पीपीएल क्रिकेटमा धनगढीले दियो बुटवललाई १६२ रनको लक्ष्य

प्रकाशित मिति : बिहिबार, कार्तिक १५, २०७५

पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिपेन्द्र सिंह ऐरीको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनायो ।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र ड्यानियल लरेन्सलेअर्धशतकीय पारी खेले । लरेन्स ५२ रनमा आउट हुँदा कप्तान दिपेन्द्रले अविजित ५६ रन जोडे ।

३ खेलबाट २ अंक जोडेको धनगढीलाई प्ले अफ यात्रा कायम राख्न बुटवलविरुद्ध जित्नै पर्ने हुन्छ । बुटवल ३ खेलबाट ४ अंक जोडेर लिगको शीर्ष स्थानमा छ ।