नेकपाको पाँच प्रदेशमा ५५/४५ को भागबण्डा

प्रकाशित मिति : शुक्रबार, कार्तिक ९, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पाँच प्रदेश समितिमा ५५/४५ को भागबण्डा हुने भएको छ । कर्णाली र २ नम्बर प्रदेश बाहेकका पाँच प्रदेशमा तत्कालीन एमालेले ५५ र तत्कालीन माओवादीले ४५ को अनुपातमा प्रदेश समिति बनाउने सहमति भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव बिष्णु पौडेललाई प्रदेश कमिटी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टंग्याउने जिम्मा दिएको छ ।

कर्णाली र प्रदेश २ मा तत्कालीन दुवै पार्टीको भागमा बराबर सदस्य पर्ने छन् ।

प्रदेश १ का २०७ सदस्यीय कमिटी बन्ने देखिएको छ भने प्रदेश २ मा २१५ सदस्य रहने समिति बन्ने तय भएको नेकपा स्रोतले जनाएको छ । प्रदेश ३ मा २१७, गण्डकी प्रदेशमा १८७ र प्रदेश ५ मा २०३ सदस्यीय कमिटी बन्ने बन्ने भएको छ ।

यस्तै कणार्ली प्रदेश कमिटी १७५ सदस्यीय हुँदा सुदूरपश्चिममा १८३ सदस्यीय प्रदेश कमिटी बन्ने नेकपाले जनाएको छ ।