त्रिपुरासुन्दरी गाउपालिका स्तरीय निर्माणको कमिटी गठन अध्यक्षमा मोहनमान श्रेष्ठ

प्रकाशित मिति : शुक्रबार, कार्तिक १६, २०७५

राजेन्द्र रुम्बा कार्तिक १४ गते २०७५

त्रिपुरासुन्दरी गाउपालिका सिन्धुपाल्चोक। अखिल नेपाल निर्माण मजदुर संघ सिन्धुपालचोक जिल्ला अन्तरगत रहेको त्रिपूरा सुन्दरी गाउपालिकाको भेला सम्पन्न। उक्त भेलाले मोहनमान श्रेष्ठको अध्यक्षतामा २ जना महिला सदस्य पछि थप्नेगरी १३ सदस्यीय कार्यसमिती गठन गर्यो। भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघ उपाध्यक्ष जय कार्की ज्युको प्रमुख आतिथ्य रहेको थियो भने अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष अमित लामा विशेष अतिथि हुनुका साथै केन्द्रीय उपाध्यक्षहरु द्वय कमल न्यौपाने, नरहरी अर्याल, उप महासचिव द्वय राजेन्द्र रुम्बा, बिनोद भण्डारी र सचिव बिष्णु माया श्रेष्ठहरु अतिथिको रुपमा उपस्थिति हुनु हुन्थ्यो। उक्त कार्यक्रममा अतिथी कमल न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमका प्रस्तोता केन्द्रीय सदस्य दिपक भट्टराई हुनु हुन्थ्यो। प्रमुख अतिथी जय कार्की ज्युले नव निर्बाचित कार्यसमिती पदाधिकारी तथा सदस्यहरुलाई सुभकामना मन्तब्य दिने क्रममा श्रम ऐन र सामाजिक सुरक्षा नियमावलीको बारेमा प्रष्ट्याउदै सम्पुर्ण मजदुर वर्गहरुले सांगठनिक रुपमै एकीकृत भै आफ्नो हक अधिकार सुनिस्चित गराउन मजदुरहरु अघि बढ्नुको विकल्प छैन भन्नू भयो। शुभकामना मन्तव्य कै क्रममा विशेष अतिथी केन्द्रीय अध्यक्ष अमित लामाले समस्त मजदुरहरु स्थानीय तहबाटै आफ्नो पहिचानको लागि संगठनमा आबद्ध भै संगठित हुनु पर्दछ भन्नू भयो।

नवनिर्बाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरु:

१. अध्यक्ष – मोहनमान श्रेष्ठ २. उपाध्यक्ष – रामसुन्दर थामी ३. उपाध्यक्ष – तिलकबहादुर पौड्याल ४. सचिव – वीरबहादुर तिमिल्सिना ५. सहसचिव – हिरा नेपाली ६. कोषाध्यक्ष – दीलकुमारी न्यौपाने ७. सदस्य – शंकर थामी ८. सदस्य – श्याम न्यौपाने ९. सदस्य – नारायण धोज खत्री १०. सदस्य – जीवन खत्री ११. सदस्य – कुमार भट्टराई १२. सदस्य – भुपेन्द्र भण्डारी १३. सदस्य – कृष्ण भण्डारी चयन हुनु भएको छ ।