आप्रवासीले ढुंगा हाने गोली बर्साइनेछ : ट्रम्प

प्रकाशित मिति : शुक्रबार, कार्तिक १६, २०७५

एजेन्सी । विहिबार राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता आफूले अमेरिकाको शरणार्थीसम्बन्धी कानुन परिमार्जन गर्ने बताएका छन् ।उनले यसका लागि आफूले आफ्नो राष्ट्रपतीय विशेष अधिकार प्रयोग गर्ने बताए ।

सोही सम्बोधनको क्रममा रिपोर्टहरुसँगको कुराकानीमा उनले अमेरिका–मेक्सिको सीमानामा पठाइएका अमेरिकी फौजहरुमाथि ढुंगा हानिए सेनाले गोली हान्न सक्ने पनि बताए । ट्रम्पको संकेत ल्याटिन अमेरिकी देशहरुबाट समुह बनाएर अमेरिकातर्फ अघि बढीरहेका आप्रवासीहरुतर्फ थियो । सो समुह अहिले मेक्सिको आइपुगेको छ ।

आप्रवासनसम्बन्धी ह्वाइट हाउसमा दिइएको भाषणमा ट्रम्पले आफूले राष्ट्रपति चुनाव प्रचारको बेला गरेका कयैन नाराहरु दोहोराए । तर उनले यी समस्याहरुको ठोस समाधान भने थोरै मात्र प्रदान गरे ।

ट्रम्पले आफ्नो प्रशासनले एक एक्जेक्युटिभ अडर(कार्यकारी निर्देशन)मार्फत यस कार्य कार्यन्वयन गर्ने अन्तिम अवस्थामा पुर्याएको बताए । उक्त कदमले सीमामा आएर शरणको दावी गर्नेहरुलाई सिमित गर्ने बताइएको छ । उनले कयैन पटक आप्रवासीहरुले शरणको वनावटी आवश्यकता बताएर आफूहरुको प्रणालीलाई धोका दिने गरेको बताए ।

तर उनले आफूले राष्ट्रपतीय कार्यकारी निर्देशनमार्फत ल्याउन लागेको परिवर्तनले कसरी काम गर्छ भने स्पष्ट पार्न अस्वीकार गरे । साथै उनले प्रारम्भिक अवस्थामा रहेको नीतिगत परिवर्तनलाई सम्बोधन गर्नको लागि किन राष्ट्रपतीय सम्बोधन गर्नु पर्यो भन्नेलाई पनि स्पष्ट गरेनन् ।

अमेरिकी फौजले आप्रवासीहरुको समूहमाथि गोली हानेको कल्पना गर्नुहुन्छ भन्ने प्रश्नमा ह्वाइट हाउसमा उपस्थित रिपोर्टरहरुलाई ट्रम्पले भने,“ म त्यस्तो हुने आस पनि गर्दिन । तर पनि सेना हुन् ।”त्यसपछि उनले सैन्य सेवाका सदस्यहरुमाथि ढुंगा हान्दा त्यसलाई गोलीबारी मानिने भने, “ किनकी एक ढुंगाले मुखमा लाग्यो भने त्यो गोलीकै जस्तो काम गर्छ । ”

तर अमेरिकी रक्षा अधिकारीहरुले सीएनएनसँगको कुराकानीमा सीमामा तैनाथ गरिएको फौजले बल प्रयोग गर्ने सम्बद्धमा आफूहरुले नियम अनुरुप अघि बढ्ने र आत्मरक्षाको लागि मात्र बल प्रयोग गर्ने बताए ।

मध्यावधि निर्वाचनको दिन नजिकिदै गर्दा ट्रम्पले आप्रवासी मुद्धालाई बढी उचालिरहेका छन् । आलोचकहरुले विपक्षी डेमोक्रेटहरुको तुलनामा रिपब्लीकन मतदाताहरुमा चुनावलाई लिएर प्रशस्त उत्साह नेदेखिएको अवस्थामा ट्रम्पको सक्रियता बढेको हो ।