कहिँ नभएको जात्रा हाँडीगाँउमा, भन्ने चर्चित उखान सुन्नु भयकै होला हो त्यहि जात्र आज देखि सुरु

प्रकाशित मिति : बिहिबार, कार्तिक ८, २०७५

काठमाडौं- प्रत्येक वर्ष दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइने चोक्टेनारायणको जात्रा सुरु भएको छ। ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी बिहीबार तीनवटा रथलाई हाँडीगाउँ परिक्रमा गराई यो जात्रा मनाइने गरिन्छ।

गजुर तलतिर फर्काएर राखिएको तीनतले मन्दिरमाथि सत्यनारायणको मूर्ति राखेर खटमा शहर घुमाउने यो जात्राको विशेषता हो। यो जात्रामा यसरी उल्टो गरी रखिएको मन्दिरलाई यात्राको क्रममा फनफनि घुमाउन गरिन्छ।

साथै रथमा मैनको सुगन्धित फूल बनाई राख्ने पनि गरिन्छ। यहि विशेषाताका कारणले यो जात्रालाई कहिँ नभएको जात्रा हाँडीगाँउुमा भनेर पनि भनिन्छ।

जात्राको एकैपटक दर्शन र पूजा गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ। कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि ती दिनसम्म यो जात्रा मनाउने गरिन्छ।