धादिङको थुम्किमा बस दुर्घटना ४ जना गम्भीर घाइते

प्रकाशित मिति : बुधबार, अशोज २४, २०७५

आश्विन -२४ धादिङ ।

धादिङ निलकण्ठ नगरपालिका १० थुम्कि भन्ने स्थानमा ना ४ ख ५६३९ नम्बरको  यात्रु बाहक बस दुर्घटना हुँदा ४ जना घाइते  भएका छन घाइते मध्य बसका सहचालक सिद्दलेक २ निवासी वर्ष २२का शिव कसाहीको अवस्था गम्भीर रहेको छ ।

३५-४० जना यात्रु लिएर काठमाडौबाट आरुघाट तर्फ गैरहेको बस टाइरेट भाँचिएर एक्कासि दुर्घटना भएको बसका चालक विष्णु गोपाल श्रेष्ठले कम्युनिस्ट अन्लाईनलाई जानकारी दिए ।

आज दिउँसो करिब २:३० मा भएको दुर्घटनाको उद्दार स्थानीयवासी र अन्य यात्रुहरुले गरेका थिय दुर्घटना भयको करिब डेढ घण्टा पछि मात्रै प्रहरी घटना स्थल पुगेको र घाइतेको  उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी ल्याइएको हाम्रा समाचारदाता दिपक पाण्डेले बताए ।