किन जरुरी छ बैकल्पिक विद्यालय ? हेर्नुहोस् यस्तो छ कारण ,पढ्नुहोस र आफ्नो भबिष्य सुनौलो बनाउनुहोस्

प्रकाशित मिति : बुधबार, कार्तिक १४, २०७५

१. २०६१ सालको बैशाख महिनामा हाम्रो विद्यालय सहयोगी पाठशाला बैकल्पिक विद्यालय (त्यतिबेला स्ट्डेन्ट्स ओपन स्कुल ) मा आए र भने मैले केही वर्ष नेपाल प्रहरीमा जागिर खाए, छोडेर बिदेश गए प्रसस्त पैसा कमाए र नेपाल पर्किएपछि घर बनाउने र नाफा राखी बेच्ने काम सुरु गरे ।

यस शिलसिलाम मेरो संगत ठेकदार र इन्जिनियर सँग बढी हुनथाल्यो उनीहरूले बोलेका भाषा र गर्ने ब्यवहार मैले नबुभ्ने , कारण थियो मेरो पढाई । स्वदेश तथा बिदेशमा पटकपटक पाएको दुख र ठक्कर त छदैँ थिायो ।

साथै नेपालमा पनि अति लज्जाबोध भएपछि अब म पढाइलाई निरन्तरता दिन्छु बरु केही वर्ष मेरा कामहरू स्थगित गर्दछु । मलाई पढ्ने वातावरण चाहियो । यो कथा ललितपुर इमाडोलका ४३ वर्षीय श्याम आचार्यको हो । त्यसपछि उहाँलाई हामीले कक्षा १० मा भर्ना गरी १ वर्ष पढाई प्राइभेट परीक्षार्थीका रुपमा क्ीऋ मा सहभागी गरायौ , उनी प्रथम श्रेणीमा पास हुन सफल भए । सम्भवतस् हाल उनले नेपालको अध्ययन सकिसकेका छन् ।

२. काठमाडौ बालुवाटर बस्ने ६६ वर्षीय आमा गीता के.सी २०६५ सालमा हाम्रो विद्यालयमा आउनु भयो, स्वर्गीय श्रीमान आर्मीका अवकाशप्राप्त अधिकृत , बालुवाटारमा आप्नै घर, छोरा जर्मनमा छोरी बेलायत उहाँ यहा एक्लै ।

छोराको विवाह जर्मनी महिला सँग भएको छोरीको बेलायती केटा । छोराले फोन गर्दा बुहारी कुराकानी गर्न खोज्ने तर आमाले नबुभ्ने , छोरा बुहारी तथा छोरीले बोलाउदा जान नसक्ने ,श्रीमानको पेन्सन बुभ्न बैक जाँदा ल्याप्चे थिच्नु पर्ने यसको एउटै कारण थियो निरक्षरता अनि आमाले हमाीलाई भन्नुभयो बाबु मलाई फोन चलाउन मोबाइलमा केके देखाउछ चलाउन तथा सामान्य बोर्डहरू हेर्न पढ्न सकिाउनु पर्यो । हामीले आमालाइ बढो कष्टसाथ ३ वर्ष पढायौ । हाल आमा छोरीका साथ बेलायतमा हुनुहुन्छ ।

३. काठमाडौ चण्डोल बस्ने वर्ष ४९ की रेखा शर्मा पेशाले समाजसेवी तथा राजनीति । उहाँ एकपटक पार्टीको कार्यक्रमको शिलसिलामा दिल्ली जानुभएछ , त्यसक्रममा राति उहाँको रुम पाटनर बंगाली महिला पर्नुभएछ । दिल्लीको खाना र गर्मीका कारण ती बंगाली महिला झाडापखालाले एकदम विरामी भइ शौचालयमा नै लडी बेहोस हुनु भएछ ।

उहाँ ( रेखा शर्मा ) ले अंग्रेजी वा बंगाली केही नबुभ्ने उता ती बंगाली महिलाले नेपाली नबुभ्ने रातिको सुनसान समय सबै सुतिसकेका के गर्ने कसो गर्ने ठूलो समस्या परेछ । २ घण्टापछि बल्ल बल्ल ती बंगाली महिलाको होस आएछ र हरि नाम बोलाइछिन् । हरि कार्यक्रमका आयोजक र नेपाली प्रतिनिधि रहेछन् । त्यसपछि पक्कै हरिलाई बोलाइदिए भने यी बंगाली महिलाको ज्यान बच्छ होला भनी हरिलाइ बोलाइदिए र उनकोलाई उपचारमा लगियो उनी बाचिन ।

अनि उनलाई थाहा थयो अशिक्षित हुनुको पीडा र हाम्रो विद्यालयमा आइपुग्नु भएछ । त्यसपछि उहाँलाई २ वर्ष निरन्तर पढायौ । पछि उहाँको ब्यस्तताका कारणले निरन्तरता दिन सक्नुभएन । यी माथिका वास्तविक घटनाहरू त प्रतिनिधि घटनाहरू मात्र हुन् ।

२०५९ सालमा आएका बागबजार बिमला स्वीट्स का सञ्चालक बिमल श्रेष्ठ, २०६३ सालमा आएका ४१ वर्षीय जगत लामा, ४३ वर्षीय प्रहरी नायब निरीक्षक ( सं इ.) दिलबहादुर थापा ६५ सालमा आउनु भएको दिदी प्रहरी नायब निरीक्षक ( सं इ.) मीना श्रेष्ठ तत्कालीन माओबादी जनमुक्ति सेना ज्योति भुजेल होस या शिक्षा मन्त्रालयकै कर्मचारी विष्नुमाया सुनुवार, बन मन्त्रालयका कर्मचारी ५१ वर्षीय हरिप्रसाद बास्कोटा तथा नेपाल राष्ट्र बैकका ४६ वर्षीय यादब थापा लगायत सरकारी तथा संस्थान लगायत गैरसरकारी संस्थाहरूका कर्मचारीहरू नीजि संस्थाका कामदारहरू घरेलु तथा कामकाजी महिला तथा पुरुषहरू हजारौको संख्यामा यस विद्यालयबाट अनौपचारिक तथा औपचारिक शिक्षा लिन सफल भएका छन् । भने अन्य विभिन्न बैकल्पिक विद्यालय, खुला विद्यालय, महिला विद्यालय तथा इन्टिच्युटहरूबाटसमेत गर्दा लाखौ प्रौढ महिला तथा पुरुषहरूले शिक्षा पाइरहेका छन् ।

नेपाल सरकार शिक्षा मन्त्रालयका अनौपचारिक शिक्षा केन्द्र तथा जिल्ला शिक्षा कार्यलयले यस्ता अनौपचारिक, साक्षरता कक्षाहरु तथा निरन्तर शिक्षाका कक्षाहरुलाई नियमितता गर्नुपर्ने देखिन्छ । यसरी अनौपचारिक शिक्षा केन्द्र, विभिन्न संघ संस्थाहरू , सामुदायिक अध्ययन केन्द्र , महिला समुहहरू तथा विभिन्न स्थानीय क्लवहरूबाट साक्षरतादेखि माध्यमिक तह (कक्षा १०) सम्मको को अध्ययन पाइएपनि समस्या उच्च शिक्षामा झन् ठूलो छ । उच्च उमेर तथा जागिरे भएका कारण अधिकांस कलेजहरुले भर्ना लिनै नमान्ने , सोचेको विषय पढ्न नपाइने लगायत धेरै समस्याहरु रहेका छन् । बैकल्पिक तथा महिला विद्यालय जस्तै आफ्नो समयानुकुलको क्याम्पस वा उच्च शिक्षा दिने संस्था अति जरुरी रहेको छ ।

भुपाल बहादुर राम (९८५१०९२१५२)
सहयोगी पाठशाला बैकल्पिक विद्यालय
भाटभटेनी काठमाडौँ