मेलिना राई र जोसेफ शाहीको ‘कर्के नजर’ सार्वजनिक भिडियो सहित :

प्रकाशित मिति : शुक्रबार, अशोज १२, २०७५

पछिल्लो समयकी चर्तित गायिका मेलिना राई र यूवा गायक जोसेफ शाही ठकुरीको आवाजमा कर्के नजर बोलको गित सार्वजनिक भएको छ । लोक–पप फ्यूजन शैलिमा बनेको रोमान्टिक गितको म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो ।

काले दाई, कान्छि मट्याङ–ट्याङ जस्ता दर्जनौ गितमा संगित भरिसकेका चर्चित संगितकार कोशिष क्षेत्रिको संगित रहेको कर्के नजरमा वासुदेव नेपालको शव्द रहेको छ भने चर्चित एरेन्जर उदयराज पौडेलले संगित संयोजन गरेका छन ।

कृपा दृष्य स्टुडियोमा रेकर्ड गरिएको गितलाई उज्वल स्रेयन महतले मिक्सिङरमास्टरिङ गरेका हुन । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गितमा सृष्टि खड्का र सुवास तिमल्सिनाको अभिनय हेर्न सकिन्छ ।

पछिल्लो समय भिडियो सम्पादन भन्दा निर्देशनमा व्यस्त निशान घिमिरेले कर्के नजरको भिडियो निर्देशन गरेका हुन । बालाजु स्थित एन।एफ।डि।सी स्टुडियायोमा खिचिएको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन भने बिकाश दाहालले सम्पादन गरेका छन ।

डान्सिङ शैलिका गितले राम्रो बजार पाईरहेको अवस्थामा सोही शैलिलाई कर्के नजरको भिडियोमा केही फरक तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।