दशैंको अग्रिम टिकट बुकिङ अाजबाट खुल्ला- अरनिको यातायातले पनि रात्री सेवा संचालन गर्ने

प्रकाशित मिति : मङ्लबार, अशोज ९, २०७५

९ असोज, काठमाडौं ।नेपालीहरुको महान चाड दशैंका लागि अग्रिम टिकट बुकिङ अाजबाट खुलेकाे छ ।  नेपाल यातायात व्यवसायी महासंघको बैठकले अाज (मंगलबार) बाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट खुल्ला गर्ने सहमति भएकोमा इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले सहमति कार्यान्वयन गरेका थिएनन सरकारले १० प्रतिशत  भाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

हामीले पहीले देखिनै उठाउँदै आयको पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले कम्युनिस्ट अन्लाईनलाई बताए आज पहीलो दिन गंगबु नयाँ बसपार्कबाट सुरु गरेका छौं भोलि देखि पुरानो बसपार्क लगायत अन्य स्थानबाट पनि बुकिङ खुल्ला गरिने साथै अरनिको यातायातले दिवासेवा मात्र दिंदै आयकोमा  दशैको समयमा यात्रुको चाप हेरेर रात्री सेवा पनि देने निर्णय भयको जानकारी गराउनु भयो ।

बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडा दर सार्वजनिक गरेको थियो ।