सेक्युरिटी मजदुर आन्दोलित, संझौता हुबहु कार्यान्वयन गर- अध्यक्ष राजेन्द्र पाठक

ट्रेड युनियन गतिबिधि

प्रकाशित मिति : सोमवार, अशोज २२, २०७५

अखिल नेपाल सेक्युरिटी मजदुर संघ जिफोर.एस.मूल कमिटीका अध्यक्ष राजेन्द्र पाठकले एक बक्तव्य प्रकाशित गर्दै जिफोर एस कम्पनीले नेपाल सरकारले बृद्धि गरेको बेतन हुबहु लागू गर्ने भनि आधिकारिक युनियनसित गरेको संmझौताको मसी सुक्न नपाउँदै संझौता विपरितको गतिविधि गर्न थालेकोले कडाईका साथ सहमति कार्यान्वयन गरियोस, अन्यथा त्यसवाट उत्पन्न परिणाम ब्यवस्थापनले नै भोग्नुपर्नेछ भनेको छ ।
आज सेक्युरिटी मजदुरहरुको ठूलो समुहले केन्द्रीय कार्यालय समेत घेराउ गरी साँकेतिक विरोध समेत जनाई सकेको छ । प्रेस बक्तव्यको पूर्ण पाठ यसप्रकार रहेकोछ र यस अघि भएको संझौता पनि यहाँ प्रकाशित गरिएको छ ।