दशैंका लागि आश्विन ५ गते देखि अग्रिम टिकट बुकिङ खुल्ने

प्रकाशित मिति : आइतवार, भदौ ३१, २०७५

३१ भदौ, काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अगि्रम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् ।

यातायात  व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो । बैठकमा यातायात ब्यबसायीका प्रतिनिधि ट्राफिक महाशाखा, प्रहरी प्रधान कार्यालय र उपभोक्ता मन्च का प्रतिनिधिको सहभागीता थियो

‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने आगामी ५ गते देखि बुकिङ खुला गर्ने गरी सबै पक्षले तयारी थाल्ने सहमति भएको छ’ कम्युनिस्ट अन्लाईनसँगको कुराकानीमा उनले भने, ‘हाम्रा सबै माग संबोधनको विषय के-कसरी बढाउने भन्ने विषयको टुंगो सरकारले नै गर्ने भएको छ, भाडाको विषयमा पनि सरकारले निर्णय गर्नेछ ।’