चिसोपानीले नुहाउने गर्नुहुन्छ ,यदि नुहाउनुहुन्छ भने थाहापाउनुहोस् चिसोपापनिले नुहाउनुका फाइदा

प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५

चिसो पानीले तपाईको दिमागलाई पनि ठन्डा बनाउँछ । त्यस्तै तपाईको शरिरमा रहेको युरिक एशिडलाई चलायमान बनाउँदै विभिन्न चोट–पटकबाट लागेका खतमा बस्ने ब्याक्टेरियालाई हटाउन समेत भूमिका खेल्छ । यसबाहेक पनि चिसो पानीले शरिरमा गर्ने फाइदा धेरै छन् ।प्रजनन क्षमता वृद्धि – पुरुषको प्रजनन क्षमतामा चिसो पानीले वृद्धि ल्याउने एक अध्ययनको दाबी छ । यदी तपाईलाई बच्चा चाहिएको छ भने चिसो पानीले नुहाउने गर्नुहोस् । ठीक उल्टा, तातो पानीले पुरुषको प्रजनन क्षमता घटाउँछ ।

प्रभावकारी रक्तसञ्चार – ध्यानपूर्वक चिसो पानीको मज्जा लिनुहोस् । जब तपाईको शरिरको छालामा चिसो पानीले स्पर्श गर्छ, त्यतिबेला छुट्टै आनन्द आउँछ । याद गर्नुहोस्, यस्तो समयमा तपाईको रक्तसञ्चार निकै प्रभावकारी भइरहेको हुन्छ ।रोग प्रतिरोधक क्षमता बढाउँछ– यदी तपाई ह्वाइट ब्लड सेल बढाउन चाहनुहुन्छ भने चिसो पानीले नुहाउनुहोस् । चिसो पानीले नुहाउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

पाचनशक्ति बढाउँछ – तपाई जब चिसो अवस्थामा हुनहुन्छ तब आनन्ददायक महसुुस गर्नुहुन्छ । त्यस्तै तपाईको शरीरले पनि चिसो अवस्थामा आफै ताप बढाउँछ । त्यसपछि मेटावोलिजमको वृद्धि हुन्छ ।चोटको पीडा कम गर्छ – तपाईले धेरैभन्दा धेरै काम गर्नुहुन्छ भने तपाईको शरीरले आराम खोज्छ ।

त्यस्तो अवस्थामा दुर्घटना हुनसक्छ तर चिसो पानीले नुहाउनाले शरिरलाई फेरि ताजगी मिल्छ ।अतिरिक्त फाइदा – चिसो पानीले नुहाउनाले शरीरको भित्री पीडामा कमी आउँछ । यसले कपाल स्वस्थ रहन्छ भने किड्नीले समेत राम्ररी काम गर्छ ।