व्यवसायी र चालकहरुको एउटा आन्दोलन नसेलाउँदै अर्को आन्दोलन सुरु

प्रकाशित मिति : शनिबार, अशोज ६, २०७५

आदरणीय ब्यावसायी, मजदुर वर्ग लगायत सरोकारवाला एवं सर्वसाधारण महानुभावहरु,
सम्बृद्ध नेपाल निर्माण अभियानमा टिपर ब्यावसाय राष्ट्र निर्माणको संबाहक र अर्थतन्त्रको सारथीको रुपमा रहेको कुरामा दुईमत छैन । यद्यपी पछिल्लो समयका केही दुर्घटनाबाट भएका धनजनको क्षति दुखलाग्दो छ । अतः सो सम्वन्धमा पूर्वाग्रह रहित ढंगबाट अनुसन्धान, मूल्यांकन गरी उचित समाधानको विकल्पको खोजी गरिनु पर्दछ । तर त्यसैलाई आधार मानी गृह मन्त्रालयको निर्देशनमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला सुरक्षा समितिहरुको निर्णयबाट टिपरहरु राती ८ वजे देखि विहान ५ बजे सम्म मात्र संचालन गर्ने ब्यवस्था गरिएको छ । भक्तपुर जिल्ला सुरक्षा समितिको अनुरोधमा काभ्रे जिल्ला सुरक्षा समितिले आफ्नो क्षेत्र हुँदै राजधानी प्रवेश गर्ने टिपरहरुलाई ६८ कि.मि. दुरीमा रहेको नेपालथोक, ५८ कि.मि. दुरीमा रहेको दोलालघाट, ६२ कि.मि. दुरीमा रहेको हिवुवापाटीमै रोकी राती ८ वजे देखि विहान ५ बजे सम्मको अवधिमा मात्र आवतजावत गर्न दिने गरीँदै आएको छ । यसबाट काभ्रे जिल्लाकै आन्तरिक खपतको लागि हुने ढुवानी र आवतजावतलाई समेत असुविधा पुगेको छ । जिल्ला सुरक्षा समितिहरुको उक्त निर्णय कार्यान्वयनबाट ढुवानी सेवामा संलग्न ब्यावसायी, चालक, सहचालक, निर्माण सामाग्री उत्खनन र विक्रि स्थलमा कार्यरत ब्यावसायी र मजदुरहरुको लागि आपूmले गर्दै आएको ब्यावसाय रात्रीकालिन ब्यावसाय बन्न पुगेको पीडा छ । एकातीर रात्रीकालिन कार्यसमयमा खटिनु परेका कारण ब्यावसायी एवं मजदुर वर्गको खाने, बस्ने, आराम गर्ने लगायत मानवीय आवश्यकताको ब्यवस्थापनमा असुविधा भएको छ भने अर्कोतीर रात्रीकालिन असुविधाजनक सेवा प्रबाहबाट उपभोक्ता वर्गले समेत महङ्गी र हैरानी खेप्नु परेको छ । राती अनिदोमा निर्माण सामाग्री लोड, अनलोड, ढुवानी गर्न सवारी चलाउँदा असुरक्षा र नयाँ प्रकारका दुर्घटनाका अवस्थाहरु देखिन थालेका छन् । त्यस माथि सुरक्षाकर्मीहरुका अभद्र ब्यवहारले यो क्षेत्रमा कार्यरत मजदुर र ब्यावसायीहरु अपमान महशुस गरिरहेका छन् । अझ रातीको समयमा टिपर आवत जावत र अनलोडको क्रममा आउने आवाजका कारण डिस्टर्व भएको गुनासाहरु पनि ब्याप्त छन् । त्यसै कारणले विवाद हुने तथा चालक, मजदुरले अभद्र ब्यवहार र कुटपिटको घटना समेत भएबाट थप असुरक्षा महशुस भएको छ । परिणामत अपमानजनक, असुरक्षित, हैरानी र परेसानी बोकी, परिवारसँगै खाने, बस्ने, पारिवारिक माया र आश्रयमा रहन समेत नपाउने प्रकारको असुविधाजनक भएको महसुश गर्दै ब्यावसायी र मजदुरहरु निरुत्साहित हुँदै गएको अवस्था छ । अर्को महत्वपूर्ण समस्या दिउँसोको समयमा उपत्यका आवत जावत गर्न नपाईने, राती यातायात ब्यवस्था कार्यालय नखुल्ने भएका कारण सवारी जाँचपास, नामसारी, नवकिरण लगायत कानूनी रुपमा अध्यावधिक गर्ने कार्य ढप्प नै भएको छ । हाल संचालित धेरै जसो टिपरहरुको जाँचपास र नवीकरण अवधि समाप्ती भै ठूलो समस्या परेको छ । यसै कारण देखाई प्रहरी चेकजाँचको क्रममा जरिवाना भोग्नु झनै दुखलाग्दो विषय हो । कतिपय अवस्थामा अनियमितता र घुसखोरीसँगै अनावश्यक हैरानी पनि बढेको छ । राजस्वमा महत्वपूर्ण योगदान गरेको यो क्षेत्र असुरक्षा र निरुत्साहनको सिकार भै पूँजी, क्षमता र अनुभव सहितको जनशक्तिले क्षति ब्यहोर्ने र पलायनको अवस्थामा पुगी स्वदेशी उद्योग बन्द भै निर्माण सामाग्रीको अभावमा मुलुक निर्माणको लक्ष्य प्राप्तीमा पनि असहजता हुने, निर्माण सामाग्री समेत आयात गर्नु पर्ने अवस्था, निर्माण क्षेत्रमा अराजकता, महंगी, कालावजारीको अवस्था श्रृजना हुने खतरा छ ।
यस प्रकारको समस्या भोगिरहेको लामो समय भएकाले नेपाल सरकारका सम्वन्धित पक्षहरुसँग तत्काल समस्या समाधानका लागि पहल कदमी लिनका लागि माग गर्दछौं । पहिलो चरणमा ध्यानाकर्षण लगायतका निम्न आन्दोलनका कार्यक्रम तय गरी घोषणा गर्दछौं । तत्काल समस्याको उपयुक्त समाधान नभएमा हामी आन्दोलनका थप कार्यक्रममा जान बाध्य हुने समेत जानकारी गराउँदछौं । हाम्रा विरोध र आन्दोलनका कार्यक्रमहरुमा पूर्ण साथ सहयोगको लागि आदरणीय ब्यावसायी, मजदुर वर्ग लगायत सरोकारवाला एवं सर्वसाधारण महानुभावहरु समक्ष अनुरोध गर्दछौं ।
आन्दोलनका कार्यक्रमहरु
पहिलो चरण : नेपाल सरकार गृह मन्त्रालय र सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरुमा ध्यानाकर्षणपत्र बुझाउने, शान्तीपूर्ण प्रदर्शन र कोणसभा गर्ने ।
दोश्रो चरण : आफ्ना ट्रक, टिपरहरु घर, ग्यारेजमा थन्काएर सेवा संचालन नगर्ने ।
तेश्रो चरण : आफ्ना ट्रक, टिपरहरुका चावी र विलबुकहरु नेपाल सरकारलाई बुझाउने ।

जनार्दन फुयाल
अध्यक्ष
स्वरोजगार ट्रक टिपर ब्यावसायी संघ
धुलिखेल, काभ्रे
सम्पर्क नं. : ९८५१०४३९६०

जय के.सी.
सचिव
अखिल नेपाल यातायात मजदुर संघ
प्रदेश नं. ३
सम्पर्क नं. : ९८४११०८७९४

प्रेम लामा
का.वा. अध्यक्ष
वाग्मती टिपर ब्यावसायी संघ
वनेपा, काभ्रे
सम्पर्क नं. : ९८५१०५२९५१