेपालः२०६५ः१७०) । यसै बीच विदेशमा बसेर विभाजित भएर राणाशासन जस्तो सैनिक शासनलाई पल्टाउनु कठिन छ भन्ने ठहर््याई विश्वेश्वरप्रसाद, मातृकाप्रसादसमेत भएर सुवर्णशमशेरहरूसँग सरसल्लाह मिलाई राष्ट्रिय काङ््ग्रेस र प्रजातन्त्र काङ््ग्रेसलाई २००६ सालको अन्त्यमा मिलाएर एउटै नेपाली काङ््ग्रेस पार्टी गठन गरियो । नेपाली काङ््ग्रेसको स्थापना भएपछि यसका अध्यक्ष मातृकाप्रसादको नेतृत्वमा बाहिर चाहिँ अहिंसात्मक आन्दोलन चलाउने भन्ने घोषणा गरियो र भित्रभित्रै विश्वेश्वरप्रसाद कोइरालाको र सुवर्णशमशेरको निर्देशनमा सशस्त्र सङ््घर्षको योजना तयार हुन थाल्यो । नेपाली काङ््ग्रेसको निर्माण भएपछि २००७ साल भाद्र २६ र २७ मा वैरगनियामा सम्मेलन गरी यसले नेपालभित्र सशस्त्र आन्दोलन गर्ने निर्णय गर््यो । यसै निर्णयका आधारमा २००७ सालको असफल क्रान्तिको थालनी भएको थियो ।
महाकवि देवकोटा २००४ साल श्रावणदेखि २००६ सालको आश्विनसम्म बनारस बसेका थिए । त्यस अवधिमा नेपाली काङ््ग्रेसको गठन भैसकेको थिएन र नेपाली राष्ट्रिय काङ््ग्रेसको उद्देश्य ‘नेपालमा राणाशासन समाप्त गरी श्री ५को नेतृत्वमा वैधानिक प्रतिनिधि सरकार खडा गर्ने र भारतको स्वाधीनता प्राप्तिमा बल पुर््याउन सहयोग गर्ने’ भन्ने मात्र थियो । प्रजापरिषद््का कार्यकर्ताहरूलाई आह््वान गरेर प्रत्यक्ष रूपले अहिंसात्मक जनक्रान्तिमा सहभागी हुन भवानीपुरमा एउटा प्रस्ताव पारित गरिएको थियो । देवकोटाको क्रान्तिसम्बन्धी धारणा यसबाट अप्रभावित थिएन र उनी क्रान्तिको प्रकृति र चरित्रका बारेमा एकदमै अस्पष्ट थिए । नेपाली राष्ट्रिय काङ््ग्रेसको मुखपत्र ‘युगवाणी’ आप््mनो राजनीतिक पार्टीको विचारधाराबाट मुक्त हुने कुरै थिएन । क्रान्तिको कुरो गर्दा क्रान्तिको पक्षमा खालि कम्युनिस्टहरूले मात्र गर्दछन्् भन्ने ठान्नु गलत हुन्छ । यसको पुष्टि नेपालकै अनुभवले पनि गर्दैन । सात सालको मात्र होइन, सुवर्णशमशेरले कलकत्तामा बसेर निर्वासित भएका, लुकेर भारत पसेका पार्टीका सारा कार्यकर्ताहरूलाई पुनः सङ््घटित गरेर पञ्चायती शासन विरुद्ध सशस्त्र आन्दोलन नै चलाएको र पछि भारत–चीन युद्ध हँुदा नेहरूसरकारको अनुरोधमा उनले सो आन्दोलनलाई स्थगित गरेको कुरो हामी सबैलाई थाहा नै छ (नेपालः२०६५ः१७२–७३) । माक्र्सवादको उदय हुनुअघिदेखि नै विश्वमा क्रान्ति हुँदै आएका छन्् र सर्वहाराक्रान्तिको युगअघि पुँजीपतिवर्ग स्वयम्् पनि क्रान्तिकारी वर्ग थियो । तर सर्वहारा क्रान्तिको युगमा आइपुग्दा ऊ क्रान्तिकारी शक्ति होइन, क्रान्तिविरोधी शक्तिका रूपमा रूपान्तरित भैसकेको थियो । पँुजीपतिवर्ग अझ भनौं नेपालको सन्दर्भमा दलाल पँुजीपति वर्ग पहिलेझैं क्रान्तिकारी नै छ भन्ने विचारको प्रभाव कवि देवकोटामा यतिखेरसम्म पनि बाँकी रहिरहेकै देखिन्छ । देवकोटा आन्तरिक रूपले नै क्रान्तिको पक्षमा थिए । तर उपर्युक्त कारणले कवि देवकोटाले लिएको त्यतिखेरको क्रान्तिको आदर्श भ्रामक र काल्पनिक थियो । वास्तविक रूपले उनले गरेको क्रान्तिको आकाङ््क्षा र उनले स्वीकार गरेको राजनीतिक विचारका बीच निकै ठूलो अन्तराल समेत थियो । देवकोटाले त्यतिखेर जुन विचार लिएका थिए त्यसबाट क्रान्तिसम्पन्न र सफल हुन असम्भवजस्तै थियो । क्रान्ति पुरानो प्रतिक्रियावादी सामाजिक व्यवस्थालाई समाप्त पारेर त्यसका ठाउँमा नयाँ प्रगतिशील व्यवस्थाको स्थापना हो, पुराना वर्ग र उत्पादनसम्बन्धहरूको समाप्ति हो । यसलाई त्यतिखेरका क्रान्तिकारी कवि देवकोटाले आत्मसात्् नै गरेका थिएनन्् । राणाशासन समाप्त पारी राजाको नेतृत्वमा वैधानिक प्रतिनिधि सरकार खडा गर्नु वास्तवमा क्रान्ति थिएन । क्रान्तिसम्बन्धी देवकोटाको धारणा यही अमूर्त, पू“जीवादी आदर्शद्वारा अभिप्रेरित थियो । त्यसैले यो पँुजीवादी मानवतावादबाट मुक्त थिएन । राष्ट्रिय काङ््ग्रेसको मुखपत्र ‘युगवाणी’ पनि पार्टीको चिन्तनबाट पृथक्् थिएन । असिंहात्मक आन्दोलनबाट राणाहरूलाई शासनबाट हटाएर शाहहरूलाई ल्याउने शासकहरूको परिवर्तनलाई नै क्रान्ति ठान्ने सोच त्यसको पनि थियो । त्यसैले यस पत्रिकालाई प्रगतिवादी ठान्ने आधार नै थिएन ।
जहाँसम्म ईश्वरको विरोधको कुरो हो त्यसका आधारमा मात्र देवकोटालाई माक्र्सवादी वा द्वन्द्वात्मक भौतिकवादी मान्न मिल्दैन । भौतिकवादीहरू स्वाभाविक रूपले नै ईश्वरविरोधी हुने गर्दछ, महान प्रबोधनकालीन दार्शनिकहरू भौतिकवादी थिए, निरीश्वरवादी थिए, तर ती प्रगतिवादी वा माक्र्सवादी भने थिएनन्् । नेपालकै मानिसहरूको कुरो गर्दा पनि विश्वेश्वरप्रसाद कोइराला ईश्वरप्रति पटक्कै आस्था राख्तैनथे । पशुपतिलाई म्युजियममा लगेर थन्क्याउनुपर्छ भन्ने विचार कोइरालाको थियो (पोखरेल र ढकालः२०६०ः१२१) । तर उनलाई कसैले पनि प्रगतिवादी भनेर उल्लेख गर्न सक्तैन र सकेको छैन । यस सन्दर्भमा अझ अनौठो कुरो त के छ भने देवकोटालाई प्रगतिवादी भनेर पुष्टि गर्न प्रयासरत समालोचकहरू स्वयम्् पनि आप््mनै तर्कका विरुद्ध देवकोटा ईश्वरवादी नै हुन्् भनेर तर्क गरिरहेका देखिन्छन्् । डा. कुमारबहादुर जोशीको भनाइअनुसार महाकवि देवकोटाको यो मानवतावादले पश्चिमी संसारबाट फैलिएको मानवतावादले झैं मानवोपरि दिव्य सत्ताको वा ईश्वरको निषेध भने गर्दैन, बरु यसले मानवलाई नै ईश्वरको रूपमा राखेर हेर्दछ र ईश्वरलाई जत्तिकै सम्पूर्ण महत्व प्रदान गर्दछ । यस प्रकारको यो मानवतावाद नै महाकवि देवकोटाको महान्् आदर्शको मूलाधार हो र आप््mनै किसिमको जीवन–दर्शन पनि (जोशीः२०३१ः१५३) । एकातिर देवकोटालाई द्वन्द्वात्मक भौतिकवादी भनेर किटान गर्न र अर्कातिर देवकोटाको मानवतावादले ईश्वरको विरोध गर्दैन भनेर परस्परविरोधी र सिद्धान्तहीन कुरो गर्न हाम्रा समालोचकहरू किन लाजसरम मान्दैनन्् आश्चर्य लाग्दछ ।
खोला र नाला पहाडमा हामी बसेर गाउँछौं, हे पशुपति, हे गुह््येश्वरी भनेर कराउँछौं ।
हामीलाई केही उज्यालो देऊ देशको केही होश, हामीलाई खान लाउन देऊ बढाऊ केही जोश ।
हौं हामी पनि मान्छे पो ठाकुर पुच्छर त छैन रे, हक हाम्रो पनि देशमा हुन्छ ईश्वरको ऐन रे १
यी पङ््िक्त ‘पहाडी पुकार’का हुन्् । प्रगतिवादको आधारभूत कुरो भौतिकवादलाई नै यसले अस्वीकार गरेको प्रस्ट छ । ‘पहाडी पुकार’ कवि देवकोटाको महत्वपूर्ण आलोचनात्मक यथार्थवादी रचना हो भन्ने कुरा निर्विवाद छ । तर यसले पँुजीवादी मानवतावाद र लोकतन्त्रको सीमालाई अतिक्रमण गर्न भने सकेको पाइ“दैन । त्यसैले यसलाई प्रगतिवादी रचना भन्न सकिन्न ।
हामीले माथि नै प्रस्ट गरिसकेका छौं– नेपाली राष्ट्रिय काङ््ग्रेस वैधानिक राजतन्त्र र पुँजीवादी लोकतन्त्रमा आस्था एवम्् विश्वास राख्ने राजनीतिक पार्टी थियो । ‘युगवाणी’ त्यसैको मुखपत्र थियो र देवकोटा त्यसका सम्पादक थिए । त्यसैले ‘युगवाणी’लाई माक्र्सवादी पत्रिका थियो भन्ने भ्रम फैलाउनेगरी अतिरञ्जनासहित प्रस्तुत गर्नु न उचित हुन्छ, न त देवकोटामा परेको माक्र्सवादको अति झिनो भावनात्मक प्रभावलाई प्रगतिवादका रूपमा मूल्याड्ढन गर्नु उपयुक्त हुन्छ । हाम्रा कतिपय समालोचकहरू क्रान्तिको, समाजसुधारको, परिवर्तनको कुरो आउनासाथ यसलाई प्रगतिवाद ठान्न पुग्दछन्् र यस खालको प्रवृत्तिले विकृति ल्याउने तथ्यलाई बेवास्ता गर्दै यसलाई गलत रूपमा प्रस्तुत गर्ने धृष्टता गर्दछन । नेपाली साहित्यमा प्रगतिवाद वा समाजवादी यथार्थवादबारे जे जति चर्चा वा व्याख्या–विश्लेषण भएको छ त्यो सम्बन्धित शिविरबाट नभएर प्रतिध्रुवबाट नै बढी हुने गरेको छ । त्यस्ता आलोचकहरूको व्याख्या–विश्लेषणले या त माक्र्सवादी साहित्यचिन्तन सम्पूर्णलाई समाजवादी यथार्थवादको पर्यायका रूपमा लिने प्रयत्न गरेको पाइन्छ कि त गरीब वर्गको दयनीय जीवनको चित्रण गर्नु, त्यस्ता असहाय जनसमुदायमाथि हार्दिक सहानुभूति राख्नु वा सामन्ती मनोवृत्तिको भन्डाफोर गर्नु, समाजसुधारको भावना राख्नु, क्रान्तिको चाहना गर्नु, परिवर्तनको आकाङ््क्षा गर्नु प्रगतिवाद वा समाजवादी यथार्थवाद हो भन्ने गलत निष्कर्ष निकाल्छन्् । शोषण र गरिबीको चित्रण वा शोषित वर्गप्रति सहानुभूति, स्वच्छन्दतावाद एवम्् आलोचनात्मक यथार्थवादको उत्पत्तिभन्दा अघिदेखि नै हँुदै आएको तथ्यप्रति उनीहरू एकातिर सचेत देखिँदैनन्् भने अर्काेतर्फ धनी वर्गको राक्षसी प्रवृत्ति, त्यसका विरुद्ध विद्रोह र विरोध एवम्् सामन्ती तथा पँुजीवादी मनोवृत्तिको भन्डाफोरमा र उत्पीडित वर्गको चित्रणका क्रममा नै आलोचनात्मक यथार्थवाद विकसित भएको हो भन्ने तथ्यलाई पनि भुल्दछन्् (प्रगतिवाद आलोचनात्मक यथार्थवादको गुणात्मक विकास, अझ अघिल्लो चरण हो–ले.) । सामन्तवादका विरुद्ध क्रान्ति गरेर नै पूँजीवाद विकसित भएको हो र क्रान्तिको कुरो माक्र्सवादीहरूले मात्र गर्दैनन्् भन्ने तथ्यलाई पनि उनीहरूले ख्याल राखेको पाइँदैन । उल्लेखित विषयहरू समाजवादी यथार्थवादभित्र त पर्दछन, तर समाजवादी यथार्थवादको सीमा यही“सम्म होइन (चापागाईंः२०५१ः८८) । प्रगतिवादले साहित्यलाई खालि जीवन र समाजको व्याख्या एवम्् आलोचनाका रूपमा हेर्ने दृष्टिकोणलाई अपर्याप्त ठान्दछ । यसले साहित्यलाई यथार्थ एवम्् यथार्थ र चेतनाको सम्बन्धलाई बोध गराउने साधनका अतिरिक्त सामाजिक चेतनाको निर्माण र सामाजिक जीवनको परिवर्तनको माध्यम पनि मान्दछ । परस्परविरोधी वर्गहरूमा विभाजित समाजको सबल, गतिदायी शक्ति र विकासको स्रोत भनेकै वर्गसङ््घर्ष हो, पुरानोको उन्मूलन र नया“, बढी प्रगतिशील समाजव्यवस्थाको स्थापनाको कारक–तत्व–सामाजिक क्रान्ति–वर्गसङ््घर्षको उच्चतम रूप हो र समाजको आमूल परिवर्तनको माध्यम बन्न यही कारण साहित्यले वर्गसङ््घर्ष एवम्् सामाजिक क्रान्तिको पक्षमा उपयुक्त भूमिका निर्वाह गर्नु अपरिहार्य हुन्छ भन्ने मान्यता यसको रहने गरेको छ । प्रगतिवादका अनुसार उत्पादनसाधन माथिको निजी स्वामित्व नै त्यस्तो आधार हो जसले समाजलाई वर्गमा विभाजित गर्दछ । यो त्यस्तो आधार हो जसका आधारमा उत्पादनसाधनका मालिकहरू श्रमजीवी वर्गहरूको शोषण गर्दछन्् र यही निजी सम्पत्तिले गर्दा नै वर्गहरूका बीचमा सामाजिक विरोध उत्पन्न हुन्छ । जुन समाजमा उत्पादनसाधनप्रति हरेकको समान हैसियत हुन्छ त्यहाँ न वर्ग हुन्छ न त मानवद्वारा मानवमाथि शोषण हुन्छ । यही कारण सामाजिक असमानता, विभेद, कलह, दरिद्रता, दुःख र अव्यवस्थाजस्ता सामाजिक दोषहरूबाट उन्मुक्तिका लागि निजी स्वामित्वको अन्त, सामूहिक स्वामित्वको आवश्यकता, वर्गहरूको उन्मूलन र वर्गविहीन समाजको स्थापना अनिवार्य शर्त मानिन्छ (चापागाईंः२०६४ः१४५–४६) ।
वर्गसङ््घर्षको सिद्धान्तकै सवालमा पनि हामीले के बिर्सनु हु“दैन भने समाजमा यसको विद्यमानताको उद््घाटन माक्र्सभन्दा पहिले पू“जीवादी विद्वान्् एडम स्मिथ र डेभिड रिकार्डाे, अझ त्यसभन्दा धेरै पहिले हेल्लेतियसले गरिसकेका थिए । जसले वर्गसङ््घर्षलाई मात्र मान्यता दिन्छ उसले अझै बुर्जुआ तर्कपद्धति र राजनीतिको सीमालाई तोडिसकेको हु“दैन । माक्र्सवादी त त्यो हो जसले वर्गसङ््घर्षको अनिवार्य परिणाम सर्वहारावर्गको अधिनायकत्व हो भन्ने विश्वास गर्दछ ( चापागाईंः२०६४ः१५१) । माक्र्सवादको उदयभन्दा अघिका आलोचनात्मक यथार्थवादी रचनाहरूले पनि वर्गसङ््घर्षको चित्रण नगरेका होइनन्् । तर भिन्नता के छ भने आलोचनात्मक यथार्थवादले यसको संवाहक शक्तिको सही निक्र्याेल प्रस्तुत गर्न सकेन । समाजवादी यथार्थवादले सही संवाहक शक्ति र समाधानसहित वर्गसङ््घर्षको सारसम्म पुर््याउने उद्देश्य राख्तछ । ऐतिहासिक प्रक्रियाको चालक शक्तिको रूपमा वर्गसङ््घर्षलाई स्कट, पुश्किन, बाल्जाक, स्तेन्धाल र डिकेन्स जस्ता अनेकौं आलोचनात्मक यथार्थवादी रचनाकारहरूले राम्ररी प्रस्तुत गरेका छन्् । बाल्जाकले व्यक्तिगत एवम्् सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा पूँजीवादी व्यक्तिगत स्वार्थका अनाधिकार चेष्टालाई वर्गण गर्दै स्तेन्धालले झैं व्यक्तिगत स्वार्थको सङ््घर्षको कारण वर्गस्वार्थको टक्कर हो र सामाजिक सम्बन्धहरूको मूलमा वर्गसङ््घर्ष निहित रहेको छ भन्ने देखाएका छन्् । स्तेन्धालका पछिल्ला चरणका रचनाहरूले तात्कालिक जनता र शासकवर्गका बीचका द्वन्द्वलाई मात्र होइन शासकवर्ग र सर्वहारावर्गका बीचको नयाँ द्वन्द्वलाई समेत उद््घाटित गरेका छन् । औद्योगीकरण उच्च रूपमा विकसित भएको ब्रिटिस समाज र चार्टिस्टहरूको सङ््घर्षको अनुभवमा आधारित भएर डिकेन्सले पनि यही दिशाको अनुसरण गरेका छन्् । यसैगरी आलोचनात्मक यथार्थवादी साहित्यमा वर्गमानप्रति अस्वीकृति मात्र होइन सङघर्षरत नायकको खोजी गर्ने आतुरता पनि प्रशस्त पाइन्छ । तर उल्लिखित तत्वका आधारमा नै यस्ता रचनाकारलाई समाजवादी यथार्थवादी प्रमाणित गर्न खोज्नु न्यायसङ््गत ठहर्दैन (चापागाईंः२०५१ः१११–११२) ।
शत्रुतापूर्ण वर्ग–अन्तर्विरोधमा आधारित पुँजीवादी समाजमा प्रारम्भ भएको आलोचनात्मक यथार्थवादले ती अन्तर्विरोधहरू भन्डाफोर गर्न, शोषणमूलक समाजको अन्यायका विरुद्ध, व्यक्तिको अधिकारहीनता र दमनका विरुद्ध सकारात्मक अडानहरू लिने नायकहरू निर्माण गर्ने काम पनि गरेको थियो र त्यो कार्य अहिले पनि धेरथोर गरिरहेकै छ । तर यसरी सकारात्मक अडान लिने पात्रहरूमा वास्तविक रूपबाट प्राप्त गर्न सकिने सामाजिक एवम्् सौन्दर्यात्मक कुनै ध्येय हुँदैन र पूँजीवादी यथार्थवादअन्तर्गत व्यावहारिक रूपबाट प्राप्त गर्न नसकिने न्याय एवम व्यक्तिगत स्वतन्त्रताको अमूर्त आदर्श यस्ता कृतिहरूमा पाइन्छ । यो आलोचनात्मक यथार्थवादको सीमा हो । यसको मूल कारण पँुजी र श्रमका बीचको अन्तर्विरोधलाई समाधान गर्ने सवालमा आलोचनात्मक यथार्थवादीहरू प्रस्ट छैनन्् । उनीहरूमध्येका केहीले सहानुभूति राखेको श्रमिक वर्गको विजयको अनुरूप पँुजी र श्रमका बीचको अन्तद्र्वन्द्वलाई ठीक तरिकाले समाधान गर्ने उद्देश्यले यसबारे पर्याप्त गहिराइका साथ ध्यान दिन नसक्नुमा उनीहरूमा रहेको अस्पष्ट जनवादी प्रकृतिको दृष्टिकोण आंशिक रूपले बाधक बन्न पुगेको छ र अर्काे आंशिक कारण चाहिँ त्यतिखेरको श्रमिक आन्दोलन विविध काल्पनिक र निम्न पुँजीवादी भ्रमहरूले ग्रस्त रहनु थियो । त्यसैले उनीहरूको समाधान वैज्ञानिक हुन सक्तैनथ्यो र काल्पनिक बन्न पुग्दथ्यो (चापागाईंः२०५१ः७९) । पुँजी र श्रमका बीचको अन्तद्र्वन्द्वलाई वैज्ञानिक र ठीक तरिकाले समाधान समाजवादी यथार्थवादले मात्र गर्दछ किनभने वैज्ञानिक समाजवादबाट यो सुसम्पन्न हुने गर्दछ र त्यसलाई आत्मसात् गरेर रचनाकारले कृतिको रचना गरेको हुन्छ । उसका रचनामा पँुजी र श्रमका बीचको अन्तद्र्वन्द्वको समाधान वा त्यसको सङ््केत कुनै न कुनै रूपमा विद्यमान रहन्छ । वास्तवमा यस्तो समाधान वा सङकेत रचनाबाट प्राप्त नभएको खण्डमा उक्त रचना समाजवादी यथार्थवादभित्र पर्दैन र त्यस्तो रचनालाई प्रगतिवादी रचना भन्न सकिन्न । यही कारण यस चरणका देवकोटाका रचनालाई पनि प्रगतिवादभित्र राख्न सकिन्न । प्रगतिवाद वा समाजवादी यथार्थवादको महत्व सर्वप्रथम के कुरामा छ भने यसले समाजमा आमूल परिवर्तन ल्याउनमा प्रभावपार्ने साधनहरू जीवन स्वयम््को गतिमा छ भन्ने अनुभूत गर््यो । यथार्थ कुन तरिकाले परिवर्तित हुन्छ र विकसित हुन्छ त्यो प्रक्रियालाई विश्लेषण गर्दै यसले सामाजिक असमानता र मानिसमाथिको मानिसको शोषणलाई ध्वस्त पार्न सक्षम वास्तविक शक्तिलाई प्रदर्शन ग¥यो (ख्राप्चेन्कोः१९७७ः३१६) । यसको अभावमा प्रगतिवादको कल्पना पनि गर्न सकिन्न ।
कवि देवकोटा यथार्थको सत्यनिष्ठ प्रतिबिम्बन गर्ने, जीवनसत्यको निरन्तर अनुसरण गर्ने, यथार्थको ऐतिहासिक आशयसहित ठोस पुनरुत्पादन गर्ने र त्यसको आधारमा आप््mनो विचार एवम् सन्देशलाई पाठकसामु सम्प्रेषित गर्ने रचनाविधिका दृष्टिले यथार्थवादी कवि हँुदै होइनन्् । उनी त आप््mनो आकाङ््क्षाको आत्मगत अभिव्यक्तिको प्रयोग र सङ््घर्षको क्षेत्रका रूपमा यथार्थलाई ग्रहण गर्ने स्वच्छन्दतावादी कवि मात्र हुन्् । क्रान्तिकारी विकाससहित यथार्थलाई जस्तो छ त्यस रूपमा चित्रण गर्नुभन्दा बढी जस्तो हुनुपर्ने हो त्यो रूपमा अभिव्यक्त गर्नु कलाकारको काम मानेर अस्तित्वमान यथार्थलाई यथार्थपरक र सत्यनिष्ठ रूपमा प्रस्तुत गर्ने दायित्वबाट मुक्त हुने कवि हुन उनी । यो प्रवृत्ति उनका कवितामा सर्वत्र अनुभूत गर्न सकिने विषय हो । प्रगतिवादी दृष्टिकोणसम्पन्न रचनाकार भएको भए यस अवधिमा देवकोटाबाट ग्रीसेली पुराकथामा आधारित रहस्यवादी रचना ‘मायाविनी सर्सी’ (२००४–५), ‘सृजामाता’ (२००४–५), बोक्सीविद्यालाई आधार बनाएर लेखिएको धार्मिक एवम्् रहस्यवादी कृति ‘मैना’ (२००४–५), अन्धविश्वासलाई उत्प्रेरित गर्ने अविश्वसनीय घटनाहरूमा आधारित कृति ‘वसन्ती’ (२००४–५), आध्यात्मिकतामा केन्द्रित वैराग्यको चेतना बृद्धि गर्ने ‘वैराग्यलहरी’ (२००४–५), अपार्थिव र अतीन्द्रियलाई जोड दिने ‘आनन्दशतक’ (२००४–५), आध्यात्मिक र रहस्यवादी चेतना समेत विस्तार गर्ने ‘नवरस’ (२००४–५), आ“सुको महिमागान गर्ने ‘आ“सु’ (२००५) नितान्त प्रकृतिकेन्द्री कविता ‘वसन्त–सम्झना’ (२००५) र ‘नीला पाहाड’ (२००६), आध्यात्मिक एवम्् रहस्यवादी कविता ‘चरी’ (२००६), धार्मिक प्रकृतिको ‘सरस्वती–पूजा’ (२००७) जस्ता कविता–काव्यहरूको रचना हुने नै थिएन । यस समयावधिमा उनले पर्याप्त यथार्थवादविरोधी अर्थात् प्रगतिवादविरोधी रचनाहरू सृजना गरेका छन ।
कवि देवकोटा २००७ सालदेखि अझ बढी सामाजिक विषयवस्तुमा केन्द्रित भएर रचनाहरू निर्माण गर्न लागेका देखिन्छन् । यस सालमा प्रकाशनमा आएका कविताहरू ‘मेरो कोठा’, ‘वृक्ष’, ‘सरस्वतीपूजा’, ‘युद्ध स्वागत’, ‘दीपक–राग’, ‘विगुल गान’ आदिमा स्वतन्त्रता र क्रान्तिप्रतिको आÇनो अनुरागलाई व्यक्त गरेका छन्् र क्रान्तिमा लाग्न र देशलाई अघि बढाउन जनसमुदायलाई आह््वान गरेका छन् । ‘मेरो कोठा’मा तात्कालिक सामाजिक, आर्थिक, राजनीतिक व्यवस्थाप्रति व्यङ््ग्य छ भने यसमा कवि देवकोटाले आÇनो अस्तव्यस्त, आर्थिक रूपबाट दयनीय र अभावग्रस्त कोठाको चित्रण गर्दै आÇनो दीनहीन अवस्थालाई प्रस्तुत गरेका छन ।

१३. कालक्रमनिर्धारण र त्यसको पहिचानसम्बन्धी गलत चिन्तन
यसरी हेर्दा हाम्रा कतिपय समालोचकले महाकवि देवकोटाका सम्बन्धमा गरेका व्याख्या–विश्लेषण र मूल्याड्ढनहरू सर्वथा गलत देखिन्छन् । देवकोटाका रचनाको कालक्रमनिर्धारण, तिनको पहिचान र विश्लेषण पनि सही र वैज्ञानिक छैनन् । देवकोटालाई रोमान्टिक वा स्वच्छन्दतावादी प्रगतिवादी भन्ने तिनका विश्लेषण मात्र होइन, देवकोटालाई विशुद्ध प्रगतिवादी मान्ने धारणा पनि वस्तुपरक छैनन् । गहिरिएर हेर्ने हो भने प्रगतिवादसम्बन्धी तिनको दृष्टिकोण पनि गलत र भ्रामक छ । स्वच्छन्दतावादलाई हेर्ने तिनको दृष्टि पनि सर्वथा पूर्ण छैन । क्रान्तिकारी स्वच्छन्दतावादलाई ठम्याउन नसकेकै कारणले पटक पटक समालोचक त्रिपाठी ‘प्रगतिवाद देवकोटाका कवितामा मुखरित हुन थाल्नुको तात्पर्य रोमान्टिक देवकोटाको अन्त्य होइन’ (जोशी ः२०३१ः४६), मूलतः रोमान्टिक (अंशतः प्रगतिवाद यसैभित्र अन्तर्भुक्त) (जोशीः२०३१ः२२), ‘प्रगतिवाद देवकोटाको रोमान्टिक कवि–व्यक्तित्वको एक प्रवृत्तिविशेषकै रूपमा देखा पर्छ’ (जोशीः२०३१ः४६) भन्न पुग्दछन्् भने जोशीचाहि“ ‘प्रकृतिकेन्द्री स्वच्छन्दतावादी प्रवृत्तिसँगै परम्परागत रूढिलाई बढारेर नयाँ स्वच्छ समाजको निर्माण गर्ने विद्रोहमूलक प्रगतिवादी प्रवृत्ति प्रकटिएको’ (जोशीः२०४७ः७९), ‘तन वा भौतिकताभन्दा मन वा आत्मा र आत्मिक प्रेमप्रतिको आकर्षण, सामाजिक चेत तथा समाजसुधारको भावना, परम्पराप्रतिको विद्रोह र नयाँ मूल्य–मान्यता –प्रेमविवाह, अन्तर्जातीय विवाह आदि) प्रतिको आग्रह, नागर सभ्यताप्रतिको विमुखता र प्राकृतिक–आध्यात्मिक परिप्रेक्ष्यतर्फको अभिमुखता तथा आस्तिक चेतजस्ता स्वच्छन्दतावादी एवम्् प्रगतिवादी प्रवृत्तिहरू साथसाथ प्रकटित’ (जोशीः२०४७ः११३–११४), ‘आत्मिक प्रेमतर्पmको अभिमुखता अनि प्रकृति–मानव–तादात्म्य तथा प्रकृति, मानव र दिव्यताबीचको अन्तःसम्बन्धको प्रतिपादन जस्ता स्वच्छन्दतावादी प्रवृत्तिका साथै इतिहासचेतसहितको भावुक क्रान्तिचेत एवम्् आत्मबलिदानी प्रणयचेतको प्रस्फुटन जस्ता रोमान्टिक प्रगतिवादी प्रवृत्तिको पूर्वसड्ढेत’ (जोशीः२०४७ः११८), ‘मानवनिर्मित कृत्रिम सभ्यतातर्पmको विमुखता र परमप्रकृति (परमेश्वर), प्रकृति तथा प्राकृत सभ्यतातर्फको अभिमुखता अर्थात्् रोमान्टिक प्रगतिवादी–रहस्यवादी प्रवृत्ति प्रकटिएको’ (जोशीः२०४७ः१४०), ‘प्रगतिवादलाई समेत स्वच्छन्दतावादका साथ अँगाल्दै’ (जोशीः२०४७ः२२९), ‘रहस्यवादको स्पर्शसमेत परेको मानवतावादको दर्शनभित्र सङ््घर्षी प्रगतिवादको सूक्ष्म अन्तर्भाव र त्यससित आर्ष–आध्यात्मिक चेतको समीकरण गरिएको’ (जोशीः२०४८ः३५६), ‘व्यङ््ग्यविद्रोह एवम्् क्रान्तिचेतमूलक प्रगतिवादी उन्मेष प्रकट गरे तापनि.. यो प्रगतिवादी उन्मेष मूलतः प्रकृतिकेन्द्री स्वच्छन्दतावादी मानवतावादकै व्यापक परिधिभित्र गौण रूपमा रहेको’ (जोशीः२०४८ः३८६), ‘२०१०–२०१६ सालसम्मको महाकवि देवकोटाको कविता–यात्राको पाँचौं वा अन्तिम चरणको यस समयावधिमा उनको स्वच्छन्दतावादी सौन्दर्यचेतले प्रगतिवादसित संश्लेषित हुँदै र व्यङ््ग्यविद्रोह एवम्् क्रान्तिचेतमूलक व्यञ्जनाधर्मी काव्यसौन्दर्यको बढ््दो उत्कर्षलाई आत्मसात्् गर्दै लगेको’ (जोशीः२०४८ः३९३) आदि आदि अन्तर्विरोधी, अतार्किक र गलत भनाइहरू राख्न पुग्दछन्् । कवि देवकोटाको मूल्याड्ढनका सन्दर्भमा यस्ता धारणाहरू प्रचार–प्रसार गरेको कारणले देवकोटालाई सही रूपले हेर्नका लागि पनि यस्ता विचारहरूको चिरफार र आलोचनात्मक विवेचना हुनु अति आवश्यक छ ।

१४. देवकोटाको मूल्याड्ढन उनकै सोचमा आधारित हुनुपर्छ

देवकोटाको महानताको चर्चा गर्दा आलोचकहरू प्रायः नेपाली जनता र देशको भलाइका लागि खासै महत्व र अर्थ नराख्ने देवकोटाका रचनाहरूको उल्लेख गर्दछन्् र तिनका आधारमा उनलाई महान्् सिद्ध गर्ने प्रयास गर्दछन्् । वास्तवमा यो कवि लक्ष्मीप्रसाद देवकोटाको उच्च मूल्याड्ढन नभएर अवमूल्यन हो । उनको महत्ताको निर्धारण उनले जनताका लागि लेखेका र नेपाली समाजको भलाइमा काम लाग्ने कृतिहरूका आधारमा नै हुन सक्तछ । उनले जे जति लेखेका छन् ती सबै श्रेष्ठ छन्् र समाजोपयोगी छन् भन्ने गलत सोच हामी कसैले पनि लिनु उचित हँुदैन । यस कुराको पुष्टि स्वयम्् देवकोटाले व्यक्त गरेका कतिपय भनाइहरूबाट समेत भएको छ भन्ने मलाई लाग्दछ ।
प्रगतिशील साहित्यकार आनन्ददेव भट्टसित कुराकानी हुँदा देवकोटाले आप््mना रचनाहरूलाई श्रेणीबद्ध गर्दै भनेका छन्– ‘म तीन किसिमका रचना लेख्छु, तीन थरीका पाठकलाई– १) खूब गहिरो–एकदम विद्वान््का लागि, २) मझौला–शिक्षित मात्रका लागि, ३) साधारण मानिसले बुभ््mन सक्ने किसिमको । …म यी भिन्नतालाई पाठकको स्तर बमोजिम अनुकूल नै ठान्छु ।’ त्यस क्रममा उनले थपेका छन्– ‘तर शाकुन्तल चाहिँ अर्कै सुरमा लेखिएको हो । सुरु सुरुमा जब संस्कृतज्ञहरूबाट एक किसिमले ऊ लेख्न सक्छ ? भन्ने किसिमको कुरो आएकोले त्यै जोसमा लेखें, त्यस्तै भयो । तर पछि मैले सोचें साँच्चै मुनामदन लयमै लेखेको भए झन्् सबैले बुभ््mने र राम्रो हुन्थ्यो कि ? जे होस्् त्यो त्यस्तै भयो’ (बन्धु ः २०४६ ः ४७७) । यहाँनिर देवकोटाले केही सङ््केतमा भनेका छन्् र केही आफुलाई बचाउन पनि खोजेका छन्् । वास्तवमा प्रतिस्पर्धामा म कसैभन्दा कम छैन भन्ने सिद्ध गर्न उनले शाकुन्तल महाकाव्य लेखेको र अर्कै किसिमले लेख्नु उपयुक्त हुने थियो भनेर आफैंले सकारेको कुरो माथिको प्रसंगले प्रस्ट पार्दछ । देवकोटाको यस्तै खालको ‘सुलोचना’सम्बन्धी आत्मस्वीकृतिलाई पनि यस सन्दर्भमा राख्न सकिन्छ  ‘अझ होड गरेको थिइन–सायद एक दिनभरीमा एउटा (महाकाव्य) लेख्नसक्छु कि भन्ने मलाई आशा छ । तर चाँडै विचार गर, छन्दमा कुँद । तब विचार कसरी गहिरो होस् ? ..छिपछिपे नै होला यहाँ । ..छरितो छनाइलाई समय पो कहाँ थियो र ? ..यो पनि एक किसिमको खेलकूदको मजा हो । यहाँ बुनाइ, कताइ, छनाइ, तौल, नाप, जाँच, अक्षरपुछाइ छैनन् …’ (घिमिरे ः २०२५ ः ४४३) । यस्तै खालको अर्काे एउटा आत्मस्वीकृति छ उनको । त्यसमा उनी भन्दछन–‘..हो, म जान्दछु मैले एक शतक वा बढी श्लोक एक घन्टाभित्र तत्क्षण रचेको छु । तर मैले त्यसो गरेको बौद्धिक मनोरञ्जनका लागि थियो प्रेरणाको कुनै आदर्श प्रस्तुत गर्न होइन ..’ (घिमिरे २०२५ ः ८०) । यस्ता रचनाका आधारमा देवकोटालाई महान्् भनेर पुष्टि गर्न खोज्नु उपयुक्त हँुदैन । यस अतिरिक्त उनका अधिकांश निष्क्रिय स्वच्छन्दतावादी प्रवृत्तिका रचनाहरूले पनि नेपाली सामाजको आवश्यकतालाई परिपूर्ति गर्ने काम गर्दैनन््, तिनको सामाजिक उपादेयता नभएसरह छ । त्यसैले देवकोटालाई उनकै साहित्यिक चिन्तनका आधारमा मूल्याड्ढन गरेर त्यसका आधारमा महान् प्रमाणित गर्नु मात्र सही तरिका हो ।
साहित्य जनताको भाषामा जनताका निम्ति लेखिनुपर्छ भन्ने मान्यता देवकोटाको थियो (बन्धु ः २०४६ ः ४८०) । उनले एक ठाउँमा भनेका छन् पुराना कविहरूको भाव शिक्षात्मक, पोषक र व्याख्यात्मक थियो । अहिलेका पिढीँका लेखकहरूका भाव रहस्यात्मक, मनमौजी र वैयक्तिक तथा यदाकदा अत्यन्त असङ््गतिपूर्ण देखिन्छ । हामीहरूले हाम्रो भाषाको स्वस्थ प्रवृत्तिलाई छोडिदिएका छौं र यसलाई प्रबोधनको माध्यमका रूपमा प्रयोग गर्न सकेका छैनौं । जनताको निम्ति केही गरेर उनीहरूको सामान्य सहानुभूति पाउनुभन्दा अघि नै हामीले आप््mनै प्रशंसा गरेर आत्मप्रशंसामा खर्च गरेका छौं । यसको परिणाम हो साहित्यको जीवनसँग जीवनविच्छेद…’ (बन्धु ः २०४६ ः ४८०) । उनले यस सन्दर्भमा साहित्यकारहरूलाई सुझाउ दिँदै के भनेका छन्् भने ‘म मेरा साहित्यिक बन्धुहरूलाई पहाड, तराई, टोल र गाउँहरूको यात्रा गरेर आपूmलाई जीवित जनताको सम्पर्कमा राख्ने सुझाउ दिन्छु । चीन र रुसका लेखकहरूले झैं हामीले पनि तिनीहरूको बीचमा गएर सँगै बसेर अनि साथै काम गरेर उनीहरूले आप््mना अन्तर्हृदयमा राखेका दर्शन र आदर्शहरूको उद््घाटन गर्न सक्छौं’ (बन्धु ः२०४६ ः४८१) । म्हेन्दु खण्डकाव्यको विषयमा चर्चा गर्ने क्रममा उनले साहित्यका बारेमा भनेका छन् ‘जनवाणी र जयलयप्रति कवि लम्किन खोज्नु नै एक स्वस्थ प्रकृति जस्तो लाग्दछ । हामी हाम्रा महाकाव्य र उच्च कविताका हस्तिहाडे बुर्जामा दुनियाबाट कति टाढा र विदेशी छौं । नेपाली काव्य साहित्यलाई जनतातिर लैजाने र जनताको मुटुको सपनाको अन्वेषण तथा उद््घाटनको रूप बनाउने प्रवृत्ति हुनुपर्दछ भन्ने एक अमुखरित सिद्धान्त केही मात्रामा यस गीतिकाव्यले प्रकट गर्दछ’ (बन्धु ः २०४६ ः ४८१) । साहित्यसम्बन्धी चर्चा गर्ने क्रममा उनले ‘साहित्य र शिवत्व’ भन्ने लेखमा भनेका छन्–जसले समाजको हानी गर्छ त्यो जहर हो जरुर, असली साहित्य होइन । हृदय र मस्तिष्कको सन्तुलित विकासको पैदावारी गराउने चेष्टाद्वारा प्रकाशवान् व्यक्तित्वबाट प्रवाहित सिर्जनाका धारालाई हामी साहित्य भन्दछौं । यसको अस्तित्वको समर्थन नै सामाजिक चक्षुको उन्मीलन, हृदयको विकास र त्यसद्वारा बुद्धिको उद््बोधनमा अडेको छ । यो युगको प्रतिबिम्ब हो, त्यस्तै प्रगति पनि यसको उपयोगिता, यसको शिवत्वमा आधारित छ’ (बन्धु ः २०४६ ः ३६२–३६३) । सारमा उनी आफैंले साहित्यको शिवत्वलाई यसरी चिनाएका छन् हृदयस्पर्शिताका क्रियाद्वारा उत्तरोत्तर गतिपथमा मानवसमाजलाई प्रेरित गर्ने यसको गुण नै यसको मुख्य शिवत्व जाँचिन आउँछ’ (बन्धु ः २०४६ ः ३६३) । वि.सं. २०१५ सालमा भएको पहिलो अफ्रो–एशियाली लेखक सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेताका रूपमा देवकोटाले तासकन्दमा दिएको ऐतिहासिक भाषणमा उनको साहित्य सम्बन्धी धारणा अझ माथि उठेको छ । उनले यसमा साहित्यलाई वर्गीय हतियारका रूपमा लिएका छन्् र त्यो जनता र समाजको हितमा उठाइनुपर्दछ भन्ने आग्रह उनको रहेको छ । त्यसमा उनले भनेका छन् जीवनका निम्ति र विनाशका विरुद्ध, सह–अस्तित्वका निमित्त र सैनिक आक्रमणका विरुद्ध, राष्ट्रिय स्वधीनताका निमित्त र उपनिवेशवाद तथा साम्राज्यवादका विरुद्ध, आधुनिक मानवजातिका महान सङ््घर्षले जागरुक जनतामा शक्तिशाली समर्थन पाउन थालेको छ । यस अवस्थामा साहित्य कुनै एक वर्गको सौखको विषय हुन सक्तैन । अब त यो एक शक्तिशाली सामाजिक र राष्ट्रिय हतियार भएको छ’ (चापागाई ः२०६४ ः२४–२५) । देवकोटाका रचनाहरूको मूल्याड्ढन वा देवकोटाको महानताको पुष्टि उनका साहित्य सम्बन्धी यी विचारहरूलाई आधार नबनाइ गर्न सकिँदैन । उनका साहित्यसम्बन्धी विचारलाई आधार नबनाई उनको मूल्याड्ढन गर्न खोज्नु कवि लक्ष्मीप्रसाद देवकोटामाथि अन्याय गर्नु हुनेछ ।
सन्दर्भ सामग्रीहरू ः
ख्राप्चेन्को, मिखाइल । आर्टिस्टिक क्रिएटिभिटी, रिआलिटी एन्ड म्यान । मास्को, रादुगा पब्लिसर्स, १९७८
ख्राप्चेन्को, मिखाइल । दि राइटर्स क्रिएटिभ इन्डिभिज्युआलिटी एन्ड दि डेभलप्मेन्ट अफ लिटरेचर । मास्को, प्रोग्रेस पब्लिसर्स, १९७७
चापागाईं, निनु । उत्तरआधुनिकतावाद ःभ्रम र वास्तविकता । दो.संस्क. । काठमाडौं, विवेक सिर्जनशील प्रकाशन प्रा.लि., २०६४ वि.सं.
चापागाईं, निनु (संं.) । गोर्कीका छानिएका वैचारिक रचनाहरू । काठमाडौं, खोजी प्रकाशन गृह, २०६५ वि. सं.
चापागाईं, निनु । माक्र्सवादी चिन्तनमा सौन्दर्य । दो.संस्क. । ललितपुर, साझा प्रकाशन, २०६४ वि. सं.
चापागाईं, निनु । यथार्थवादी रचनादृष्टि र विवेचना । काठमाडौं, दिल वरदान, महिम चापागाईं, २०५१ वि. सं.
जोशी, कुमारबहादुर । एक व्यक्तित्व अनेक दृष्टि । काठमाडौं, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, २०४३ वि. सं.
जोशी, कुमारबहादुर । देवकोटाका कवितायात्राको विश्लेषण र मूल्याड्ढन । काठमाडौं, नेपाल रा. प्रज्ञा–प्रतिष्ठान, २०४७ वि.सं.
जोशी, कुमारबहादुर । देवकोटाका प्रमुख कविताकृतिको कालक्रमिक विवेचना । काठमाडौं, सिद्धार्थ वनस्थली प्राज्ञिक परिषद््, २०४८ वि.सं.
जोशी, कुमारबहादुर । पाश्चात्य साहित्यका प्रमुख केही वाद । काठमाडौं, त्रिवि पाठ््यक्रम विकास केन्द्र, २०३८ वि. सं.
जोशी, कुमारबहादुर । महाकवि देवकोटा र उनका महाकाव्य । काठमाडौं,सहयोगी प्रकाशन, २०३१ वि. सं.
नेपाल, ज्ञानमणि । अतीतका स्मृति र अनुभूति विश्वेश्वरदेखि वीरेन्द्रसम्म । काठमाडौं, रत्न पुस्तक भण्डार, २०६५ वि. सं.
पोखरेल माधवप्रसाद, सुमन ढकाल (सं.) । जनकलाल शर्माका संस्मरण । ललितपुर, साझा प्रकाशन, २०६० वि. सं.
बन्धु चूडामणि । देवकोटा । दो.संस्क. । काठमाडौं, साझा प्रकाशन, २०४६ वि. सं.
मिश्र, शिवकुमार । यथार्थवाद । दो.संस्क. । दिल्ली, दि मैकमिलन कम्पनी अफ इन्डिया लिमिटेड, १९७८
सुखोभ, बोरिस । अ हिस्ट्री अफ रियलिज्म । मास्को, प्रोग्रेस पब्लिसर्स, १९७३
श्रेष्ठ, दयाराम र मोहनराज शर्मा । नेपाली साहित्यको सङ््िक्षप्त इतिहास । द्वि. संस्क. । काठमाडौं, साझा प्रकाशन, २०४० वि.सं.
त्रिपाठी, वासुदेव । पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग २ । काठमाडौं, साझा प्रकाशन, २०३० वि. सं.
पत्रिकाः
गुनकेशरी । वर्ष–१, अड्ढ– १
चाइनिज लिटरेचर । सङ््ख्या–१२ । पेकिड्ड, फोरन लाङ््ग्वेज प्रेस, १९७८
भानु । देवकोटा विशेषाड्ढः । काठमाडौं, २०२५ वि. सं.