टाईगर प्यालेस रिसोर्टमा अखिलको युुनियन गठन

ट्रेड युनियन गतिबिधि

प्रकाशित मिति : बुधबार, भदौ २०, २०७५

नेपालगञ्ज, संगठन विस्तारको सिलसिलामा टाईगर प्यालेस रिसोर्टमा अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघको युनियन गठन गरेको जानाकारी सो संगठनका केन्द्रीय अध्यक्ष माधव पाण्डेले दिएका छन् । प्रतिष्ठान स्तरीय समिति उदयबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको छ । उपाध्यक्षहरुमा सुरज पाण्डे र केशबराज पन्थी, सचिवमा मुक्ति आचार्य, सहसचिवमा सन्देश रावत, कोषाध्यक्षमा दलबहादुर गुरुङ तथा सदस्यहरुमा उत्तमराज भट्ट, सरोज ढकाल, चिरन्जिवी भण्डारी, निरज बुढाथोकी, राम कार्की, बिरबहादुर खत्री, मदन पोखे्रल चयन भएका छन् । सो भेलामा सो संगठनका केन्द्रीय उपमहासचिव शुशिल राजभण्डारी पनि उपस्थित हुनुहुन्थ्यो ।