नेकपाले मंसीर ८ गते जनसभा गर्दै सार्वजनिक हुँदैछन् विप्लव, वैद्यलाई निम्तो

प्रकाशित मिति : मङ्लबार, कार्तिक १३, २०७५

काठमाडौं ( नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ मा काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेका सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो ।

सभामा एक लाखभन्दा बढी सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ । हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

केही दिनअघि सत्तारुढ दल नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो ।

सभामा नेकपाले मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीलाई आमन्त्रण गर्ने भएको छ। सो सभामा पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताहरुले सम्बोधन गर्ने जनाइएको छ।