छोटो समयमा चर्चाको शिखर चुम्न सफल गायक अशिम कुमार कटुवाल , दशै गित ‘जमरा सुकार’

प्रकाशित मिति : सोमवार, अशोज १, २०७५

दोलखा जिल्लामा जन्मियर नेपाली लोक गित संगीत को लागि लामो समयदेखी कृयासिल लोक गायक अशिम कुमार कटुवालले नयाँ दशैंको गीत बजारमा ल्याएका छन । परदेशीएका लाखौ नेपालीको यथार्थ भोगाई र कथालाई आधार बनाएर तयार गरिएको गित ‘जमरा सुकार’ ले दर्शक श्रोताको मन जित्न सफल भैरहेको गायक कटुवाल बताउँछन ।
बिगतको वर्षमा पनि अशिम कुमार कटुवालका दसैँ गित ले अत्याधिक चर्चा बटुलेका थिय यहि क्रम लाई निरन्तर दिने क्रममा यस वर्ष पनि दसैँ को गित जमरा सुकार’ बजार मा आएको छ ।

अशिम कुमार कटुवाल र अमृता रायमाझीको स्वरमा डिजिटल बजारमा आएको यस गितमा अशिम आफैको शब्द , जल्दो बल्दो संगितकार तथा एरेन्जर बिष्णु तामाङको लय र एरेन्ज रहेको छ । रिकेश रिजाल, अमृता रायमाझी र सरोज घिमिरेको जिवन्त अभिनय देख्न सकिने यश गितको म्युजिक भिडियोको निर्देशन रामचन्द्र बोहराले गरेका हुन । बालकलाकार प्रितिशा बस्नेत एन्जिला केसि हरेका छन भिडियोको छायांङकन नमराज घिमिरेले र सम्पादन रिकेश बरालले गरेका हुन।