बर्गघात की बर्गीय आन्दोलन अर्को नयाँ उचाईमा ?

जय कार्की : अन्टुफ उपाध्यक्ष तथा अन्टुफ–जिफन्ट एकता संयोजन समिति- सदस्य

जय कार्की प्रकाशित मिति : मङ्लबार, अशोज ९, २०७५

बर्गघात भनेको के हो ?

सामान्य भाषामा बर्गघात भन्नाले जसको पक्षधर भएर आन्दोलनको अगुवाई गरियो त्यसैको विरुद्धमा जाईलाग्नु वा गद्दारी गर्नु वा नष्ट गर्नुलाई भनिन्छ अर्थात उदाहरणको लागि टे«ड युनियन आन्दोलनको अगुवाई गरिरहेका नेतृत्व पंक्ति वा व्यक्तिले सो आन्दोलनलाई ध्वस्त गर्ने तर्फ योजनाबद्धरुपमा लगिरहेको छ, बर्गघात गरयो  , क्रान्तिकारी आन्दोेलनलाई विरोधी धारमा लगेर आत्मासमर्पण गरायो भने आरोप लगाउन जायज ठहर्छ र विद्रोहको झण्डा, डण्डा र अरु के के सकिन्छ उठाउन र उज्याउनु पनि सही ठहर्छ ।

तर अहिले यहाँ त महान वर्गीय एकताको प्रारम्भ भैरहेको छ । श्रमिकहरु एकजुट हुन लालायित भैरहेका छन् । र, माग गरिरहेका छन् एकता छिटो गर प्रतिक्रियावादीहरुलाई हामीभित्र खेल्ने, चलाउने र षड्यन्त्र गर्ने थोप्पो पनि ठाउँ नदेउ । यद्यपि बर्गीय आन्दोलनलाई सही दिशामा लैजान वृहत बहशको खाँचो छ । बर्गघात ग¥यो भनि बरबराउने समय भने यो होईन । बहस र छलफलको केन्द्रविन्दुमा आफै बस्ने सहभागी हुने तार्किकरुपमा परास्त हुँदैजाने अनि बर्गघात ग¥यो भनि अरुको थाप्लामा दोषारोपण गर्न कसैलाई पनि नैतिक छुट छैन ।

राम्रो भए मैले हो भन्ने गलत भए वर्गघातिहरुले हो भन्ने कुराले के दर्साउँछ ?
बर्तमान अवस्थामा उभिएर फ्ल्यासब्याकमा जाँदा बि.सं २००३ सालबाट प्रारम्भिक चरणबाट २०७५ सालसम्म अर्थात ७२ वर्षको श्रमिक आन्दोलनलाई हेर्ने हो भने नेपालको ट्रेड युनियन आन्दोलनले निकै महान फड्को मारेको छ । अनेकौं कालखण्डलाई पार गर्ने क्रममा यसले ठूलो बलिदानीपूर्ण आन्दोलन गरेको छ । अनगिन्ति शहीद, बेपत्ता र घाईतेजन यसको मूल सम्पति हो भने वैचारिक राजनीतिकरुपमा यसले गरेको विकास र संगगठनात्मक क्षमता असामान्य खालको छ । रहर लाग्दो छ गर्ब गर्न लायकको इतिहास छ ।

अझ अन्टुफ–जिफन्ट यी दुई विशाल संगठनहरुकोे एकतापछि अन्तर्राष्ट्रिय जगतको ध्यान नेपालका यही महासंघप्रति केन्द्रित रहने र संसारको पावर हाउस हुने निश्चित छ । एकतालाई लक्षित गरेर बहशकै लागि चेतावनि स्वरुप बर्गघातिको मिसाइर्ल दागेको हो भने पनि कुरा मिल्दैन, हात्ती छि¥यो पुच्छर अड्कियो भन्ने बेहुदा उखान टुक्का पक्कै लागू हुने अवस्थामा छैन ।

महान एकताको बहश खुल्लारुपमा भैरहेको छ, स्वस्थरुपमा भैरहेको छ, कुनै पनि पक्षले यो विषयमाथि छलफल गर्न अस्वीकार गरेको छैन । कतै पनि कुरा र विषय लुकेको छैन । कार्यदिशा वा आगामी योजनाका विषयमा व्यापकरुपमा समिति र उपसमितिहरु निर्माण गर्दै एकताको काम अघि वढिरहेको छ । के कुरा सत्य हो भने राजनैतिक विचारधाराका विषयमा वा मार्गनिर्देशक सिद्धान्तको विषयमा छलफल भएको छैन किनकी माउ पार्टीको राजनैतिक लाईनभन्दा बाहिर कुनै पनि हालतमा जान सकिन्न ।

त्यो विषय पार्टी बैठक, छलफल र अधिबेशनमा मात्र उठाउन सकिन्छ । टुप्पी कसेर छलफल र वहशमा भाग लिने आफ्ना तर्क र अडानलाई दर्ज गराउँने वा सहमतिमा पुग्ने तर वाहिर निस्केर वर्गघात भयो ग¥योे भन्ने त्यसलाई म मजदुरका माझमा गएर खुईल्याउँछु भन्नु कत्तिको जायज हो ?

हाम्रो छिमेकी देश भारतको श्रमिक आन्दोलन हाम्रो भन्दा निकै पुरानो हो, तर नेपाली टे«ड युनियन आन्दोलनको बराबरीमा आउन अझै कैंयौ बर्ष लाग्न सक्छ, त्यो गर्वकै कुरा हो । हामी वेग्ला बेग्लै संगठनको नेतृत्वमा थियौं । मागहरु साझा थिए । आन्दोलनको शैली पृथक थियो । आजका मितिसम्म आईपुग्दा जम्माजम्मी सबैको माग एकैप्रकारको हुन आईपुग्यो ।

फरक छ भने भन्नसक्नु प¥यो । के हो पृथक एजेण्डा ? हामीलाई बस्तुस्थितिले एकतामा पु¥याएको हो समाजवाद तर्फको यात्राले पु¥याएको हो । समाजवाद एउटा पार्टीले मात्र ल्याउन नसक्ने रहेछ भन्ने तथ्यले यहाँ ल्याईपु¥यायो । नेपाली मजदुर आन्दोलन कार्यान्वयनको चरणमा छ संघर्ष र ऐन नियमावलि बनाउन माग गर्ने चरणबाट निकै अघि बढिसक्यो त्यसको कार्यान्वयन कसरी गराउने भन्ने चरणका बारेमा कसरी र काँहबाट शुरु गर्ने भन्ने तर्फ नै केन्द्रित हुनुपर्छ ।

एकीकृत संगठनले त्यो विषयमाथि आँखा चिम्ल्यो भने बर्गघात ग¥यो भन्न मिल्ला नत्र गाली बेइज्जति गर्नकै लागि त्यसता शब्दको उच्चारण गर्नु आवश्यक छैन । नेपालको संविधान २०७२ ले समाजवादको आधार तयारगर्ने आर्थिक, राजैतिक तथा सामाजिक प्रणालीको विकास गर्ने भनि किटानी गरेको अवस्थामा अन्य  ट्रेेड युनियनहरु पनि भागेहरु कहाँ जान्छन ? कि यो व्यवस्थालाई ढाल्ने हुति हुनु पर्यो र गैरसमाजवादी राज्य स्थापनाको लागि आन्दोलनमा उत्रिन सक्नु पर्यो । हैन भने अब मूलधारमा नआई सुख्खै छैन ।

बर्तमानको बस्तुस्थितिलाई बुझेनन् भने साईन बोर्ड झुण्ड्याउने रहरमात्रै हुन जान्छ । फरक एजेण्डा के हो त्यसताले प्रष्ट पार्न सक्नुपर्छ ।
यतिखेर नेपाल अन्तर्राष्ट्रिय ट्रेेड  युनियन आन्दोलनको पावर हाउस नै हो । किनकी सर्वत्र श्रमिकहरुको अधिकार कटौति भैरहेको छ, खाईपाई आएको सुविधामा व्यापक कटौति भैरहेको छ, झण्डै झण्डै प्रतिवन्धित अवस्थामा छन् युनियनहरु ।

आन्दोलनमाथि व्यापक दमन गरी जुलुशमा अन्धाधुन्द गोली हानेर हत्या गरिरहेकोछ । बेपत्ता पारिरहेको छ । कार्यघण्टा बढाई रहेको छ । श्रम ऐनमा व्यापक सशोधन गरी मजदुरहरुको सम्पुर्ण अधिकारहरु कटौति गरिरहेको छ, पेन्सनको उमेर र पेन्सन सिस्टममा नै परिवर्तन गरिरहेको छ । तर त्यसतो अवस्थामा नेपाल सरकार नै श्रमिक मैत्री रहेको छ । र, गणतन्त्र नेपाल सामाजिक सुरक्षा ऐन कार्यान्वयनको चरणमा आईपुगेको छ, औपाचारिक तथा अनौपाचारिक दुबै क्षेत्रमा श्रम ऐन कार्यान्वयनको चरणमा आईसक्यो ।

मजदुरलाई पेन्सन, बेरोजगार भत्ता र अनिवार्य रोजगारीको व्यवस्था गर्दैछ । त्यस सम्बन्धित नियमावालिहरु केही आईसके, केही नियमावलि एक महिनाको अन्तरालमा आउँदैछ । राष्ट्रिय श्रम आयोग गठन हुने संभावना ह्वात्तै बढेर गयो । नीति निर्माणको तहमा श्रमिकहरुको प्रतिनिधित्वमा व्यापक वृद्धि हुँदै गएको छ । दर्जनौ त संसदमा पुगिसके कोही मन्त्री नै भैसकेका छन् । नेपाल सरकारसम्म ट्रेड युनियनहरुको ठाडो पहुंँच पुगेको अवस्था छ ।

यस्तो अवस्थामा बर्गघात भयो भन्न मिल्छ ? के बर्गघात भनेको एकै दिनमा वा एकै रातमा उम्रिने विष बृक्ष हो । यो भन्दा अघि किन कहिल्यै नदेखेको ? आज अचानक किन वर्गघातको रोइलो ? बर्गघात भयो भन्दै बरबराउँदै गर्ने पनि डाढुपन्यौ आफै लिएर बस्ने र स्वाद मानि मानि छानिछानि स्वादिष्ट भोजन जति आफै झ्वाम पार्ने र मजदुरका नजरमा क्रान्तिकारी देखिन क्रान्तिकारीको खोल ओेढेर बसिरहने ? २१ औं शताब्दीका मजदुर त्यति बेबकुफ छैनन् । छलछामको कुरो नगरे हुन्छ । उनीहरुले सबै थाहा पाईरहेका छन् मुख फोरेर पो नभनेका त ।

भन्न थालेपछि छरपस्टका साथ भन्छन् कतै बाँकी राख्तैनन् भन्ने कुराको यही तीन चार दिनभित्र नै पुष्टि भैसकेको छ । यो पनि नभुलौं कि सन १८७२ मा पेरिस कम्युनको विद्रोहमा ७२ दिनपछि आमनरसंहारसहित सेटब्याक खाएका तिनै मजदुरहरुको नयाँ पुस्ताले पेरिसडाँडा बचाएर नयाँ इतिहास रचेका पनि छन् । यो पनि २१ औं शताब्दीको सानो तर नेपाली मजदुर आन्दोलनमा गुन्जिरहने गौरबशाली अमिट इतिहास हो ।
लाल सलाम